साथीहरुले मेरै नेतृत्व चाहानुभएको छः गणेश कार्की
काठमाडाैँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)को २१औँ वार्षिक साधारणसभा भोलि (बिहीबार) हुँदै छ । साधारणसभाबाट नयाँ कार्यसमिति चयन गरिनेछ । अध्यक्ष पदका लागि किरण मल्ल र गणेश कार्कीले उमेदवारी दिएका छन् ।
अध्यक्षका प्रत्यासी कार्कीसँगको कुराकानीको सम्पादित अंश :
अहिलेको मेजर समस्या भनेको नीतिगत सुधार हो । जलविद्युत्लाई लगानीमैत्री बनाउनुपर्नेछ । त्यसका लागि वनका थुप्रै नीति–नियमहरू जलविद्युत् र विकास फ्रेन्ड्ली छैनन् । भूमिसुधारका त्यस्तै छन् । ५० रोपनीभन्दा बढी जग्गा किन्न पाइँदैन । जलविद्युत्का लागि कैयौँ रोपनी जग्गा किन्नुपर्ने हुन्छ । थुप्रै प्रोजेक्टहरू २०७५ सालदेखि पीपीए गरेर बसेका छन् । भर्खरै १५ सय मेगावाट खोलियो । झन्डै ११ हजार पीपीए नखोली बसेका छन् । तिनीहरूलाई एक खालको निकास दिलाउनुपर्नेछ । त्योसँगसँगै प्रोजेक्ट बनेर पनि ट्रान्समिसनलाइन नभएर त्यत्तिकै बस्नुपरेको अवस्था छ ।
हामी प्रोजेक्ट बनाउँछौँ, जग्गा कित्ताकाट हुँदैन । बैंकको ब्याज कल्पनै गर्न नसक्ने गरी प्रोजेक्टले धान्न नसक्ने गरी बढ्छ । हामी ३० वर्षका लागि फिक्स प्रोजेक्ट गछौँ । निकासीमा प्राइभेट सेक्टरलाई पनि त्यत्तिकै बढी समावेश गर्नुपर्छ भन्ने हाम्रो माग हो । यस्ता थुप्रै कुरा छन् । जलविद्युत्मा प्राइभेट कम्पनीहरू यति समावेश नभएका थिए भने यति धेरै विकास हुँदैन थियो होला ।
नेपाल धितोपत्र बोर्डले प्रमोटर सेयर र पब्लिक सेयरचाहिँ छुट्ट्याउनुपर्छ, बेच्न दिनु हुँदैन भन्छ । हामी त ३० वर्षमा सरकारलाई बुझाउने प्रोजेक्ट तयार गर्दै छौँ । त्यही भएर पनि यसलाई लगानीमैत्री बनाउनुपर्नेछ ।
अर्काे कुरा, १० वर्षमा १० हजार मेगावाट विद्युत् भारतमा बेच्ने भनेर अहिले सरकारले खुसियाली मनाएको छ । बंगलादेशले पनि आठ हजार मेगावाट किन्छौँ भनेको छ । १८ हजार मेगावाट त विदेशमा नै जाने भयो । १० वर्षमा नेपालमा पनि त अर्काे १० हजार मेगावाट विद्युत् खपत बढाउने होला ? यी सबै उत्पादन गर्नका लागि उत्पादनमा लगानीमैत्री वातावरण बनाउनुपर्छ । नभए त कुनै पनि लगानीकर्ताले पैसा हाल्दैनन् । यही अवस्थामा न स्वदेशीले न विदेशीले कसैले पनि लगानी हाल्नेवाला छैनन् । त्यसो भएकाले सरकारसँग छलफल गरेर यसलाई लगानीमैत्री बनाउनुपर्छ । प्रोजेक्टमा लगानी गर्दै गर्दा एउटा सुरक्षा अनुभूति गराएर सरकारले जलविद्युत्लाई छुट्टै नयाँ सुरक्षा नीति बनाउनुपर्छ ।
हामीले अहिले पनि पहल गरिरहेका छौँ । ऊर्जा सुरक्षा नीति बनाउनुपर्छ । हैन भने गाउँमा कुन बेला कुन प्रोजेक्टमा आगो लगाउँछन्, कुनैमा ढुंगामुढा गर्छन् । यसले लगानी गर्ने वातावरण भएको छैन ।
प्रमुख कुरा भनेको जलविद्युत् क्षेत्रमा सबै जनताले लगानी गर्ने वातावरण बनाउनुपर्छ । सरकारले पनि ऊर्जामा लगाएको लगानीलाई राम्रो दृष्टिकोणले हेरोस् । अहिलेसम्म ४० लाख सेयरधनी भइसके । भोलिका दिनमा अझै बढून्, अझै थप्ने वातावरण मिलोस् भन्ने नै हो । यसैमा मेरो पनि पहल हुनेछ ।
उमेदवारीको कुरा गर्दा – हामीले सबै मिलेर जाऊँ, निर्वाचन गर्न नपरोस् भन्ने गरेका छौँ । हामीले मिलाउन नै पहल गरिरहेका छौँ । कतिपय साथीहरूले विधान भएन भन्नुभएको छ । यसलाई संशोधन गर्ने कुरा पनि छँदै छ । कतिपय पोस्टमा सहमति पनि भइसकेको छ । हामीले अध्यक्षका लागि पनि अन्तिमसम्म मिलाउने प्रयास गर्नेछौँ ।
मेजर साथीहरूले मलाई नै चाहनुभएको छ । धेरैले मेरो नेतृत्व चाहनुभएको छ । मलाई ‘ब्याक’ बस्न त्यस्तो प्रेसर छैन । भोलिका दिनमा मिलाउने कुरा पनि यसैगरी नै हुन्छ । अहिलेसम्म मलाई नै राखेर अगाडि कुरा बढाइएको छ ।
Comments
अरु समाचार
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...












