राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडाैँ । संघीय संसद्अन्तर्गत मंगलबार राष्ट्रिय सभाको बैठक बस्दैछ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेर १ मिनेटमा बोलाइएको बैठकमा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ।
आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, खानेपानी मन्त्रालयको खर्च शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूचीमा उल्लेख छ।
त्यस्तै, अर्थ मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिको कार्यालय, राष्ट्रपतिको कार्यालयको पनि आजै छलफल हुनेछ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लगायत विपक्षी दलहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग्दै संसद् बैठक अवरूद्ध गरेपछि विनियोजन विधेयकमाथि छलफल हुन सकेको थिएन।
भोलि ९बुधबार०सम्म बजेट पारित गरिसक्ने कार्यसूचीअन्तर्गत आजै सबै मन्त्रालयगत छलफल सक्न लागिएको हो।
भोलि सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिएपछि राष्ट्रिय सभाबाट बजेट पारित हुनेछ।
Comments
अरु समाचार
-
रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते
बुटवल । रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते भएका छन् । धान बोकेको ट्याक्टरसँग बस ठोक्किएर...
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
आजको मौसम : देशभर आंशिक बादल लाग्ने पूर्वानुमान
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही...
-
रुस–युक्रेनबीच युद्ध अन्त्य गर्न युएईमा वार्ता शुरु हुने पुष्टि
किएभ । रुसले युक्रेन र अमेरिकासँग युएईको अबुधाबीमा चार वर्षे युद्ध अन्त्य गर्न बुधवारदेखि नयाँ चरणको वार्ता शुरु हुने पुष्टि...
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...











