इप्पान निर्वाचनः विधानले नचिनेको किरण मल्लको उम्मेद्वारी
काठमाडाैँ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को निर्वाचन हुन १ दिन बाँकी हुँदा निर्वाचनको सरगर्मी तानिएको छ ।
संस्थाको गत वर्ष संशोधित विधानले वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरी यस पटक वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुने व्यक्ति कार्यकाल सकिएपछि स्वतहः अध्यक्ष हुने व्यवस्था गरेको थियो । एक कार्यकाल पदाधिकारी भएको व्यक्ति मात्र संस्थाको वरिष्ठ उपाध्यक्ष बन्न पाउने व्यवस्था विधानको दफा १० मा गरिएको छ ।
अध्यक्ष सहितका अन्य पदाधिकारीको हकमा भने कार्यसमितिमा एक कार्यकाल बिताएको हुनुपर्ने व्यवस्था विधानले गरेको छ । उक्त विधानले आगामी कार्यकालदेखि वरिष्ठ उपाध्यक्षको प्रावधान लागू हुने उल्लेख गरेको छ ।
नयाँ कार्यसमितिका लागि सुरु भएको निर्वाचनमा अध्यक्षका लागि गणेश कार्की र किरण मल्लको उम्मेदवारी परेको छ
अहिले हुन लागेको निर्वाचनलाई सञ्चालन गर्न इप्पान कार्यसमितिले ‘निर्वाचन निर्देशिका’ पारित गरेको छ । उक्त निर्देशिका अनुसार अध्यक्षका उम्मेद्वार किरण मल्लको उम्मेद्वारी विधान र ‘निर्वाचन निर्देशिका’ विपरित देखिन्छ ।
मल्लको अध्यक्ष पदको लागी उम्मेद्वारी इप्पानको विधान र ‘निर्वाचन निर्देशिका’ ले चिन्दैन र विधानसम्वत छैन । तर मल्ल एक कार्यकाल कार्यसमिती सदस्य भएकोले बरिष्ट उपाध्यक्ष र अध्यक्षबाहेक अन्य पदका लागी भने योग्य देखीन्छन ।
इप्पानको विधान र निर्देशकामा पदाधिकारीका सम्बन्धमा भएका व्यवस्था यस्ता छन् ।
संस्थाको गत वर्ष संशोधित विधानले वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरी यस पटक वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुने व्यक्ति कार्यकाल सकिएपछि स्वतहः अध्यक्ष हुने व्यवस्था गरेको थियो । एक कार्यकाल पदाधिकारी भएको व्यक्ति मात्र संस्थाको वरिष्ठ उपाध्यक्ष बन्न पाउने व्यवस्था विधानको दफा १० मा स्पष्ट व्यवस्था गरिएको छ ।
प्रमुख निर्वाचन अधिकृत चिरञ्जिवि खतिवडाले ६ जना उम्मेदवारका विरुद्ध ९ जनाले दाबी बिरोध दर्ता गरेको जानकारी दिए । सबै दाबी बिरोध उपर निर्वाचन समितिले प्रचलित कानुन, विधान र निर्वाचन निर्देशिका बमोजिम आवश्यक छानबिन गरि बुधबार साँझ उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने न्युज नेपाललाई बताए ।
अध्यक्ष सहितका अन्य पदाधिकारीको हकमा भने कार्यसमितिमा एक कार्यकाल बिताएको हुनुपर्ने व्यवस्था विधानले गरेको छ । उक्त विधानले आगामी कार्यकालदेखि वरिष्ठ उपाध्यक्षको प्रावधान लागू हुने उल्लेख गरेको छ ।
यता इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले भने सहमतिका आधारमा नयाँ नेतृत्व ल्याउन पहल गरिरहेको बताउँदै आएका छन् ।
इप्पान निर्वाचनमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र मासचिवमा २/२ जना, उपाध्यक्षमा ७ जना, सचिवमा ६ जना र खुल्ला सदस्यमा १४ जनाको उम्मेदवारी परेको छ ।
२५ सदस्यीय कार्यसमितिको अध्यक्षका लागि गणेश कार्की र किरण मल्लको उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी र सूर्यप्रसाद अधिकारीको उम्मेदवारी पर्दा महासचिवमा बलराम खतिवडा र विनोद देवकोटाको उम्मेदवारी परेको छ ।
५ जना उपाध्यक्षका लागि ७ जनाको उम्मेदवारी परेको छ । जसमा भरतबहादुर खत्री, आशिष गर्ग, आनन्द चौधरी, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य, वीरेन्द्र मल्ल र दिपेन्द्रबहादुर बमको उम्मेदवारी परेको छ ।
५ जना सचिवका लागि ६ जनाको उम्मेदवारी परेको छ । सचिवमा भरत नेपाल, भरत खड्का, विक्रम विष्ट, कविता पोखरेल, हिम पाठक र नारायण कँडेलको उम्मेदवारी परेको छ ।
७ जना खुल्ला सदस्यहरूका लागि १४ जनाको उम्मेदवारी परेको छ । सदस्यहरूमा टेकनाथ आचार्य, विजय मोहन भट्टराई, भरत पराजुली, कुवेरमणी नेपाल, मिथुन पौडेल, शंकर बस्याल, गृष्म ओझा, सकुन्द ओझा, दिपक पौड्याल, उत्तरकुमार श्रेष्ठ, कदम केसी, तारा सुब्बा, विकास कुमार श्रेष्ठ र सिताराम तिमिल्सिनाको उम्मेदवारी दर्ता गरेका छन् ।
अध्यक्ष र उपाध्यक्षसहित सदस्यहरूका लागि यही जेठ ३२ गते निर्वाचन हुनेछ ।
हायात होटेलमा हुने इप्पानको २१ औं साधारणसभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने तय भएको छ ।
Comments
अरु समाचार
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...












