ताजा समाचार

‘उपयोगी नभएकाले एमालेले ७० वर्षको उमेरहद हटाउने निर्णय गर्नु परेको हो’

काठमाडौं । काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताउनु भएको छ । ७० वर्ष माथिकोले काम गर्न सक्ने अवस्थामा पनि राजनीति छोड्नुपर्ने अप्ठ्यारो अवस्था आएको, कतिपय अन्य पार्टीबाट आएका नेताहरूलाई पनि जिम्मेवारी दिनुपर्ने भएकाले त्यो उमेरहद हटाउने निर्णय गर्नु परेको ओलीको स्पष्टीकरण थियो ।

अखिल नेपाल महिला संघ, बागमती प्रदेश कमिटीले शनिवार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले चीनलगायतका दुनियाँका सबै पार्टीहरूले परित्याग गरिसकेको ७० वर्षे उमेरहद हटाउने निर्णय एमालेले गर्दा त्यसको विरोध गर्न आवश्यक नभएको बताउनु भयो ।

केहीले पार्टीको सो निर्णयको विरोध गरेर अराजनीतिक कुरा गरेको आरोप लगाउँदै अध्यक्ष ओलीले पार्टीका युवाहरूलाई ७० वर्ष कटेकाहरूसँग प्रतिस्पर्धा गरेर महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव बन्न कसले रोकेको छ रु भनी प्रश्न समेत गर्नुभयो।

अध्यक्ष ओलीले काम गर्न सक्नेलाई उमेरहदको नाममा जिम्मेवारीबाट रोक्नुपर्ने कुनै कारण नरहेको पनि पटक पटक दोहोर्‍याउनु भयो । २०८४ सालको निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने मिसन लिएको उल्लेख गर्दै त्यसलाई सफल बनाउने गरी वडा वडामा गएर काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई उहाँलृ सचेत पनि गराउनु भयो । ओलीले देश विरोधी शक्तिहरू एमालेको विरुद्धमा लागि परेको आरोप समेत लगाउनु भयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org