कोशी सरकारद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन
काठमाडाैँ । कोशी प्रदेश सरकार खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्री तिलकुमार मेन्याङ्बो लिम्वुको टोलीले बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको छ ।
प्रदेश सरकारका खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्री नेतृत्वको टोलीले बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको हो ।
खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्री, प्रदेशसभा सदस्य विदुर कुमार लिन्थेप,नेपाली सेना पृतनापती,शसस्त्र प्रहरीका डिआजीलगाएतको टोलीले कोशी प्रदेशका बाढी पहिरो प्रभावित क्षेत्र संखुवासभा,पाँचथर र ताप्लेजुङको स्थलगत अनुगमन गरेको प्रदेश सभा सदस्य लिन्थेपले न्युज नेपाललाई जानकारी दिए।
संखुवासभामा अविरल बर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाउदा २० जना बेपत्ता १ जनाको मृत्यु भएको छ ।
बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोसहित ७ वटा हाईड्रोमा पूर्णरूपले क्षति पुर्याएको छ र सभाखोला लिफ्टिङ खानेपानी आयोजना पुर्णरुप क्षती भएपछी चैनपुरमा खानेपानी समस्या परेको छ ।
उनका अनुसार बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा पुर्णक्षति पुर्याएको छ । बेपत्ताको खोजी तथा उद्धारका लागि घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुर र सशस्त्र प्रहरीको टोली खटिएका र सप्तकोशीमा पनि उद्दारको लागी टोली अलर्ट रहेको छ ।
त्यस्तै पाँचथरमा १ जनाको मृत्यु, १ जना घाईते र पाँच जना बेपत्ता भएका छन् । वर्षात्ले मेची राजमार्गस्थित पाँचथर जिल्लाको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवाखोला पुल समेत बगाएको छ ।
पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको छ । तमोर करिडोरको ‘बेलीब्रिज’ बगाएको छ । ३ वटा हाईड्रो, २४ वटा घरमा क्षती पुर्याएको छ ।
ताप्लेजुङमा बेपत्ता भएका चार जनामध्ये एक जनाको शव फेला परेको छ। सिदिङ्वा गाउँपालिका–३ आङखोप इलाबोटेस्थितमा महेश्वर सेलिङ, प्रेम सेलिङ, डिल्ली सेलिङ र नरेश सेलिङका गरी चार वटा घर बगाएर पूर्णरुपमा क्षति पुर्याएको छ। मेहेलेस्थित सदाकुटी डाँडाबाट झरेको पहिराले करिब २० घरपरिवार जोखिममा परेका छन्।
ताप्लेजुङमा एक घर बाढी बगाएपछी ओडारमा बसेको हेलिकप्टर मार्फत उद्दार गर्दा प्रतिकुल माैसमका कारण सम्भव नभएपछी आज नेपाली सेनाको हेलिकप्टर मार्फत उद्दार गरिने छ ।
कोशी प्रदेश सरकारले बाढीपहिरो प्रभावितलाई तत्काल १ लाख, घाइतेहरुको उपचारको व्यवस्था गरेको र थप राहतको व्यवस्थापनको तीनवटै सरकारसंग सम्मन्वयन भैरहेको र यथाशिघ्र व्यवस्था हुने प्रदेश सभा संसद लिन्थेपले बताए ।
Comments
अरु समाचार
-
नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलको आपत्ति, रेकर्डबाट हटाउन माग
काठमाडौं । सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को एक अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । आइतबार (जेठ १७) प्रतिनिधिसभा...
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
अछाममा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, तीन घाइते
अछाम, जेठ १६ गते । अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ थापामोड स्थित मध्यपहाडी राजमार्गमा गए राति जिप दुर्घटना हुँदा दुई जनाको...
-
इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब हुन्छ: ट्रम्प
काठमाण्डौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा अब आफूले ‘अन्तिम’ निर्णय गर्ने बताउनुभएको...
-
मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु...
-
विदेशी मुद्राको विनिमयदर: आज कुन देशको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...












