संयुक्त राष्ट्र संघका उपमहासचिव आज नेपाल आउँदै
काठमाडौँ । संयुक्त राष्ट्र सङ्घका उपमहासचिव आज (मंगलबार) नेपाल आउँदै छन् ।
राष्ट्र सङ्घको शान्ति सेनाका विभाग हेर्ने उपमहासचिव जिन–पियरे ल्याक्रोइक्स चार दिने भ्रमणका लागि आज नेपाल आउन लागेका हुन् । उपमहासचिव ल्याक्रोइक्सले भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खडका र परराष्ट्र मन्त्री एनपी साउदलगायतसँग शिष्टाचार भेट गर्ने कार्यतालिका रहेको छ ।
यसैगरी, उनले प्रधानसेनापति, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग भेटघाटको कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । उनले यस क्रममा नेपालले विश्वको शान्ति प्रक्रियामा दिएको योगदानका बारेमा उनले प्रशंसा गर्ने तथा थप जानकारी लिने कार्यक्रम समेत रहेको छ । naya 1 salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT संयुक्त राष्ट्र सङ्घको शान्ति सेनामा पठाउने मुलुकको सूचीमा नेपाल दोस्रो स्थानमा रहेको छ भने सोही शान्ति सेनामा महिला सैनिक धेरै पठाउने देशमा भने नेपाल पहिलो नम्बरमा छ । जसका कारण पनि नेपाल शान्ति स्थापनार्थको मुद्दामा अग्रणी भूमिका खेलेको भन्दै राष्ट्र सङ्घले उच्च प्रशंसा गर्दै आएको छ ।
Comments
अरु समाचार
-
एफवान सफ्ट कम्पनीको बैंक खाताबाट ह्याकरले ३ करोड ५१ लाख चोर्याे
काठमाडौं । एफवान सफ्ट कम्पनीको बैंक खाताबाट ह्याकरले ३ करोड ५१ लाख ५० हजार ३०० रुपैयाँ चोरी गरेको छ ।...
-
प्रेसमाथि अङ्कुश लाग्ने कानुन बन्न नदिने सभामुखको प्रतिबद्धता
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रेसमाथि अङ्कुश लगाउने कानुन बन्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित...
-
वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्याउने सहमति
काठमाडौं । प्रतिनिधिसभा कानुन, न्याय तथा मानव अधिकार समितिमा वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्याउने विषयमा...
-
मोटरसाइकल दुर्घटनामा प्रहरी जवान चौधरीको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटना परी वडा प्रहरी कार्यालय लमही, दाङमा कार्यरत प्रहरी जवान गणेश चौधरीको मृत्यु भएको छ । ट्रकमा...
-
पाकिस्तानमा राजनीतिक विवाद समाधान गर्न सत्तारूढ दल र विपक्षीबीच वार्ता
काठमाडौं । पाकिस्तान तहरीक–ए–केमा (पीटीआई) र सरकारबीच देशमा राजनीतिक तनाव कम गर्ने उद्देश्यले इस्लामाबादको संसद भवनमा वार्ता प्रक्रिया सुरु भएको...
-
टर्कीएमा कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु
काठमाडौं । टर्कीएको उत्तरपश्चिममा मङ्गलबार भएको शक्तिशाली विस्फोटमा परी १२ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको स्थानीय...
-
म्यानमारबाट पाँच जना नेपालीको उद्धार
काठमाडौं । आकर्षक जागिरको प्रलोभन देखाएर म्यानमार पुर्याइएका पाँच जना नेपालीको उद्धार भएको छ । ती नेपालीलाई थाइल्याण्ड हुँदै नेपाल...
-
सार्कलाई सक्रिय बनाउन आबद्ध मुलुकको भूमिका आवश्यक : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले मङ्गलबार शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री...
-
कैलालीमा तीन लाख २४ हजार मेट्रिकटन धान उत्पादन
काठमाडौं । कैलालीमा यस वर्ष तीन लाख २४ हजार आठ सय ८४ मेट्रिकटन बर्खे धान उत्पादन भएको छ । जिल्लास्थित...