वाग्नर समूहलाई देशभक्तकाे संज्ञा दिँदै पुटिनले घाेषणा गरे तीन अफर
काठमाडाैँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले वाग्नर समूह विद्रोहको धम्कीबाट पछि हटेपछि पहिलो पटक देशवासीका नाममा सम्बोधन गरेका छन् ।
रुसी टेलिभिजनमार्फत गरेको सम्बोधनमा पुटिनले वाग्नर गुटको विद्रोह र त्यसमा भाग लिने नेताहरूबारे धारणा राखेका छन् ।
विद्रोहको प्रयासमा संलग्न भाडाका लडाकु समूहका नेताहरूलाई कानुनी कठघरामा ल्याउने उनले बताए । गत शनिबारको विद्रोहको लागि वाग्नर गुटका नेताहरूलाई दोष दिँदै पुटिनले उनीहरूले रुसलाई रक्तपातपूर्ण संघर्षमा डुबेको हेर्न चाहेको आरोप लगाए ।
पुटिनले यो विद्रोहकाे नेतृत्वकर्तालाई कानुनको कठघरामा ल्याएरै छोड्ने वाचा दाेहाेर्याए । यद्यपि, पुटिनले सामान्य वाग्नर सैनिकहरूलाई देशभक्तको संज्ञा दिँदै उनीहरूलाई रुसी सेनामा भर्ती हुन अथवा बेलारुस वा आफ्नो घर फर्कन अनुमति दिइने घोषणा पनि गरेका छन् ।
पुटिनले भने, ‘हामीलाई थाहा छ कि वाग्नर समूहका अधिकांश लडाकु र कमाण्डरहरू पनि रुसी देशभक्त हुन् । उनीहरूले युद्धको मैदानमा आफ्नो साहसबाट यो प्रमाणित गरेका छन् । युक्रेनसँगको युद्धमा ठूलो रक्तपातबाट बच्न मेरो निर्देशन थियो । जबकि पश्चिमाहरू र युक्रेनले रुसीहरू नै एक अर्कालाई मारुन् भन्ने चाहेका थिए ।’
आफ्नो सम्बोधनमा पुटिनले वाग्नर समूहका प्रमुख येवगेनी प्रिगोजिनको नाम उच्चारण गरेनन् । पुटिनले २४ घण्टाभन्दा कम समयमै विद्रोह अन्त्य गर्न सफल भएको बताए । उनले रक्तपात नगरेकोमा वाग्नर समूहलाई धन्यवाद दिए ।
Comments
अरु समाचार
-
GFCN and TASS Launch Fact-Checking Video Course for Asia-Pacific News Agencies
Kathmandu, The Global Fact-Checking Network (GFCN) and Russia’s TASS news agency have launched an educational video course on fact-checking for...
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता, नेपालको जलवायु संवेदनशीलतालाई अन्तर्राष्ट्रियकरण
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुनुका साथै अस्ट्रेलियाको औपचारिक...
-
ट्रम्प-पुटिन डिजेल सम्झौताको भोलिपल्टै रुसले युक्रेनमा किन गर्यो आक्रमण ?
किएभ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच डिजेल सम्झौताको भोलिपल्टै रुसले युक्रेनमा आक्रमण गरेको छ । अमेरिकी...
-
८५ वर्षीया नवनीतम नावी पिल्लेलाई नोबेल शान्ति पुरस्कार, मानवअधिकार र न्यायका लागि जीवनभरको संघर्षको सम्मान
काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार नवनीतम नावी पिल्लेलाई पुरस्कृत गर्ने निर्णय गरेको छ। उनलाई शान्ति र अन्तर्राष्ट्रिय कानुन...
-
JJN, Russian Union of Journalists Sign MoU to Boost Media Cooperation
Kathmandu. A memorandum of understanding has been signed between Journalists for Justice Nepal (JJN) and the Russian Union of Journalists...
-
नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै
काठमाडौं । नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बुधबार काठमाडौमा बस्ने भएको छ । नेपाल र रुसबचि...
-
दीपक भट्टसंग जोडिएका सुलभ, साहिल र ललिताविरुद्ध झण्डै २ अर्बको विदेशी मुद्रा अपचलनको मुद्दा दर्ता गरिदै
काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टसंगको अवैध कारोबार र विदेशी विनिमय अपचलनको आरोपमा सुलभ अग्रवाल, साहिल अग्रवाल र ललिता अग्रवालविरुद्ध...
-
युक्रेन युद्ध अझ नबढाउन पश्चिमा मुलुकहरूलाई पुटिनको चेतावनी
मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा मुलुकहरूलाई युक्रेन युद्ध अझ नबढाउन चेतावनी दिँदै यदि रुसको बाल्टिक क्षेत्रमा रहेको भूभाग (इन्क्लेभ)...
-
Renewing Efforts on a New Great Journey: Commemorating 77th Anniversary of Founding of People’s Republic of China
Beijing,(Xinhua): The golden wind is refreshing, and the mountains and rivers are beautiful. As we embark on a new journey...












