सशस्त्र प्रहरी बलका २ डिआइजी र १० जना एसएसपीको सरुवा
काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका २ डिआइजी र १० जना एसएसपीको सरुवा गरेको छ । मन्त्रालयले सशस्त्रका नायब महानिरीक्षक (डिआईजी) कमल गिरीलाई प्रधान कार्यालयको कार्य विभागबाट प्रशिक्षण प्रतिष्ठानमा काज सरुवा गरेको छ ।
प्रशिक्षण प्रतिष्ठानमा कार्यरत डिआईजी अभिकुमार खत्रीलाई भने बिन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देही पठाएको छ । सशस्त्रका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी बिनोदराज श्रेष्ठलाई पशुपतिनाथ बाहिनी मुख्यालयबाट राजस्व, भन्सार तथा औद्योगिक तालिम शिक्षालय कैलालीमा सरुवा गरिएको छ ।
त्यस्तै, एसएसपीहरू प्रवीण कँडेललाई प्रधान कार्यालय मानव स्रोत विभागबाट जवान तालिम शिक्षालय बाँके, दिगविजय सुवेदीलाई प्रधान कार्यालय कार्य विभागबाट दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरी, विश्वकुमार भट्टराईलाई बराह बाहिनी मुख्यालय सुनसरीबाट सीमा सुरक्षा तालिम शिक्षालय नवलपरासी र भुपेन्द्र केसीलाई जवान तालिम शिक्षालय बाँकेबाट प्रधान कार्यालय मानव स्रोत विभागमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।
त्यस्तै एसएसपीहरू कमलप्रसाद तिउसिनालाई प्रशिक्षण प्रतिष्ठानबाट पाथिभरा जवान तालिम शिक्षालय झापा, नीरकृष्ण अधिकारीलाई विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीबाट बडीमालिका जवान तालिम शिक्षालय कैलाली, किरण बस्नेतलाई सीमा सुरक्षा तालिम सिक्षालय नवलपरासीबाट प्रधान कार्यालय कार्य विभाग, उद्दवबहादुर न्यौपानेलाई प्रधान कार्यालय भण्डार महाशाखाबाट पर्वतीय उद्दार तालिम शिक्षालय मनाङ्ग र किरण ढुंगानालाई बैधनाथ बाहिनी मुख्यालय कैलालीबाट प्रधान कार्यालय सीमा सुरक्षा विभागमा सरुवा गरिएको जनाइएको छ ।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
जिल्ला न्यायाधीश बेलबासे ४ दिनका लागि उच्च अदालतमा नियुक्तिका लागि सिफारिस
काठमाडौं । जिल्ला न्यायाधीश हिमाल बेलबासे उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छन् । अनिवार्य अवकाश पाउन चार दिन...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
आज न्याय सेवा आयोगको बैठकः सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्का सचिव सिफारिस गर्ने तयारी
काठमाडौं । न्याय सेवा आयोगको बैठक आज (मंगलबार) बस्दैछ । हाल सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्को सचिव पद तीन महिनादेखि...
-
आज प्रतिनिधिसभाको बैठक, सम्बन्धित मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने कार्यसूची
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक मङ्गलबार अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी सङ्घीय...
-
आफूविरुद्ध तथ्यहीन र भ्रामक समाचार प्रकाशन गरिएको डिआइजी खत्रीको दाबी, कानूनी उपचारमा जाने चेतावनी
काठमाडौ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक (DIG) भूपेन्द्र बहादुर खत्रीले आफ्नो चरित्र हत्या गर्ने गरी...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...












