इप्पानको अध्यक्षका उम्मेद्वार कार्कीको पल्ला भारी, सर्वसम्मतको सम्भावना
काठमाडौं ।स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)को चुनावी सरगर्मी बढेको छ ।
इप्पानले जेठ ३२गतेको साधारणसभाले नयाँ नेतृत्व चयन गर्दैछ। साधारणसभाको मिति नजिकिँदा उम्मेदवारहरुको चुनावी सरगर्मी बढेको छ ।
सर्वसम्मतिमा नेतृत्व चयन हुँदै आएको इप्पानमा यसपटक अध्यक्षका लागि हालको कार्य समितिका उपाध्यक्ष गणेश कार्की र किरण मल्लले उम्मेदवारी घोषणा गरेका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)मा सदस्य संस्थाको संख्या ४५० नाघेको छ ।
३ वर्ष अघि २५० हाराहारी रहेको ऊर्जा उत्पादक सदस्य संस्थाको संख्या छोटो समयमै करीब २०० ले बढेको छ ।
इप्पानमा ऊर्जा उत्पादनसँग सम्बन्धित कम्पनीहरू मात्रै सदस्य हुने व्यवस्था छ । इप्पानमा प्रतक्ष्यरुपमा ऊर्जा उत्पादन नगर्ने तर ऊर्जा विकासकै काममा लागेका १०० भन्दा धेरै एशोसिएट सदस्यसमेत छन् । उनीहरूलाई मतादान गर्ने अधिकार भने हुँदैन। पछिल्लो समय जलविद्युत क्षेत्रलाई सरकारले प्राथमिकता दिएकाले निजी क्षेत्रबाट जलविद्युत विकासमा उत्साहजनक सहभागिता देखिएको छ ।
अध्यक्षका उम्मेदवार कार्कीलाई पूर्व अध्यक्षहरु, प्रतिष्ठित व्यवसायीहरू, ऊर्जा विज्ञ र ऊर्जासँग जोडिएका अन्य व्यवसायीले पनि समर्थन गरेको उनी निकट उम्मेदवारहरूले बताएका छन् ।
कार्कीलाई वर्तमान कार्यसमितिका सबैजसो पदाधिकारीले पनि समर्थन गरिसकेका छन् ।
वरिष्ठ उपाध्यक्षमा मोहन डाँगी चुनावी मैदानमा छन् । ५ जना उपाध्यक्षहरूमा सिए आशिष गर्ग, अधिवक्ता भरतबहादुर खत्री, रामप्रसाद आचार्य, ई. आनन्द चौधरी, उत्तमा भ्लोन लामा र हिमप्रसाद पाठकले कार्कीकै प्यानलबाट चुनावी प्रतिस्पर्धामा उत्रने बताइसकेका छन् ।
महासचिवमा बलराम खतिवडा र उप-महासचिवमा प्रकाश दुलालले पनि कार्कीकै प्यानलबाट प्रतिस्पर्धा गर्दै छन् ।
यसैगरी ५ जना सचिवमा भरत खड्का, विक्रम विष्ट, अविज्ञा मल्ल, कविता कँडेललगायतले प्रतिस्पर्धा गर्दै छन् भने कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्थले कार्कीको प्यानलबाटै प्रतिस्पर्धा गर्ने बताएका छन् ।
सदस्यहरूमा सिए उत्तर कुमार श्रेष्ठ, शंकर बस्याल, ई. मिथुन पौडेल, कुवेरमणी नेपाल, ई. कदम केसी, ई. दीपक पौडेल, टि.एन. आचार्य, मोहन कार्की, ई. सुवास बराल, ई. पुस्कर ढुङ्गेल, ई. गोपाल निउरे, सिताराम तिमल्सिना, जगदिश बहादुर पाललगायत प्रतिस्पर्धामा छन् । सदस्यका अधिकांस प्रतिस्पर्धीहरू कार्कीको प्यानलबाट चुनावी प्रतिस्पर्धा गर्दै छन् ।
महिला सदस्यमा सुमन जोशी, सुसन कर्माचार्य, इन्दिरा पन्त, रजनी थापा, इशा श्रेष्ठलगायतले पनि कार्कीको प्यानलबाट प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् ।
अध्यक्षका उम्मेदवार गणेश कार्कीले ४५० मध्ये ३०० भन्दा धेरै सदस्यले आफूलाई समर्थन गरिसकेकोले आफ्नो जित सुनिश्चित भएको बताएका छन् ।
सबै पदमा सहमति भएर अध्यक्षको मात्रै चुनाव हुने अवस्था आएमा त्यो पनि सहमतिबाटै टुंगिने उनको अपेक्षा छ ।
जेठ २५ गतेसम्म नविकरण र नयाँ सदस्यताको लागि आवेदन दिएका ४५० कम्पनीका प्रतिनिधिहरू साधारणसभामा भाग लिन र मतदान गर्न पाउने छन् । निर्वाचन समितिले जेठ २७ गते मतदाता नामावली प्रकाशन गर्ने प्रमुख निर्वाचन अधिकृत अधिवक्ता चिरञ्जीवी खतिवडाले जानकारी दिए ।
२७ गतेदेखि नै इप्पानको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय रहने समेत उनले बताए । मतदाता नामावली प्रकाशनसँगै निर्वाचन कार्यतालिकासमेत सार्वजनिक हुनेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने इप्पानको २१ औं वार्षिक यहि जेठ ३२ गते बौद्धस्थित हायात होटलमा हुँदैछ ।
Comments
अरु समाचार
-
नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलको आपत्ति, रेकर्डबाट हटाउन माग
काठमाडौं । सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को एक अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । आइतबार (जेठ १७) प्रतिनिधिसभा...
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
अछाममा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, तीन घाइते
अछाम, जेठ १६ गते । अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ थापामोड स्थित मध्यपहाडी राजमार्गमा गए राति जिप दुर्घटना हुँदा दुई जनाको...
-
इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब हुन्छ: ट्रम्प
काठमाण्डौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा अब आफूले ‘अन्तिम’ निर्णय गर्ने बताउनुभएको...
-
मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु...
-
विदेशी मुद्राको विनिमयदर: आज कुन देशको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...












