ललिता निवास प्रकरणः बन्दी प्रत्यक्षीकरणको बहस चलिरहँदा सीआईबी प्रमुख बज्रचार्य सर्वोच्चमा प्रवेश
सिआईबी प्रमुख बज्रचार्य र सर्वोच्चका मुख्य रजिष्ट्रारबीच भेट
काठमाडाैँ । नेपाल प्रहरी केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) प्रमुख एआईजी किरण बज्रचार्य र सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लाल बहादुर कुवरबीच भेटवार्ता भएको छ ।
बुधबार अपरान्ह सर्वोच्च अदालत मुख्य रजिष्ट्रारको कार्यालयमा (सिआईबी) प्रमुख एआईजी बज्रचार्य र मुख्य रजिष्ट्रार कुवँरबीच भेटवार्ता भएको हो ।
ललिता निवास जग्गा प्रकरणको बन्दी प्रत्यक्षीकणको रिटमाथी बहस चलिरहेको समयमा भएको यस भेटवार्तालाई अर्थपुर्ण मानिएको छ ।
सर्वोच्च अदालत प्रशासनले भेटघाट सामान्य रहेको र केही समयदेखी भेटको लागी समय माग भैरहेको सामान्य भेटघाट भएको जानकारी दियो ।
उता सिआईबी प्रमुख बज्रआचार्यले भने सर्वोच्च अदालत फैसला कार्यान्वयनको डाटा लिनको लागी भेट भएको न्युज नेपाललाई जानकारी दिएकी छन ।
ललिता निवास प्रकरण मुख्य वादी रहेको नेपाल प्रहरी केन्द्रिय अनुसन्धान व्युरो(सिआईबी) प्रमुखले अदालतमा बहस चलिरहेको समयमा अदालत परिसरमा सर्वोच्चको मुख्य रजिष्ट्रारसंग भेट गर्नु कानुन विपरित र मुद्दा प्रभावित पार्ने उद्देश्य प्रेरित भएको बरिष्ठ कानुन व्यवसायी बताए ।
यस भेटवार्ताका विषयमा प्रमुख एआईजी बज्रचार्य र मुख्य रजिष्ट्रार कुवँरले दिएको जानकारी एकआपसमा बाझिदा यस भेटलाई अर्थपुर्ण र मुद्दा प्रभावित पार्ने उद्देश्यमा केन्द्रित छ भन्ने कुरा प्रष्ट हुने कानुन व्यवसायीहरु बताउछन् ।
उक्त प्रकरणमा कीर्ते गरेको अभियोगमा सचिव राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधिरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमलाई पक्राउ गरी अनुसन्धान सुरू गरेपछि सर्वोच्च अदालतमा बन्दीको रिट निवेदन दायर गरिएको थियो ।
सर्वोच्च अदालतले सो विवादसम्बन्धी छ थान रिट निवेदन एकै ठाउँमा राखेर सुनुवाइ गरिरहेको छ ।
थुनामा रहेकाहरुले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएपछि केन्द्रीय अनुसन्धान ब्युरो पनि भ्याकेट निवेदन लिई पक्राउ नगर्न अन्तरिम आदेश लिएका १७ जना आरोपीविरुद्ध भ्याकेट निवेदन लिएर सर्वोच्च अदालत पुगेको थियो ।
Comments
अरु समाचार
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
काभ्रे बस दुर्घटना: ८ जनाको ज्यान गयो, १७ घाइतेको उपचार जारी
काठमाडौं । काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बा...
-
गोदावरी नदीले बगाउँदा दुई महिलाको ज्यान गयो
धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
रेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
काठमाडौँ । नेपालका कान्छा कोरियोग्राफर गौरव सिटौलाका भाइ सौरभ सिटौला र आर्याना सिंह यस वर्षको “मिस्टर एण्ड मिस एसईई सुपर...
-
सरकारी विद्यालयमा किन विद्यार्थी संख्या न्यून ? तेह्र हजार विद्यालयमा सयभन्दा कम
काठमाडौँ। देशभर सञ्चालनमा रहेका सामुदायिक विद्यालयमध्ये आधाभन्दा बढी विद्यालयमा विद्यार्थी संख्या सयभन्दा कम रहेको तथ्य सार्वजनिक भएको छ। विद्यार्थी अभावका...












