६ महिनाको अवधिमा नेपालको पर्यटन क्षेत्रमा उल्लेख्य प्रगति
काठमाडौं । सरकारले मुलुकको पर्यटन क्षेत्रको विकासमा उल्लेख्य प्रगति हासिल गरेको छ । कोभिड–१९ महामारिले शिथिल बनेको पर्यटन क्षेत्र पुरानै लयमा फर्किएको छ । वर्तमान सरकार गठ भएको छ महिनामा पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा देखिने गरी सुधारका काम भएका छन् ।
सरकारले सार्वजनिक गरेको छ महिनाको प्रगति विवरणमा पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनको क्षेत्रमा उल्लेख्य प्रगति भएको जनाइएको छ । पर्यटक आगमनमा उल्लेख्य सुधार भई सन् २०२३ जनवरीदेखि हालसम्म गत वर्षको सोही अवधिको तुलनामा दोब्बर सङ्ख्यामा पर्यटककको आगमन वृद्धि भई चार लाख ४६ हजार नौ सय ८९ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार अघिल्लो वर्ष सन् २०२२ मा छ लाख १४ हजार आठ सय ६९, सन् २०२१ मा एक लाख ५१ हजार र सन् २०२० मा दुई लाख ३० हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भई सञ्चालनमा रहेको छ ।
वि.सं. २०७९ पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त विमानस्थलको उद्घाटन गरेका थिए । राष्ट्रिय गौरवको अर्को आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरू नियमित गर्नेसम्बन्धी कार्ययोजना तयार गरिएको छ । नेपाल वायुसेवा निगमले जेठ ३० गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट क्वालालाम्पुर–भैरहवा उडान सुरु गरेको थियो ।
यसअघि कुवेतको जजीरा एयरले उडान गरिरहे पनि पछिल्लो समय प्राविधिक कारण जनाउँदै उडान स्थगित गरेको छ । भरतपुर आन्तरिक विमानस्थलको सुविधा सम्पन्न टर्मिनल भवन निर्माण र विमानस्थल विस्तार कार्यका लागि शिलान्यास भएको छ । विराटनगर र नेपालगञ्ज विमानस्थलको टर्मिनल भवन निर्माण कार्यको शिलान्यास भइसकेको छ ।
त्यसैगरी, नेपाल वायुसेवा निगमको आन्तरिक उडान विस्तार गर्दै काठमाडौँ–इलाम–काठमाडौँ नियमित साप्ताहिक उडान प्रारम्भ गरिएको छ । निगमका जहाजहरूको आन्तरिक र अन्तर्राष्ट्रिय हवाई टिकट अनलाइन प्रविधिमार्फत खरिद गर्न सकिने व्यवस्था गरिएको छ । हवाई दुर्घटना हुन नदिन सबै आन्तरिक वायु सेवा सञ्चालक कम्पनीहरूले हवाई जहाजको अनिवार्य प्राविधिक परीक्षण गर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरणले सोको सघन अनुगमन गर्ने व्यवस्था मिलाइएको सरकारको प्रगति विवरणमा उल्लेख छ ।
चीन सरकारले कोभिड–१९ पछि नेपाललाई समेत समूह पर्यटक गन्तव्यको रूपमा खुला गरेको छ । यही असार ६ गते चीनको सिचुवान एयरले पोखरा क्षेत्रीय विमानस्थलमा पहिलोपटक सिधै चार्टर उडान सञ्चालन गरेको छ । जुगल हिमशृङ्खलामा पर्ने छ वटा नयाँ हिमाल आरोहणका लागि खुला गरिएको छ । सो थप आरोहण खुला गरेका हिमालसहित कूल चार सय १९ वटा हिमाल आरोहणका लागि खुला भएका छन् ।
पर्यटन मन्त्रालय र मातहतका निकाय, विमानस्थल, सांस्कृतिक, धार्मिक, पर्यटकीयस्थलको सरसफाइसम्बन्धी निर्देशिका स्वीकृत गरी सरसफाइ कार्यलाई अभियानकै रूपमा सुरु गरिएको छ । पर्यटनमन्त्रीको संयोजकत्वमा बृहत् सरसफाइ अभियान कार्यक्रम सम्पन्न भएको, सोको निरन्तरताको रूपमा बौद्धनाथ क्षेत्रमा सरसफाइ अभियान सम्पन्न गरिएको तथा स्वयम्भू क्षेत्रमा साप्ताहिक सरसफाइ कार्य भइरहेको छ ।
पशुपति हिन्दू विश्वविद्यालय स्थापनार्थ सम्भाव्यता अध्ययन भई विश्वविद्यालय स्थापना तयारीका लागि कार्यदल गठन भई काम भइरहेको तथा रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय स्थापनासम्बन्धी अध्ययन प्रतिवेदन प्राप्त भई विश्वविद्यालय स्थापनाका लागि प्रक्रिया अगाडि बढाइएको प्रगति विवरणमा जनाइएको छ ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...












