आजको राशिफल: २०८० साल साउन १० गते बुधवार
मेष: व्यापार र पेसाबाट प्रशस्त लाभ हुनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। लोकाचारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन्। बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।
वृष: केही अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला। फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले होसियार रहनुहोला।काममा केही चुनौतीहरू देखिनेछन् र सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ। वैधानिक प्रावधानले पनि लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। चिताएका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्।
मिथुन: अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले साथ दिनेछन्। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्।
कर्कट: निर्णय लिन केही अलमल भए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला।नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउनेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले सजग रहनुपर्ला।
सिंह:उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला। काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ। आर्थिक लेनदेनमा अलि होसियार रहनुहोला।आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ।
कन्या: शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयन गर्न सकिनेछ।अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। तर आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ।
तुला: पहिलेको सफलताले नयाँ काममा हौसला जगाउनेछ। तर आगन्तुकहरूले अलमल्याउने हुँदा काममा बाधा पुग्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। महत्वाकांक्षी योजना बिग्रन सक्छ।चिताएको काम रोकिए पनि रमाइलो जमघटमा सहभागी बन्ने अवसर आउला। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
वृश्चिक: टाढाका साथीभाइले काममा साथ दिनेछन्। तर, खर्च बढ्नेछ भने समयमा आलस्य गर्ने बानीले पछि परिनेछ। लगानी बढाउने अवसर प्राप्त हुनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ।
धनु : श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। दिगो काम सुरु हुनेछ र छोटो समयमै उपलब्धि हातलागी हुनेछ।दिन निकै लाभदायक रहनेछ। प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ।
मकर: कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न समय लाग्नेछ। दीर्घकालीन योजना बनाएर काम प्रारम्भ गर्ने बेला छ।आँटले काम लिन नसक्दा केही पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सानातिना काममै अल्झनुपर्नेछ।
कुम्भ: अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। पदीय जिम्मेवारीसमेत प्राप्त हुन सक्छ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्।मेहनत गर्दा भाग्योन्नतिको समय छ। सानो प्रयत्नले दिगो लाभ हुने काम सम्पादन हुनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। शुभचिन्तकहरूले साथ दिनाले कर्मयोग बलियो रहनेछ।
मीन: शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला। योजना पूर्ण नभए पनि आंशिक लाभ हुनेछ। काममा समय लागे पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ। परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपरे पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...












