वाग्नर समूहलाई देशभक्तकाे संज्ञा दिँदै पुटिनले घाेषणा गरे तीन अफर
काठमाडाैँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले वाग्नर समूह विद्रोहको धम्कीबाट पछि हटेपछि पहिलो पटक देशवासीका नाममा सम्बोधन गरेका छन् ।
रुसी टेलिभिजनमार्फत गरेको सम्बोधनमा पुटिनले वाग्नर गुटको विद्रोह र त्यसमा भाग लिने नेताहरूबारे धारणा राखेका छन् ।
विद्रोहको प्रयासमा संलग्न भाडाका लडाकु समूहका नेताहरूलाई कानुनी कठघरामा ल्याउने उनले बताए । गत शनिबारको विद्रोहको लागि वाग्नर गुटका नेताहरूलाई दोष दिँदै पुटिनले उनीहरूले रुसलाई रक्तपातपूर्ण संघर्षमा डुबेको हेर्न चाहेको आरोप लगाए ।
पुटिनले यो विद्रोहकाे नेतृत्वकर्तालाई कानुनको कठघरामा ल्याएरै छोड्ने वाचा दाेहाेर्याए । यद्यपि, पुटिनले सामान्य वाग्नर सैनिकहरूलाई देशभक्तको संज्ञा दिँदै उनीहरूलाई रुसी सेनामा भर्ती हुन अथवा बेलारुस वा आफ्नो घर फर्कन अनुमति दिइने घोषणा पनि गरेका छन् ।
पुटिनले भने, ‘हामीलाई थाहा छ कि वाग्नर समूहका अधिकांश लडाकु र कमाण्डरहरू पनि रुसी देशभक्त हुन् । उनीहरूले युद्धको मैदानमा आफ्नो साहसबाट यो प्रमाणित गरेका छन् । युक्रेनसँगको युद्धमा ठूलो रक्तपातबाट बच्न मेरो निर्देशन थियो । जबकि पश्चिमाहरू र युक्रेनले रुसीहरू नै एक अर्कालाई मारुन् भन्ने चाहेका थिए ।’
आफ्नो सम्बोधनमा पुटिनले वाग्नर समूहका प्रमुख येवगेनी प्रिगोजिनको नाम उच्चारण गरेनन् । पुटिनले २४ घण्टाभन्दा कम समयमै विद्रोह अन्त्य गर्न सफल भएको बताए । उनले रक्तपात नगरेकोमा वाग्नर समूहलाई धन्यवाद दिए ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











