‘नामुद ठग’ हुमनाथ कोइराला पक्राउ
काठमाडौं । विकोइ बिल्डर्सका सञ्चालक हुमनाथ कोइराला ठगी मुद्दामा जेल परेका छन्। ।
गत जेठ ४ गते उनलाई झापा प्रहरीले पक्राउ गरि हिरासतमा राखेको हो । झापाकै मदन कुमार अधिकारी, गिता अधिकारी पौडेलसहित ८ जना व्यक्तिलाई ठगी गरेको अभियोगमा उनी पक्राउ परेका हुन् ।
ठगी अभियोगमा पक्राउ परेका कोइराला काठमाडौं भ्युटावर बनाउने कम्पनि विकोइ बिल्डर्सका मालिक हुन् ।
उनले अधिकारीको नाममा रहेको झापाको सााविक मधुमल्ला ६ ख हाल कमला गाउँपालिका वडा नम्बर ५ मा पर्ने कित्ता नम्बर २०१०,२०११, २०१३,२०१४, १४९३ लगायतको जम्मा १ रोपनी १३ आना जग्गा १ करोड रुपैयाँ दिएर राजिनामा पास गरेर लिएका थिए ।
उक्त ३ करोड ७५ लाख रुपैयाँमा डिल भएको र उक्त रकम कोइरालाले तिर्नुको सट्टा गुणराज थापा लगायत व्यक्तिलाई विक्री गरेका थिए ।
त्यति मात्रै होइन जग्गा विक्री गरेपछि अधिकृत वारेश नामा नदिई जग्गासमेत नदिएपछि उनीहरुले गत चैत्रमा प्रहरीमा जाहेरी दिएका हुन् । जिल्ला सरकारी वकिल कार्यालय झापाले उनी विरुद्ध ७ करोड १५ लाख रुपैयाँको विगो दाबी सात वर्षसम्म कैद सजायको माग गरेको छ ।
स्रोतका अनुसार उनी विरुद्धको मुद्दामा जिल्ला अदालत झापामा थुनछेक बहस चलिरहेको छ । शुक्रबार भएको बहसमा उक्त मुद्दा हेर्दाहेर्दैमा रहेको झापा जिल्ला अदालत स्रोतले बताएको छ ।
कोइराला र ठेकेदार मनोज भेटवालको संयुक्त लगानी रहेको विकोई बिल्डर्सले काठमाडौंको पुरानो बसपार्कस्थित भ्युटावर बनाउँदैछ ।
कोइराला काठमाडाैँमा पनि विभिन्न व्यक्तिहरुबाट यो या त्यो वाहानामा पैसा असुल गर्दै ठगी गर्दै आएका थिए ।
Comments
अरु समाचार
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...












