न्यायाधीशमाथि मन्त्रीको आरोप : न्यायाधीश फटाहा र कलंक हुन्, पैसा खाएर स्टेअर्डर गराए
काठमाडाैँ । कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले उच्च अदालत विराटनगरका न्यायाधीश माथि गम्भीर आरोप लगाएका छन् ।।
सामाजिक विकासमन्त्री राजभण्डारीले उच्च अदालत विराटनगरका न्यायाधीशले पैसा खाएर खेलकुद बोर्डका सदस्यसचिवको पक्षमा अन्तरिम आदेश दिएको भन्ने विवादास्पद अभिव्यक्ति दिएका हुन्।
आइतबार बिहान विराटनगरको शिक्षादिप कलेजको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले न्यायाधीशको नाम नलिई पैसा खाएर स्टे अर्डर दिएको आरोप लगाए।
कोशी प्रदेश सरकारको गत जेठ ३ गते को मन्त्रिपरिषद् बैठकले खेलकुद बोर्डका सदस्यसचिव हंसराज वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको थियो।
सरकारको निर्णयविरुद्ध वाग्लेले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए। उच्च अदालतका न्यायाधीश कृष्णकमल अधिकारीको इजलासले प्रदेश सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न जेठ ५ गते अन्तरिम आदेश दिएको थियो।
त्यसपछि उच्च अदालत विराटनगरका न्यायाधीशद्वय कृष्णकमल अधिकारी र राजनप्रसाद भट्टराईको संयुक्त इजलासले जेठ ५ को अन्तरिम आदेशलाई निरन्तरता दिने निर्णय गरेपछि एकीकृत समाजवादी समर्थक सदस्यसचिव वाग्लेको पद जोगिएको थियो।
अदालतको उक्त आदेशप्रति अहिले आएर मन्त्रीले रोष प्रकट गरेका हुन्। प्रदेशको खेलकुद मामिला सामाजिक विकास मन्त्रालयले हेर्छ।
आज बिहानको सार्वजनिक कार्यक्रममा मन्त्रीले भनेका छन् ‘प्रदेश खेलकुद बोर्डको सदस्य सचिवले कोशी नै मेटेर फुटबल प्रतियोगिता गराएपछि हामीले स्पष्टीकरण सोध्यौं। स्पष्टीकरण चित्त बुझ्दो नभएर हामीले उहाँलाई पदबाट हटायौं। अनि पदबाट हटाएपछि उच्च अदालतमा मुद्दा दायर भयो।’
मन्त्री राजभण्डारीले एकै विषयमा अदालतले फरक व्यवहार गरेको पनि गुनासो गरे। ‘हिजो त्यही उच्च अदालतमा मुद्दा दिएका त्यही बोर्डका सदस्य सचिवको पदको मुद्दा अहिलेसम्म हेर्न नसक्ने अदालतका न्यायाधीश आज त्यही पदका सदस्य सचिवले दिएको मुद्दामा स्टे अडर गर्न तयार छ। त्यो किनभने मेरो ठाडो भाषामा भन्न सक्छु, बदनियत गरेकै हो न्यायाधीशले । त्यो न्यायाधीश फटाहा हो। त्यो न्यायाधीश जनताको नाममा कलंक हो । सदस्य सचिवलाई सरकारले कारबाही गर्दा पैसा लिएर स्टे अडर गर्ने न्यायाधीश खराब हो।’
एमाले नेतासमेत रहेका मन्त्रीले यही मामिलामा आफू जेल जान पनि तयार रहेको सुनाउँदै अगाडि भने, ‘प्रदेश खेलकुद बोर्डको अघिल्ला सदस्य सचिव कृष्ण बस्नेतको मुद्दा अहिलेसम्म हेर्न नभ्याउने न्यायाधीशले हालका सदस्य सचिव हंशराज वाग्लेको विषयमा भने चाँडो स्टे अडर दिनु घुस खाएको प्रमाण हो। म यो उद्घोष गर्न चाहन्छु । म जेल जान पनि तयार छु । आपत्तिको कुरा भएन । यहीँको कृष्ण बस्नेत भन्ने मान्छेको मुद्दा हेर्न नभ्याउने। फैसला गर्न नमिल्ने न्यायलयका न्यायमुर्तिहरु। अनि त्यही अर्को मुद्दामा फेरि हेर्ने र स्टे अर्डर गर्ने भनेको यो देश पैसाले बिग्रिएको हो भ्रष्टाचारले बिग्रिएको हो।’
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












