संविधानको सार्थक कार्यान्वयन नेपाली काँग्रेसले मात्रै गर्न सक्छः महामन्त्री थापा
काठमाडाैँ । सत्तारुढ प्रमुख घटकनेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संविधानको सार्थक कार्यान्वयन आफ्नो पार्टीलेमात्रै गर्न सक्ने दावी गरेका छन ।
विश्व आदिवासीदिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँलेसंविधानलाई सुधार गर्दै लैजाने, त्यसको सार्थक कार्यान्वयनको माध्यामबाट नेपालीजनताको चाहनालाई पूरा गर्दै लैजाने काम नेपाली काँग्रेसबाहेक अन्य दलले गर्ननसक्ने बताए । महामन्त्री थापाले काँग्रेससँग समन्वयका साथ संविधानको सार्थककार्यान्वयन गर्दै अघि बढने तागत रहेको जिकीर समेत गरे। उनले कतिपय दललेसंविधानमा किञ्चित सुधार आवश्यक नभएको भन्ने गरेको, कतिपय दलले भने त्यसकोआमूल परिवर्तन गर्नुपर्छ भन्ने गरेको उल्लेख गर्दै काँग्रेसले उनीहरुलाई समेतनेतृत्व गर्दै संविधानमा आवश्यक सुधार गर्दै लैजाने समेत बताए ।
महामन्त्रीथापाले भने, ‘यो संविधान अपर्याप्त छ। यसलाई पर्याप्त बनाउने हो । यसलाई थप सुधार गर्दै लिएर जाने हो । र, काँग्रेसलेनै यसलाई सार्थक कार्यान्वयन पनि गर्दैगर्दै लिएर गएर यही व्यवस्था भित्र हामी सबैकोचाहनाहरुलाई सम्बोधन गर्दै जाने स्थिति बनाउने छ भन्ने खालको अवस्थामा हामीलेपु¥याउनु पर्छ । हामीले त्यो जिम्मेवारी निर्वाह गर्न सकेनौं भने अरु कसैले पनि त्योभूमिका निर्वाह गर्न सक्दैन । यो मैले अहंकार राखेर भनेको होइन । नेपालीकाँग्रेससँग त्यो समन्वय गर्ने तागत छ । ’
महामन्त्री थापालेसबै नेपाली देशभक्त हुन भन्ने मान्यताको आधारमा नेपाली काँग्रेस अघि बढ्ने बताए । उनले सबै जाति, धर्म, संस्कार र संस्कृतिको उत्तिकै सम्मान गरेर मात्रै सबैनेपालीलाई देशभक्त बनाउन सकिने भएकाले त्यो काममा नेपाली काँग्रेस प्रतिवद्ध भएर लाग्नेआश्वासन समेत दिए ।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












