महिला औद्योगिक पार्कको सञ्जाल देशैभर आवश्यक : अर्थमन्त्री डा महत
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा निर्माण भइरहेको नेपालको पहिलो महिला उद्यमी विशेष औद्योगिक ग्रामको सञ्जाल देशैभर विस्तार गर्न आवश्यक रहेको बताउनुभएको छ ।
दक्षिण एसियाली महिला मञ्चले आज काठमाडौैँमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढिसकेको र यसको काम प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो । ‘महिला औद्योगिक पार्क निर्माणको काम अघि बढिसक्यो । यसलाई अब कसैले रोक्न सक्दैन । हेर्दा सामान्यजस्तो लाग्ने यो दूरगामी अवधारणासहितको परियोजना हो’, अर्थमन्त्री महतले भन्नुभयो, ‘महत्वपूर्ण सुरुआत भएको छ । यसलाई प्रभावकारीरुपमा कार्यान्वयनमा लैजानुपर्छ । देशैभरि यसको सञ्जाल विस्तार गर्नुपर्छ ।’
नेपालको ठूलो श्रमशक्ति विदेशिरहेकाले स्वदेशमै रोजगारी सिर्जना गर्न र उत्पादन बढाउनका लागि यो औद्योगिक पार्कले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको उहाँको भनाइ थियो । ग्रामीण र आधुनिक अर्थतन्त्र निर्माणमा महिलाको भूमिका बढिरहेको र यसलाई राज्यले पनि प्राथमिकताका साथ प्रवद्र्धन गर्ने नीति लिएको अर्थमन्त्री डा महतले बताउनुभयो ।
‘देशैभरि लघुउद्यम व्यवसायमा महिलाको सहभागिता छ । घरघरमा उत्पादन भएका विभिन्न सामग्री व्यवसायीले निर्यात गरिरहेका छन् । सूचना प्रविधि क्षेत्रमा पनि सहभागिता बढ्दै गएको छ’, उहाँले भन्नुभयो, ‘अहिले कृषि व्यवसायमा धेरै ठूलो सम्भावना देखिएको छ । सूचना प्रविधि अर्को अवसरको क्षेत्र हो । महिला उद्यमीले उत्पादन गरेको वस्तुको प्रविधिलाई भरपूर उपयोग गरेर बजारीकरण गर्नुपर्छ ।’
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र पाँचखाल नगरपालिकाको सहकार्यमा सार्वजनिक–निजी साझेदारी अवधारणामा यस्तो ओद्योगिक पार्क निर्माण भइरहेको छ । गत जेठ दोस्रो हप्ता बसेको मन्त्रिपरिषद् बैठकले पाँचखालमा महिला उद्यमी विशेष औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेको थियो ।
नेपालको हरित औद्योगिक अवधारणालाई एकीकृत जलवायु परिवर्तन अनुकूल बनाउनका लागि ‘कृषि–पर्यटन हरित औद्योगिक पार्क’ लाई ब्रान्डका रुपमा प्रचार गरिने जनाइएको छ । यो परियोजना नेपालमा पहिलो र दक्षिण एसियामा दोस्रो हो । यो औद्योगिक पार्कमा कृषि खाद्य क्षेत्रका साथै पर्यटन केन्द्रित सेवा क्षेत्रसँग सम्बन्धित ५० वटा साना उद्योग स्थापना गरिने जनाइएको छ ।
Comments
अरु समाचार
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...











