भेरी अस्पतालमा एमआरआइ मेसिन
काठमाडौं । पश्चिम नेपालकै रिफरल अस्पतालका रूपमा विकसित भइरहेको बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा अहिले एमआरआई मेसिन आइपुगेको छ। तीन वर्षदेखिको प्रयासपछि झण्डै रु २४ करोड मूल्यबराबरकोे थ्रिटी एमआरआइ मेसिन मङ्गलबार आइपुगेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री चापागाइ जानकारी दिनुभयो ।
उहाँले यहाँ सुविधासम्पन्न एमआरआइ मेसिन उपलब्ध भएकाले सामुदायिक स्वास्थ्य क्षेत्रमा निकै उपलब्धिपूर्ण भएको बताउनुभयो । ‘तीन वर्षदेखिको प्रयासपछि अस्पतालमा मेसिन आइसकेकाले यथासम्भव सीमित स्रोत र साधनबाट यसलाई सञ्चालन गरी आमजनताको स्वास्थ्य सेवामा सहज पहुच पु¥याउने छाैँ । यस्ले सामुदायिक स्वास्थ्यको क्षेत्रमा निकै महत्वपूर्ण उपलब्धि हासिल गर्नेमा हामी विश्वस्त छौँ ।’ उहाँले भन्नुभयो, ‘आजैदेखि यसलाई जडान गर्न थालिने छ । त्यसका लागि पूर्वधार तयार गर्न यसअघि नै नयाँ भवनमा इमरजेन्सी कक्ष सारिसकेका छौँ ।’
तीन वर्ष अघि डा प्रकाश थापा मेडिकल सुपरिटेन्डेन्ट रहँदा यहाँ विशिष्टिकृत प्रयासलाई तीव्रता दिइएको थियो । त्यतिबेलै तत्कालीन मेसु डा थापा नेतृत्वले एमआरआइका लागि पहल गर्नुभएको थियो । रु १८ लाख ३९ हजार अमेरिकी डलर मूल्यको एमआरआइ मेसिनका लागि डेढ वर्षअघि खुल्ला बोलपत्रमार्फत एलसी खोलिएकामा विभिन्न प्रशासनिक झमेला भएपनि खरिद प्रक्रियाले साकाररूप लिएको थियो ।
Comments
अरु समाचार
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...











