बहुमत ल्याउने ल्याकत एमालेसँग मात्रः भट्टराई
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले अहिलेको निर्वाचन प्रणालीले एउटा मात्र दलले बहुमत ल्याउन कठिन देखिएपनि एमालेले त्यो ल्याकत राख्ने बताएका छन् ।
संगठनलाई व्यवस्थितरूपमा परिचालन गर्ने, अन्तरविरोध हटाउँदै लाने, अवसरको समान वितरण र केही भिजन लिएर प्रक्रियाबद्ध जान सके एमालेका लागि बहुमत सम्भव रहेको उनको जिकिर छ । भट्टराईले बिहीबार काठमाडौंमा केही सञ्चारकर्मीसँग मिसन ग्रासरूट अन्तर्गत कर्णालीको डेढ महिने दौडाहा र मधेश इन्चार्ज पाएपछिको पहिलो चरणको अभियानको अनुभव सुनाएका छन् ।
उनले भने, ‘एमालेप्रतिको जनलहर उस्तै छ । अझ बढेको छ । यसअघि दुईतिहाइनजिकको अवसरलाई हामीले सदुपयोग गर्न सकेनौं । अहिलेको निर्वाचन प्रणालीले निश्चित दललाई बहुमत दिने विषय जटिल भएपनि मेहनत गर्दा एमालेले मात्र त्यो सक्छ । २०८४ को मिसनमा सम्पूर्ण पार्टी पंक्ति योजनाबद्ध ढंगले लाग्न जरुरी छ ।’
बहुमतका लागि मधेशसँग धेरै सीट भएकाले त्यो महत्वपूर्ण हुने भएकाले पार्टीले त्यहाँको आर्थिक, सामाजिक, पूर्वाधारलगायतको विकास र जनतासँग प्रत्यक्ष जोडिएर विशेष गतिविधि चलाउनुपर्नेमा नेता भट्टराईको जोड छ ।
उनले केहीले सेन्टिमेन्ट बटुल्न निर्वाचन प्रणाली फेर्ने, संघीयता खारेजी, धर्मनिरपेक्षताविरुद्ध कुरा गरेपनि त्यो अहिले असम्भव रहेको बताए ।
गएको चुनावमा समानुपातिकमा एमाले दोस्रो भएपनि सीट संख्याको हिसाबले पहिलो भएको उनको भनाइ छ । मंसिर ४ मा एमालेले प्रतिनिधिसभामा ९ र प्रदेशसभामा २४ सीट जितेको छ । मधेशका जिल्लाजिल्लामा गुटबन्दी र चर्को अन्तरविरोध देखेको भन्दै त्यसको समाधानलाई आफूले पहिलो प्राथमिकतामा राखेको भट्टराईले बताए । प्रभु साहले गडबडी गर्ने चुनावी परिमाणमा केही चोट पुगेको उनको भनाइ थियो ।
आपसमा लड्नेहरूलाई नै एकैठाउँमा राखेर सहमति गराएर लैजाने उनको योजना छ । मधेशविरोधी पार्टी भनेर चित्रण गरिएको एमालेमा पछिल्लो समय जनताको आकर्षण बढेको पाइएको उनको भनाइ छ ।
सचिव भट्टराईले साढे ३ लाख समानुपातिक भोटलाई ८४ मा ७ लाख पुर्याउने लक्ष्यका साथ रणनीति सुरू गरिएको बताएका छन् ।
‘८० हजारको हाराहारी संगठित सदस्यमध्ये ५० हजार प्लस नवीकरण भइसकेको छ । २९ हजार नयाँ आवेदन परेको छ । एमालेमा प्रवेशको ताती छ । उनीहरूलाई व्यवस्थित गर्न र उचित जिम्मेवारी दिन सकिइरहेको छैन । संगठित सदस्यलाई बढाएर १ लाख ७५ हजार बनाउने योजना लिएका छौं’, भट्टराईले भने ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












