ताजा समाचार

आजको राशिफल : २०८० साल असार २३ गते शनिवार

मेष : आर्थिक क्षेत्रमा भने झुक्याउने धेरै छन्। सचेत भएर काम गर्नुहोला। राजनीति र सामाजिक क्षेत्रमा राम्रो छ।  प्राकृतिक स्रोत साधन,सरकारी स्रोत तथा अन्य भौतिक सम्पत्तिको प्रयोग मार्फत यथेष्ट आम्दानी बढाउन सकिनेछ ।

वृष : शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परीक्षाको तयारी गर्नुभएको छ भने सफलता मिल्नेछ।

मिथुन :साथीभाइ तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा सुधार हुने तथा शिक्षासँग सम्बन्धित कामहरू समयमा नै सम्पन्न हुनेछन् ।

कर्कट :  व्यापारमा उधारो लगेर नतिर्नेहरू हाबी हुनेछन् भने आम्दानी नहुनाले दैनिकी प्रभावित हुनेछ । समय र परिस्थितिको राम्रोसँग अध्ययन गरेर मात्र कुनै काम गर्नुहोला काम बिग्रन सक्छ ।

सिंह :प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ । विभिन्न भौतिक वस्तु तथा बिलासी सामानको प्रयोग मार्फत अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ ।

कन्या :व्यापार व्यवसाय फस्टाएर जानेछ भने नयाँ ठाउँमा लगानी गर्ने अवसर आउनेछ । माया प्रेम तथा दाम्पत्य जीवनको गाँठो झन् मजबुत भएर जानेछ ।

तुला : अध्ययनमा मन जानेछ । औषधीजन्य तथा दैनिक उपभोग्य सामानको व्यापार व्यवसायमा लगानी गरी धन तथा सम्पत्ति कमाउन सकिनेछ ।

वृश्चिक: राजनीति तथा समाजसेवामा आलोचनाको शिकार हुने योग रहेको छ । घर परिवारबाट टाढा हुनुपर्दा नरमाइलो लाग्नेछ ।

धनु : विभिन्न अवसरहरूको उपयोग गरी यथेष्ट धन तथा सम्पत्ति कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ ।

मकरआम्दानीका स्रोतहरू फराकिला हुनेछन् । अध्ययन अध्यापनमा मन जाने हुनाले नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ ।

कुम्भ : परिवार तथा आफन्तजनमा आत्मीयताको भाव बढ्नेछ । व्यापार विस्तार गरी भनेजस्तो लाभ लिन सकिनेछ ।

मीन : बन्धुको सहयोग लिन नभुल्नुहोला। भूमी कारोबारले ठूलो फाइदा दिनेछ। स्वास्थ्य क्षेत्रमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अन्य दिनभन्दा सुधार भएर जानेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org