नेपाली सेनाको भूमिका र संख्या कटौतीका बारेमा बहस हुनु दुःखद : महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेले नेपाली सेनाको संख्या राष्ट्रको सुरक्षासँग मात्र होइन अन्तर्राष्ट्रिय शान्ति मिसनसँग पनि जोडिएको विषय भएको बताएको छ।
पछिल्लो समयमा सेनाको संख्याको विषय भइरहेको बहसलाई लक्षित गर्दै एमालेका महासचिव शंकर पोखरेलले नेपाली सेनाको भूमिका र संख्या कटौतिका बारेमा बहस हुनु दुःखद भएको टिप्पणी गरेका छन्।
‘नेपाली राजनीति अस्थिरताको शिकार भएको, सामाजिक अराजकताका कारणले राज्य कमजोर बनेको अवस्थामा नेपाली सेनाको भूमिका र संख्या कटौतिका बारेमा बहस हुनु दुःखद पक्ष हो।’ सामाजिक सञ्जालमार्फत उनले भने,‘नेपाली सेनाको संख्या राष्ट्रको सुरक्षासँग मात्र होइन अन्तर्राष्ट्रिय शान्ति मिसनसँग पनि जोडिएको विषय हो।’
महासचिव पोखरेलले नेपाल सरकारले नेपाली सेनालाई आन्तरिक सुरक्षाका साथै विकास र विपद्को समयमा समेत प्रभावकारी रुपमा परिचालन गर्ने गरेको बताए। मुलुकलाई राजनीतिक अस्थिरता र सामाजिक अराजकताको दुश्चक्रमा पारेर सार्वभौमसत्तालाई नै आघात पुर्याउने कुप्रयास भइरहेका बेलामा सेना औचित्यका बारेमा अनावश्यक रुपमा बहस हुनु दुःखद पक्ष भएको उनको भनाई छ।
‘निश्चयनै अन्य संस्थाजस्तै नेपाली सेनामा पनि समयानुकुल सुधार गर्नु र त्यसको व्यावसायिक दक्षतामा अभिवृद्धिगर्नु आवश्यक छ। तर मुलुकलाई राजनीतिक अस्थिरता र सामाजिक अराजकताको दुश्चक्रमा पारेर सार्वभौमसत्तालाई नै आघात पुर्याउने कुप्रयास भइरहेका वेलामा नेपाली सेनाको भूमिका र यसको औचित्यका वारेमा अनावश्यक रुपमा बहसहुनु दुःखद पक्ष हो।’ उनले भने,‘नेपाल राष्ट्र र नेपाली जनताको हितका लागि नेपाली सेनाको गौरवपूर्ण भूमिकाको अभिवृद्धि नै हामी सबैको सरोकारको विषय हो र हुनुपर्दछ।’
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...












