ताजा समाचार

सदनको अवरोध खुलाउने विषयमा आज पनि प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बस्दै

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक आज पनि बस्ने भएको छ । सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न आज पनि बैठक बस्न लागेको हो ।

हिजो सोमबार बसेका दुई वटा बैठक निष्कर्षमा पुर्याउन सकेनन् र फेरि अर्को बैठक बोलाइएको ।हो । सभामुख देवराज घिमिरेका अनुसार बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखको समेत उपस्थितिमा बस्ने गरी शीर्ष नेताहरुको बैठक बस्ने तय भएको छ । सभामुख घिमिरेले भनेका छन्, ‘आशा छ, मंगलवार दिउँसो ३ बजे बस्ने बैठक अगावै दलहरुबीच सहमति हुनेछ ।’

शीर्ष नेताहरुका बीचमा सहमति नजुटेपछि सोमबार दिउँसो १ बजेका लागि बोलाइको प्रतिनिधिसभाको बैठक दिउँसो ४ बजे सम्मतका लागि सूचना टाँसेर स्थगित गरिएको थियो । शीर्ष नेताहरु सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा मध्यान्ह १२ बजे र दिउँसो साढे ३ बजे नयाँ बोनेश्वरस्थित संसद भवनमै छलफलमा बसेका थिए । कुनै सहमति नभएपछि प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसा ३ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org