६ छोरीपछि छोरा चाहियो भन्ने श्रीमानलाई डिभोर्स दिन खोज्दा अदालतको अस्वीकार
काठमाडौं । चीनको एक अदालतले ६ छोरी भएको एक महिलालाई आफ्नो पतिसँग सम्बन्धविच्छेद गर्न दिन अस्वीकार गरेको छ ।
छोरा नजन्माएसम्म श्रीमतीले बच्चा जन्माउन जारी राख्नुपर्ने भन्ने ती पुरुषलाई डिभोर्स गर्न नदिएपछि अहिले जनआक्रोश उत्पन्न भएको छ ।
मध्य चीनको हुनान प्रान्तकी सियोङ थरकी ती महिलाले ओउ थरका आफ्नो श्रीमानलाई डिभोर्स गर्न चाहेकी थिइन् । तर, अदालतले उनलाई घर फर्किन र परिवारको हेरचाह गर्न आदेश दिएको हो ।
अदालतको यो आदेशपछि सामाजिक सञ्जालमा चिनियाँ नागरिकले ती महिलाप्रति सहानुभूति राखिरहेका छन् भने अदालतको निर्णयको विरोध भइरहेको छ । सन् २०१५ मा बिहे गर्नुअघि यो दम्पतीसँग चार छोरीहरू थिए र त्यसपछि जुम्ल्याहा छोरी जन्मिएका थिए ।
सियोङले ६ जना छोरी हुर्काउँदा आफू थाकेको बताएकी छन् । तर, ओउले छोरा नजन्मिएसम्म सन्तान जन्माउन रोक्न नसक्ने भन्ने गरेको र आफूलाई बच्चा जन्माउने मेसिनका रुपमा हेरेको भन्दै उनले दु:ख पोखेकी छन् ।
सन् २०१९ को अक्टोबरमा धेरै नै भएपछि उनी आमाबुवासँग बस्न गएकी थिइन् । गत जुनमा मात्रै ओउसँगको विवाह सफल नभएको भन्दै डिभोर्सका लागि स्थानीय अदालतमा उनले निवेदन दिएकी थिइन्, तर अदालतले अस्वीकार गरेको हो ।
सुनुवाइको क्रममा न्यायाधीश तान मेङ्सीले सियोङले छोरीहरूलाई हुर्काएर आफ्नो जिम्मेवारी पूरा गर्न असफल भएको भनेका छन् । विवाह टुटेको प्रमाणित गर्न नसकेको भन्दै उनलाई घरपरिवार सम्हाल्न आदेश दिएको हो ।
चिनियाँ सामाजिक सञ्जाल विबोको समाचार पोस्टमा यो विषयले चर्चा पाएको छ । १२ हजारभन्दा बढी कमेन्ट गरिएको यो पोस्टमा धेरैले उनलाई सहानुभूति दिएका छन् भने, अदालतको आलोचना गरेका छन् ।
Comments
अरु समाचार
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...












