बहुमत ल्याउने ल्याकत एमालेसँग मात्रः भट्टराई
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले अहिलेको निर्वाचन प्रणालीले एउटा मात्र दलले बहुमत ल्याउन कठिन देखिएपनि एमालेले त्यो ल्याकत राख्ने बताएका छन् ।
संगठनलाई व्यवस्थितरूपमा परिचालन गर्ने, अन्तरविरोध हटाउँदै लाने, अवसरको समान वितरण र केही भिजन लिएर प्रक्रियाबद्ध जान सके एमालेका लागि बहुमत सम्भव रहेको उनको जिकिर छ । भट्टराईले बिहीबार काठमाडौंमा केही सञ्चारकर्मीसँग मिसन ग्रासरूट अन्तर्गत कर्णालीको डेढ महिने दौडाहा र मधेश इन्चार्ज पाएपछिको पहिलो चरणको अभियानको अनुभव सुनाएका छन् ।
उनले भने, ‘एमालेप्रतिको जनलहर उस्तै छ । अझ बढेको छ । यसअघि दुईतिहाइनजिकको अवसरलाई हामीले सदुपयोग गर्न सकेनौं । अहिलेको निर्वाचन प्रणालीले निश्चित दललाई बहुमत दिने विषय जटिल भएपनि मेहनत गर्दा एमालेले मात्र त्यो सक्छ । २०८४ को मिसनमा सम्पूर्ण पार्टी पंक्ति योजनाबद्ध ढंगले लाग्न जरुरी छ ।’
बहुमतका लागि मधेशसँग धेरै सीट भएकाले त्यो महत्वपूर्ण हुने भएकाले पार्टीले त्यहाँको आर्थिक, सामाजिक, पूर्वाधारलगायतको विकास र जनतासँग प्रत्यक्ष जोडिएर विशेष गतिविधि चलाउनुपर्नेमा नेता भट्टराईको जोड छ ।
उनले केहीले सेन्टिमेन्ट बटुल्न निर्वाचन प्रणाली फेर्ने, संघीयता खारेजी, धर्मनिरपेक्षताविरुद्ध कुरा गरेपनि त्यो अहिले असम्भव रहेको बताए ।
गएको चुनावमा समानुपातिकमा एमाले दोस्रो भएपनि सीट संख्याको हिसाबले पहिलो भएको उनको भनाइ छ । मंसिर ४ मा एमालेले प्रतिनिधिसभामा ९ र प्रदेशसभामा २४ सीट जितेको छ । मधेशका जिल्लाजिल्लामा गुटबन्दी र चर्को अन्तरविरोध देखेको भन्दै त्यसको समाधानलाई आफूले पहिलो प्राथमिकतामा राखेको भट्टराईले बताए । प्रभु साहले गडबडी गर्ने चुनावी परिमाणमा केही चोट पुगेको उनको भनाइ थियो ।
आपसमा लड्नेहरूलाई नै एकैठाउँमा राखेर सहमति गराएर लैजाने उनको योजना छ । मधेशविरोधी पार्टी भनेर चित्रण गरिएको एमालेमा पछिल्लो समय जनताको आकर्षण बढेको पाइएको उनको भनाइ छ ।
सचिव भट्टराईले साढे ३ लाख समानुपातिक भोटलाई ८४ मा ७ लाख पुर्याउने लक्ष्यका साथ रणनीति सुरू गरिएको बताएका छन् ।
‘८० हजारको हाराहारी संगठित सदस्यमध्ये ५० हजार प्लस नवीकरण भइसकेको छ । २९ हजार नयाँ आवेदन परेको छ । एमालेमा प्रवेशको ताती छ । उनीहरूलाई व्यवस्थित गर्न र उचित जिम्मेवारी दिन सकिइरहेको छैन । संगठित सदस्यलाई बढाएर १ लाख ७५ हजार बनाउने योजना लिएका छौं’, भट्टराईले भने ।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












