नेप्से परिसूचक सात दशमलव २७ अकंले बढ्यो
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव २७ अकंले उकालो लागेर एक हजार नौ सय ३९ दशमलव ६१ मा पुगेको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव शून्य पाँच अकंले ओरालो लागेर तीन सय ६४ दशमलव ४२ मा सिमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा नौ उपसमूहको शेयर मूल्यमा बृद्धि भएको छ ।
कूल ५९ लाख ६२ हजार ९३ कित्ता शेयर रु दुई अर्ब ३० करोड ५८ लाख ८८ हजार नौ सय ३१ मूल्यमा कारोबार भयो । नेप्सेका अनुसार कारोबारका आधारमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु १० करोड २६ लाख ८७ हजार सात सय १३ बराबरको शेयर खरिद बिक्री भएका छन् ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको रु नौ करोड ६३ लाख १३ हजार पाँच सय नौ, शिवम् सिमेन्टको रु आठ करोड ७० लाख १२ हजार नौ सय २९, हिमालयन एभरेष्टको रु आठ करोड २८ लाख ५३ हजार र नेपाल दूरसञ्चार कम्पनी रु आठ करोड २२ लाख ३१ हजार एक सय ९१ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार डोल्टी पावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । भूगोल इनर्जी नौ दशमलव ९६, मनकामना स्मार्ट लघुवित्त आठ दशमलब ४८, सानिमा जीआइसी इन्स्योरेन्स सात दशमलब ३८ र हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर मूल्य सात प्रतिशतले बढेको छ ।
त्यस्तै रिभर फल्स पावर छ दशमलव ६४, खप्तड लघुवित्त तीन दशमलव ९४, ग्लोबल आईएमइ ब्यालेन्स फण्ड पहिलो तीन दशमलव ८९, सिटिजन म्युचुअल फण्ड तीन दशमलव ७७ र श्वेत गङ्गा हाइड्रोपावरको शेयर मूल्य तीन दशमलव ३९ प्रतिशतले घटेको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












