गर्मीका कारण आँखाको रोग बढ्यो
काठमाडौं । तराई मधेसमा तीन सातादेखि बढेको गर्मीका कारण महोत्तरी जिल्लामा आँखा रोगीको सङ्ख्यामा वृद्धि भएको छ । जलेश्वरस्थित आँखा तथा कान उपचार केन्द्रका अनुसार अत्यधिक गर्मीका कारण आँखाका बिरामीको सङ्ख्यामा तीन सातादेखि प्रत्याशित रुपमा वृद्धि भएको छ ।
केन्द्रका प्रमुख दृष्टि विशेषज्ञ डा वीरेन्द्रकुमार यादवले अहिले गर्मीका कारण आँखामा एलर्जी, आँखा पाक्ने, आँखा सुक्खा हुने, आँखा पाक्ने, आँखा चिलाउने, आँखा पोल्नेलगायत समस्या लिएर बिरामी आउन थालेका जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रमा अहिले औसतमा ७० जनासम्म आँखाका बिरामी उपचारका लागि आउने गरेका छन् ।
डा.यादवले आँखामा हुने विभिन्न समस्याको प्रमुख कारणका रुपमा अत्यधिक गर्मी, गर्मीसँगै चल्ने तातो हावा, धुलो र धुवाँ रहेको बताउनुभयो । उहाँले यसबाट बच्न तराई मधेसलगायत गर्मी बढी हुने ठाउँमा बस्ने सम्पूर्ण व्यक्तिलाई पूरै आँखा ढाक्ने चस्माको प्रयोग गर्ने, पटक पटक सफा चिसो पानीले आँखा सफा गर्ने, अनावश्यक घरबाहिर ननिस्कने, निस्कनै परे छाताको प्रयोग गर्ने बताउनुभयो ।
साथै उहाँले अहिले आँखाको समस्या हुन नदिन सबैले अनिवार्य रुपमा हरियो सागपात, फलफूल बढी मात्रामा प्रयोग गर्न सल्लाह दिनुभयो ।
Comments
अरु समाचार
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...











