केपी ओलीको खरो टिप्पणीः वर्तमान सरकार जस्तो भ्रष्ट सरकार दुनियाँमा कतै छैन
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार जस्तो भ्रष्ट सरकार दुनियाँमा कतै नभएको बताएका छन् । नेकपा एमाले मुख्यालयमा आज छक्कबहादुर लामालाई केन्द्रीय सदस्यको शपथ खुवाएपछि सम्वोधन गर्दै ओलीले भने, ‘यो सुन तस्करी वर्तमान सरकारले नगराएको भए कसले गरायो रु साधारण जनताले एउटा सानो थैली लिएर जाँदा पनि जाँच हुन्छ । तपाईंको बुलाकी, ढुङग्री, मुन्द्री जाँच गर्छ । के त्यसमा किलोकिलो सुन हालेको हुन्छ रु अनि एउटा आइटममा क्विन्टल सुन आउँदा सजिलै पास हुन्छ, के हो त्यो रु’
यो सरकारका पालामै तीन हजारभन्दा बढी केजी सुन तस्करी भएको उनको भनाइ छ । ‘त्यसका पछि को छ रु यहाँ सत्ता संरक्षित अन्तर्राष्ट्रिय गिरोह छ’, ओलीले भने, ‘त्यही भएर हामीले निष्पक्ष छानबिन गर्न आयोग बनाऔं भनेको हो । त्यही कुरा पर्दाफास होला भनेर सरकार मानेको छैन ।’उनले एमालेलाई डेमोक्रेसीको मतलब छैन भनेर हल्ला गरेको आरोप लगाए । ‘के सुन खानेहरुलाई डेमोक्रेसीको मतलब छ रु तस्करहरुलाई डेमोक्रेसीको मतलब छ रु हामीलाई छैन रु यस्तो पनि हुन्छ’, ओलीले भने, ‘तर, उनीहरु त्यस्तै कुरा गरिहेका छन् । हामी देशलाई समृद्धिको दिशामा अघि बढाउन खोजिरहेका छौं ।’
ओलीले अहिलेको सरकारलाई अनौठो सरकारको संज्ञा दिए । ‘एउटा बाटोबाट एउटा आइटम देखाएर ल्याएको मात्रै एक क्विन्टल सुन हुने रहेछ । विमानस्थल त ल्याउनै नसकिने ठाउँ हो नि रु ब्रेक शु भनेर पनि ल्याएकै छ । सिगरेट भनेको छ, त्यसमा पनि ल्याएको छ’, ओलीले भने, ‘जेमा पनि सुन ल्याएको छ । अनि अब सबैका फाइल खोलिन्छ भनेर त्यही सरकार हल्ला चलाउँछ ।’ उनले माओवादीलाई एउटा डफ्फाको संज्ञा दिए । ‘माओवादीको एउटा डफ्फा छ । त्यो डफ्फाको काम नै यस्तै खालका क्रियाकलाप गर्ने हो’, उनले भने, ‘बदमासी काम गर्ने अनि हल्ला अर्कोतिर चलाइदिने । नेपालीहरु भनेका सोझा जातका छन् । हल्लाका पछि कुद्छन् । उनीहरुका मान्छेले प्रायोजित हल्ला चलाउँछन् ।’
अहिले नेकपा एमालेले संसद चल्न दिएन भनेर हल्ला चलाउने कामसमेत माओवादीले गरेको ओलीको भनाइ थियो । ‘हामीले त यो तस्करी रोक्नुपर्यो भनेको हो । विमानस्थलबाट त सियो पनि छिर्न सक्दैन । त्यस्तो ठाउँबाट क्विन्टलका क्विन्टल सुन कसरी छिरेर आउँछ रु १ सय केजी सुन समातियो भनेको तपाईं हामी सबैले सुन्यौं नि’, उनले भने, ‘अहिले त ६० केजीमा झरिसक्यो । २ सय डिग्री सेल्सियसमा पग्लिने सुन के त्यसै पग्लिएर सकियो त रु देश लुट्ने काम भैरहेको छ ।’
ओलीले तस्करीमा कुरा नमिलेपछि बेलाबखत वर्तमान सरकारले सुन समात्ने गरेको बताए । ‘कहिलेकहिले केही नमिल्दा टक्रक्क समातिएको सुनको परिणाम त त्यत्रो छ भने कति सुन तस्करी भैरहेको होला रु’, उनले प्रश्न गरे, ‘हामीले यस्तो अवस्थामा तस्करी रोकौं, भ्रष्टाचार रोकौं, छानबिन समिति बनाऔं भन्दा सरकार छानबिन समिति बनाउन तयार छैन ।’
उनले आफूले भनेको निर्देशन मान्ने पुलिस राखेर छानबिन गर्ने षड्यन्त्र सरकारले गरेको पनि आरोप लगाए । ‘यसरी कसरी छानबिन हुन्छ रु एसपीको नेतृत्वमा छानबिन समिति बनाएको छ । त्यसलाई त एसएसपीले यसो यसो गर भनेर निर्देशन दिएपछि मानिहाल्छ नि ?’, उनले भने । अध्यक्ष ओलीले विमानस्थलमा मेशिनले सुन रोक्ने र मान्छेले छाड्ने गरेको बताए । ‘तलको कर्मचारीले हेर्नुपर्छ, खोल्नुपर्छ भन्छ । माथिको हाकिमले छाडिदे भन्छ । त्यसै गरेर त बाहिर आएको हो नि यत्रो सुन’, उनले भने, ‘१ सय किलो भनिएको सुन पनि विदेशी शक्तिले दबाब दिएपछि समातिएको हो । यस्तो खालको स्थिति छ ।’
संसद माओवादीको झूट, बेइमानी, फट्याइँका कारण अवरुद्ध भैरहेको उनको भनाइ थियो । ‘संसद माओवादीको बकवास गर्ने थलो भएको छ’, उनले भने, ‘नचाहिने कुरा गर्ने थलो बनाएका छन् । संसद भनेको जनताको कुरा सुन्ने ठाउँ हो । देशका समस्या के छन्, देशको विकास कसरी गर्न सकिन्छ भनेर छलफल गर्ने थलो हो संसद । त्यहाँ भलादमी जनप्रतिनिधि होइन अर्कै प्रकारका जनप्रतिनिधि भेला भएका छन् जस्तो देखिन्छ । तिनको शैली र व्यवहारले संसदलाई नै प्रदूषित बनाएको छ ।’
संसदमा एमालेले कुरा उठाउँदा सत्ता पक्ष उठेर हल्ला गरेर कुरा राख्नै नदिएको उनले आरोप लगाए । ‘भ्रष्टाचारी, सुन तस्करीका बारेमा बोल्नै दिँदैन । साढे ९ केजी सुन गायब भएकोबारेमा बोल्नै दिँदैन । क्विन्टल सुन ६१ किलोमा कसरी झर्यो, त्यो भन्नै दिँदैन’, ओलीले भने ‘यस्तो संसद सायद दुनियाँमा कतै छैन ।’
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...
-
म्याद सकिएका औषधि व्यवस्थापनमा अनियमितता, फार्मेसी अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । निजामती कर्मचारी अस्पताल, नयाँ बानेश्वरको फार्मेसी युनिटका फार्मेसी अधिकृत दिपा ढुङ्गानासहित आठ जनाविरुद्ध दुई करोड ९१ लाख ३४...












