दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा एक्स–रे सेवा सञ्चालन
काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका–६ मा रहेको दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा एक वर्षपछि एक्स–रे सेवा सञ्चालन भएको छ । मालिका, धवलागिरि र मङ्गला गाउँपालिकाका बासिन्दाले सेवा लिने केन्द्रमा रहेको एक सय एमए क्षमताको सादा एक्स–रे मेसिन बिग्रिएपछि विगत १२ महिनादेखि सेवा सञ्चालन हुन सकेको थिएन । केन्द्रका निमित्त प्रमुख यमन नेपालीले बिग्रिएको एक्स–रे मेसिन मर्मत गरेर बुधबारदेखि सेवा सञ्चालन गरिएको जानकारी दिनुभयो ।
‘आर्थिक स्रोतको अभावका कारण एक्स–रे मेसिन सञ्चालन हुन सकेको थिएन’, उहाँले भन्नुभयो, “धेरै प्रयास गरेर बायोमेडिकल इञ्जिनियर बोलाएर मेसिन मर्मत गरी एक वर्षपछि बुधबार दुई जनालाई पहिलो पटक एक्स–रे सेवा दिएका छौँ ।’ पुरानो एक्स–रे मेसिनको तयारी भइरहेको समयमा गत पुस महिनामा अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लबले केन्द्रलाई पाँच सय एमए क्षमताको एक्स–रे मेसिन उपलब्ध गराएको थियो । केन्द्रमा जडान भएको विद्युत्को क्षमता कम भएकाले नयाँ एक्स–रे मेसिन सञ्चालन हुन सकेको छैन ।
नयाँ एक्स–रे मेसिन सञ्चालन गर्न धेरै समय लाग्ने भएपछि पुरानैलाई मर्मत गरेर सेवा सञ्चालन गरेको नेपालीले बताउनुभयो । सो क्षेत्रका बासिन्दालाई एक्स–रे सेवाका लागि सदरमुकाम बेनी पुग्नुपर्ने समस्या हटेको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीलाई एक्स–रेको रिपोर्टका आधारमा बिरामीको समस्या पहिचान गर्न सहज भएको छ ।
लायन्स क्लब अफ म्याग्दी दरबाङको पहलमा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक तीन सय २५ ले लायन्स क्लब अन्तर्राष्ट्रियको फाउण्डेशनको कोषबाट रु ४२ लाखमा पाँच सय एमए एक्स–रे, कम्प्युटर रेडियोग्राफी सिस्टम एक थान, युएसजी र इलेक्ट्रोटोटल एनालाइजर मेसिन खरिद गरेर उपलब्ध गराएको थियो ।
पाँच सय एमए क्षमताको एक्स–रे मेसिन सञ्चालन गर्न ७५ देखि ८० केभिए क्षमताको विद्युत्को स्टेपलाइजर आवश्यकपर्नेमा केन्द्रमा हाल ५० केभिए क्षमताको मात्र स्टेपलाइजर छ । बेनी अस्पतालमा रहेको तीन सय एमए क्षमताको एक्स–रे दरबाङ र दरबाङको एक्स–रे बेनी अस्पतालमा साटफेर गराउन दाता लायन्स क्लबलाई पत्राचार गरिएको छ ।
यसैगरी मालिका गाउँपालिकाले दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई पाँच श्यया क्षमताको आधारभूत अस्पतालमा स्तरोन्नति गर्ने तयारी गरेको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जानकारी दिनुभयो । आधारभूत अस्पताल सञ्चालन गर्न निक साइमन इन्टिच्युटले एक जना चिकित्सक, एक जना रेडियोग्राफर र एक जना स्टाफ नर्सको जनशक्ति सहयोग गरेको छ । एक जना चिकित्सकको दरबन्दी रहेको अस्पतालमा छात्रवृत्तिमा अध्ययन गरेका थप एक जना चिकित्सक आउने भएका छन् ।
आधारभूत अस्पतालका लागि गाउँपालिकाले थप रु २४ लाख बजेट विनियोजन गरेको अध्यक्ष गर्बुजाले बताउनुभयो । हाल प्रयोगशाला, एक्स–रे, अल्ट्रासाउन्ड, मुटुको इसिजी, पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने स्क्रिनिङ, हातखुट्टा भाँचिएको प्लास्टर सेवा दिइरहेको केन्द्रले आफ्नै औषधि पसल सञ्चालन गरेको छ । भवन बनाइएकाले शव परीक्षणको काम पनि दरबाङमै गर्ने तयारी भएको छ । अहिले शव परीक्षण गर्न बेनी ल्याउनुपर्ने समस्या छ ।
Comments
अरु समाचार
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...











