नेपाली सेनाको भूमिका र संख्या कटौतीका बारेमा बहस हुनु दुःखद : महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेले नेपाली सेनाको संख्या राष्ट्रको सुरक्षासँग मात्र होइन अन्तर्राष्ट्रिय शान्ति मिसनसँग पनि जोडिएको विषय भएको बताएको छ।
पछिल्लो समयमा सेनाको संख्याको विषय भइरहेको बहसलाई लक्षित गर्दै एमालेका महासचिव शंकर पोखरेलले नेपाली सेनाको भूमिका र संख्या कटौतिका बारेमा बहस हुनु दुःखद भएको टिप्पणी गरेका छन्।
‘नेपाली राजनीति अस्थिरताको शिकार भएको, सामाजिक अराजकताका कारणले राज्य कमजोर बनेको अवस्थामा नेपाली सेनाको भूमिका र संख्या कटौतिका बारेमा बहस हुनु दुःखद पक्ष हो।’ सामाजिक सञ्जालमार्फत उनले भने,‘नेपाली सेनाको संख्या राष्ट्रको सुरक्षासँग मात्र होइन अन्तर्राष्ट्रिय शान्ति मिसनसँग पनि जोडिएको विषय हो।’
महासचिव पोखरेलले नेपाल सरकारले नेपाली सेनालाई आन्तरिक सुरक्षाका साथै विकास र विपद्को समयमा समेत प्रभावकारी रुपमा परिचालन गर्ने गरेको बताए। मुलुकलाई राजनीतिक अस्थिरता र सामाजिक अराजकताको दुश्चक्रमा पारेर सार्वभौमसत्तालाई नै आघात पुर्याउने कुप्रयास भइरहेका बेलामा सेना औचित्यका बारेमा अनावश्यक रुपमा बहस हुनु दुःखद पक्ष भएको उनको भनाई छ।
‘निश्चयनै अन्य संस्थाजस्तै नेपाली सेनामा पनि समयानुकुल सुधार गर्नु र त्यसको व्यावसायिक दक्षतामा अभिवृद्धिगर्नु आवश्यक छ। तर मुलुकलाई राजनीतिक अस्थिरता र सामाजिक अराजकताको दुश्चक्रमा पारेर सार्वभौमसत्तालाई नै आघात पुर्याउने कुप्रयास भइरहेका वेलामा नेपाली सेनाको भूमिका र यसको औचित्यका वारेमा अनावश्यक रुपमा बहसहुनु दुःखद पक्ष हो।’ उनले भने,‘नेपाल राष्ट्र र नेपाली जनताको हितका लागि नेपाली सेनाको गौरवपूर्ण भूमिकाको अभिवृद्धि नै हामी सबैको सरोकारको विषय हो र हुनुपर्दछ।’
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












