चिनियाँ पाहुनाहरू आउँदा भान्जा-भान्जी आएको जस्तो लाग्छ : पर्यटनमन्त्री किराँती
काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले चिनियाँ पाहुनाहरू नेपाल आउँदा भान्जा–भान्जी आएको जस्तो लाग्ने बताएका छन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ जहाज अवतरण भएपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले सो कुरा बताएका हुन्।
नेपाल र चीनबीचको सम्बन्धनको सुरुवात १५ सय वर्षअघिदेखि भएको स्मरण गर्दै मन्त्री किरातीले नेपालसँगको सम्बन्ध राम्रो बनाउनका लागि राजा अंशुवर्माको छोरी भृकुटीसँग चिनले सम्बन्ध राखेको बताए।
‘हामी दुई देशबीचको सम्बन्धको सुरुवात इतिहासमा १५ सय वर्षदेखि हुँदै आएको थियो,’ उनले भने, ‘इतिहासको १५ सय वर्षअघि तिब्बतको राजा र त्यहाँको मान्यता अनुसार छिमेकी बलियो भयो भनेमात्र आफू बलियो हुन्छ भनिन्थ्यो। त्यही मान्यताअनुरुप हामी प्रतिवद्ध छौं।’
उनले अघि भने, ‘त्यसैले होला नेपालसँग राम्रो सम्बन्ध बनाउन राजा अंशुवर्माको छोरी भृकुटीसँग सम्बन्ध राख्नका लागि बिहे गर्नुभएको होला।’
नेपाल र चीनबीच नजिकको नाता सम्बन्ध रहेको भन्दै उनले चिनियाँ पाहुना आउँदा भान्जा भान्जी आएको महसुस हुने बताए।
‘अत्यन्तै नजिकको नाता जस्तो लाग्छ, भृकुटी हाम्रो चेली भएको भएर होला हामीलाई चिनियाँ पाहुना नेपाल आउँदा भान्जा भान्जी आएको जस्तो लाग्छ,’ मन्त्री किरातीले भने, ‘के तपाईंहरुलाई मामाघर आएको जस्तो लाग्दैन् ?’
Comments
अरु समाचार
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...












