केन्द्रीय समिति र पदाधिकारी बैठकअघि शेखर पक्ष छुट्टै छलफलमा
काठमाडाैँ । ११ महिनापछि केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएपछि नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले आफ्नो पक्षको तयारी बैठक बोलाएको छ । केन्द्रीय समिति बैठकअघि शेखरको सम्पर्क कार्यालयमा सोमवार बिहान समूहको बैठक बसेको हो ।
लामो समयपश्चात केन्द्रीय समिति बैठक बस्ने भएपछि सम्भावित एजेण्डाको विषयमा टुंगो लगाउने तयारी उनीहरूको छ । आजै दिउँसो २ बजे सभापति शेरबहादुर देउवाले आफ्नो निवास धुम्बाराहीमा पदाधिकारी र पूर्व पदाधिकारीको बैठक पनि बोलाएका छन् ।
यो बैठकमा पनि प्रस्तुत हुने एजेण्डा तय गर्न शेखर पक्ष छलफलमा जुटेको हो । कांग्रेसको केन्द्रीय समितिको बैठक मंगलबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।
चुनावी समीक्षा, सरकारमा कांग्रेसको सहभागिता, नयाँ दलको चुनौती, संगठनको भद्रगोल, संगठन विस्तारसहितका विषयमा छलफल गर्न माग भए पनि देउवाले केन्द्रीय समिति बैठक टार्दै आएका थिए ।
११ महिनापछि बल्ल बैठक बस्ने भएपछि सभापतिको कार्यशैलीविरुद्ध शेखर र गगन समूहका नेताले खरो रुपमा उत्रिने तयारीमा छन् ।
साथै नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका कांग्रेस नेता बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने मागप्रति पनि देउवा मौन छ । यो समूहले यस विषयमा समेत बैठकमा सभापतिको गम्भीर ध्यानाकर्षण गराउने तयारी गरेको छ ।
Comments
अरु समाचार
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
अछाममा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, तीन घाइते
अछाम, जेठ १६ गते । अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ थापामोड स्थित मध्यपहाडी राजमार्गमा गए राति जिप दुर्घटना हुँदा दुई जनाको...
-
इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब हुन्छ: ट्रम्प
काठमाण्डौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा अब आफूले ‘अन्तिम’ निर्णय गर्ने बताउनुभएको...
-
मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु...
-
विदेशी मुद्राको विनिमयदर: आज कुन देशको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...












