राशिफल: आज २०८० साल साउन २४ गते बुधवार
मेष: दिउँसोदेखि परिस्थिति केही कमजोर बन्न सक्छ। विवादास्पद कामको जिम्मेवारी आउनेछ भने खर्च पनि बढ्ने सम्भावना छ। अवसरवादीहरूले दुःख दिन सक्छन् ।नयाँ काम थालनी गर्न बिहानीको समय उपयुक्त रहनेछ। आफन्त र साथीभाइको साथ पाइनाले सोचेको लाभ उठ्नेछ। ज्ञान, कला र व्यक्तित्वमा निखारता आउने समय छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ।
वृष: दिउँसोतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। नयाँ योजना थाल्ने समय आएको छ। तर अरूको भरपर्दा काम बिग्रन सक्छ। आगन्तुकले पनि व्यर्थैमा अलमल्याउन सक्छन्।खर्च लागे पनि प्रयत्न गर्दा काममा सकारात्मक संकेत प्राप्त हुनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ।
मिथुन: दिउँसोदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। सोखले फजुल खर्च बढाउनेछ। प्रयत्न गर्दा काम भने बन्नेछ ।मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ।
कर्कट : दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन र व्यापारमा फाइदा हुनेछ।विवादास्पद काममा हात हाल्नुपरे पनि प्रयत्न गर्दा बिस्तारै लक्ष्यमा पुग्न सकिनेछ। अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।
सिंह : ईर्ष्या गर्नेहरूले भने आफ्ना कमजोरीबाट फाइदा उठाउन सक्छन् ।कामले धेरैको उपकार गतारिफयोग्य र्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ। तारिफयोग्य कामले दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। दिउँसोदेखि नयाँ कामको अवसर फेला पर्नेछ। तर, केही विवादास्पद कामको जिम्मेवारी लिनुपर्ने देखिन्छ।
कन्या : दिउँसोदेखि स्थितिमा सुधार आउनेछ भने दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुन सक्छ। परिश्रमले धेरैको मन जित्न सकिनेछ। मिहिनेतले राम्रै उपलब्धि प्राप्त गर्न सकिनेछ।अरूका लागि समय खर्चनुपर्ला। परिस्थिति अलि बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला।
तुला : दिउँसोदेखि काम बिग्रनाले अलि दुःख पाइनेछ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। मिहिनेतको फल अरूकै हातमा पर्न सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। धेरै आफन्तसँग सम्पर्क बढ्नेछ। तर विचार नमिल्नाले आफ्नैसँग वादविवाद हुन सक्छ। प्रेमको बन्धन कमजोर बन्नेछ। व्यापारमा भने आम्दानी बढ्नेछ।
वृश्चिक: वादविवादबाट सजग रहनुहोला। मध्याह्नपछि व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। आकर्षक उपहारले उत्साह जगाउनेछ। बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउन सकिनेछ।आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। तर, प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ। तापनि रमाइलो क्षणमा मन ढुक्क भने नहुन सक्छ।
धनु: दिउँसोदेखि भौतिक साधनमा क्षति पुग्ने सम्भावना देखिएकाले सजग रहनुहोला। साहसी काम गरेर लाभ उठाउन सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् ।कामको मेसो नमिल्दा केही अलमल हुनेछ। तापनि प्रयत्न गर्दा अध्ययनमा प्रगति हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। दिगो काममा जग बसाउने मौका छ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ।
मकर :मध्याह्नदेखि स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनुहोला। नियमित कामको मेसो नमिल्दा केही अलमल हुनेछ। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्।
कुम्भ: साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला। भूमि तथा पशुधनबाट सामान्य लाभ मिल्नेछ। अरूको मुख ताक्ने बानीले भने पछि परिनेछ ।सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला। काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। आफन्तहरू टाढिन सक्छन्।
मीन : दिउँसोदेखि भने प्रतिस्पर्धीहरूले अलि दुःख दिनेछन्। अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ, सजग रहनुहोला ।पहिलेका विवादास्पद काम सुल्झाउन सकिनेछ। बोलीका भरमा चिताएको काम बन्न सक्छ। साथीभाइ तथा सहयोगीहरूको साथ पाइनेछ। रोकिएका काम बन्नेछन्। अध्ययन र व्यापारमा सोचेजस्तै प्रगति हुनेछ।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...












