पुष्पलालले देखेकाे सपना साकार पार्न सबै कम्युनिस्टहरु एकतावद्ध हुनु पर्छः वामदेव गाैतम
काठमाडौँ। पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले सबै कम्युनिस्टहरूलाई एकतावद्ध हुन आह्वान गरेका छन्।
आइतबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै कीर्तिपुरमा उनले यस्तो बताएका हुन्।
उनले समाजवादी मोर्चा बनाउनु राम्रो भए पनि एक-दुई वटा पार्टी मात्रै मिलेर समाजवादको यात्रा पूरा नहुने बताए।
उनले नेपालको संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समृद्ध समाज, समृद्ध समाजवादको निर्माण कम्युनिस्ट मोर्चाहरू मिलेर मात्रै सम्भव रहेको बताए।
नेता गाैतमले भने, ‘सबै कम्युनिस्टहरू एकतामा आऔँ। मोर्चाको उद्देश्य नेपाली जनताको समृद्धिलाई बनाऔँ । लोकतान्त्रिक मूल्य, मान्यताको समाजवाद, समृद्ध समाजवाद राखेर एउटा मोर्चामा आवद्ध हुनुपर्छ। जसको लागि प्रचण्ड, कमरेड माधव नेपाल र अरू अरू मिलेर सुरु गर्नुभएको छ। राम्रो काम गर्नुभएको छ तर दुई तीनवटा पार्टी मिलेर मोर्चा बनाउने काम नगर्नूस्। सबै मिल्नुपर्छ, सबैलाई ल्याउन सक्नुपर्छ। समाजवाद नै निर्माण गर्ने हो, जति सकिन्छ त्यत्ति सामाजिक उत्पादनका लागौँ। पुनः कम्युनिस्टहरू एक ठाउँमा हुनुपर्छ।’
उनले पुष्पलालले देखेकाे सपना साकार पार्न कम्युनिस्ट पार्टीहरू एक भएर शक्ति आर्जन गर्नुपर्ने पनि बताए।
Comments
अरु समाचार
-
आजको मौसम : देशभर आंशिक बादल लाग्ने पूर्वानुमान
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही...
-
रुस–युक्रेनबीच युद्ध अन्त्य गर्न युएईमा वार्ता शुरु हुने पुष्टि
किएभ । रुसले युक्रेन र अमेरिकासँग युएईको अबुधाबीमा चार वर्षे युद्ध अन्त्य गर्न बुधवारदेखि नयाँ चरणको वार्ता शुरु हुने पुष्टि...
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...











