कुलो खनेर महाकाली नदीको मुहान भन्नु भारतको अर्घेल्याइँ हो,हाम्रो दाबी छाड्नु हुँदैन: केपी ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हरेक देशले राष्ट्रिय हितको पक्षमा काम गर्दा अरुको जायज हितलाई पनि ध्यान दिनुपर्ने बताउनुभएको छ । सार्वभौम समाजमा पारस्परिक लाभ र पारस्परिक सम्मान गर्नुपर्ने उल्लेख गर्दै उहाँले यही पारस्परिक लाभ र सम्मान नहेरिकन राष्ट्रिय हितको मात्रै पक्षपोषण गरियो भने त्यो अन्यायपूर्ण हुने उल्लेख गर्नुभयो ।
नेकपा (एमाले) को परराष्ट्र मामिला विभागले यहाँ आज आयोजना गरेको ‘वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीतिसम्बन्धी नेकपा (एमाले) को धारणा’ कार्यक्रममा अध्यक्ष ओलीले निषेधको नीतिले सकारात्मक परिणाम आउन नसक्ने बताउनुभयो ।
‘हरेक देशको आफ्नै प्रकारको विदेश नीति हुन्छ, अवस्था कस्तो छ, स्तर कस्तो छ रु नीतिले निर्धारण गर्दछ, यी सबै पक्षलाई विचार गरेर आज हाम्रो देशको हामीले अपनाउनुपर्ने विदेशी नीति, परराष्ट्र सम्पन्न कसरी अगाडि बढाउने भन्ने कुरा विभिन्न पृष्ठभूमिमा निर्धारित हुन्छ’, उहाँले भन्नुभयो ।
आन्तरिक र बाह्य सम्बन्धमा दृष्टिकोण बनाउन तथा नीति प्रस्तुत गर्न नेपाल स्वतन्त्र रहेको अध्यक्ष ओलीको भनाइ थियो । उहाँले भारतले दार्चुलाको लिम्पियाधुरामा महाकाली नदीलाई सिमाना नमानेर जिद्धी गरिरहेको बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘लिम्पियाधुरा भएर बग्ने महाकाली नदीलाई नेपाल र भारतको सिमाना मान्नुपर्नेमा लिपुलेक भएर बग्ने सानो कुलोलाई सीमा भनेर अर्घेल्याइँ गरिरहेको छ, कुलो खनेर महाकाली नदीको मुहान भन्नु भारतको अर्घेल्याइँ हो । हाम्रो दाबी छाड्नु हुँदैन ।’
अध्यक्ष ओलीले कालापानीमा भारतले ६१ वर्षअघि कुनै सम्झौता वा कुनै जानकारी नदिइकन एकतर्फीरुपमा आफ्नो सेना ल्याएर राखेको उल्लेख गर्दै नेपाल सरकारले लिम्पियाधुरामाथि दाबी गर्न आनाकानी गर्न नहुने बताउनुभयो । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपीजी) को प्रतिवेदन आफैँले बुझ्ने तयारीका क्रममा सरकार छाड्नुपरेको उल्लेख गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘इपीजी प्रतिवेदन नबुझ्ने भन्ने थिएन, तर मिति मात्रै तोकिएको थिएन, पछि मैले बीचमै सरकार छाड्नुपर्यो।’
इपीजी प्रतिवेदन पहिले भारतीय प्रधानमन्त्रीले बुझ्ने सहमति भए पनि भारतीय प्रधानमन्त्रीले समय नदिएका कारण उक्त प्रतिवेदन हालसम्म सार्वजनिक नभएको उहाँको आरोप छ । अध्यक्ष ओलीले भन्नुभयो, ‘हाम्रो देश कुनै पनि सैनिक गुटमा सामेल हुँदैन, सैनिक गुटमा प्रत्यक्ष वा परोक्ष कुनै पनि हिसाबले हामी सामेल हुँदैनौँ, हाम्रो भूमिमा कुनै पनि बाह्य सैनिक आउँदैन, हाम्रो भूमिमा कुनै पनि देशको सैनिक स्थापित हुन दिँदैनौँ ।’
अध्यक्ष ओलीले अत्यन्त सन्तुलित र सम्यमित ढङ्गले कुनै पनि देशसँग नलागीकन, कसैप्रति अनावश्यक निकटता र कसैप्रति पनि अनावश्यक दूरी बढाउन वा कायम गर्नेतिर लाग्न नहुने बताउनुभयो । ‘हामीले हाम्रा छिमेकीसँग मित्रतापूर्ण ढङ्गले र स्पष्ट ढङ्गले हाम्रा न्यायोचित हितको सन्दर्भमा स्पष्ट दृष्टिकोण पेस गर्नुपर्छ’, अध्यक्ष ओलीले भन्नुभयो । भारत र चीन दुई मित्र राष्ट्र भएकाले दुवैसँग खुलस्त कुरा राखेर आपसी समस्यालाई समाधान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...
-
म्याद सकिएका औषधि व्यवस्थापनमा अनियमितता, फार्मेसी अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । निजामती कर्मचारी अस्पताल, नयाँ बानेश्वरको फार्मेसी युनिटका फार्मेसी अधिकृत दिपा ढुङ्गानासहित आठ जनाविरुद्ध दुई करोड ९१ लाख ३४...












