डेङ्गुविरुद्ध उच्च सतर्कता
काठमाडौं । भारतसँग सीमा जोडिएको नेपालगञ्ज उपमहानगरपालिकामा डेङ्गु रोगविरुद्ध उच्च सतर्कता अपनाइएको छ । उपमहानगरको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले अहिलेसम्म नेपालगञ्जमा कसैलाई पनि डेङ्गु पुष्टि नभएको उल्लेख गर्दै सीमापारि र अन्य जिल्लामा देखिएकाले उच्च सतर्कता अपनाइएको जानकारी दिनुभयो ।
महाशाखाले मलेरिया र डेङ्गु फैलिन नदिनसमेत सचेत भएकाले नेपाल–भारत जमुनाहा नाकामा ज्वरोका बिरामी भेटिएमा परीक्षण गरेर भित्रिन दिइएको तथा उपमहानगरमा सचेतनामूलक अभियान पनि चलाइएको जनाएको छ ।
>उहाँले एकजनामा मलेरिया देखिएकाले नेपाल–भारत नाकालगायत उपमहानगरका विभिन्न स्वास्थ्य संस्थामा ज्वरोका बिरामीको मलेरिया र डेङ्गु परीक्षण गर्न थालिएको जानकारी दिनुभयो । प्रमुख चन्दले सो रोगको लक्षण र प्रभाव पारे सर्वसाधारणलाई सचेत पार्ने कार्य पनि भइरहेको बताउनुभयो ।
भारतलगायत नेपालका विभिन्न जिल्लामा डेङ्गुका बिरामी देखिन थालेपछि उपमहानगरपालिकाले उक्त रोगविरुद्धको सचेतना अभियान सञ्चालन गरेको उपमहानगरका उपप्रमुख कमरुद्दिन राईले बताउनुभयो । उहाँले डेङ्गु भित्रिन नदिन तथा नियन्त्रणका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराइएको बताउनुभयो ।
स्वास्थ्य कार्यालय बाँकेले डेङ्गु रोग रोकथाम र नियन्त्रणका लागि लामखुट्टेका लार्भा नष्ट गर्ने तथा सर्वसाधारणलाई सचेतना जगाउने अभियान सुरु गरिएको जनाएको छ । सो कार्यालयले उक्त रोगविरुद्ध उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
Comments
अरु समाचार
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...











