विवादस्पद विश्वासको मतविरुद्ध सर्वोच्च जाँदै एमाले
काठमाडौं । कोसी सरकारविरुद्ध नेकपा (एमाले)ले फेरि सर्वोच्चमा रिट लिएर जान लागेको छ ।
सभाध्यक्षलाई दुरुपयोग गर्दै कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएपछि एमाले पुनः कोशी सरकारविरुद्ध अदालत जाने भएको हो ।
यसअघि, सभामुखको हस्ताक्षरमा बहुमत देखाएर मुख्यमन्त्री बनेका नेपाली कांंग्रेस संसदीय दलका नेता उद्धव थापा नेतृत्वको सरकार एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको रिटमा सर्वोच्चले जारी गरिदिएपछि ढलेका थियो ।
त्यसको सात दिनमा सभामुखले राजीनामा दिएर पुनः थापाकै नेतृत्वमा सरकार गठन भएको थियो । सभामुखले राजीनामा दिएसँगै उपसभामुख सिर्जना दनुवारले सभामुखको भूमिका निर्वाह गर्दै आएकी थिइन् ।
मुख्यमन्त्रीको आग्रहमा विश्वासको मत लिने प्रयोजनका लागि गत सोमबारका लागि बोलाएको बैठकमा उपसभामुख दनुवार अनुपस्थित भएकी थिइन् ।
बैठक स्थगित नगरी उनले स्वास्थ्य उपचारका लागि काठमाडौं जाँदै गरेको बताएपछि कार्यव्यवस्था परामर्श समितिको बैठकले अध्यक्षमण्डलका सदस्यको अध्यक्षतामा बैठक सञ्चालन गर्ने र विश्वासको मत लिने कार्यसूची अघि बढाउने निर्णय गरेका थियो ।
एमालेका तर्फबाट सांसद निर्वाचित भई उपसभामुखको जिम्मेवारीमा रहेकी दनुवारले सरकारलाई असहयोग गरेको निष्कर्ष निकालेको सत्ता गठबन्धनले अध्यक्ष मण्डलका सदस्य इसराइल मन्सुरीको अध्यक्षतामा बैठक सञ्चालन गरेका थियो । तर, अध्यक्षता गरेका मन्सुरीसमेतको मतमा ४७ मत पु¥याएका मुख्यमन्त्रीविरुद्ध फेरि एमाले संसदीय दलका नेता कार्कीले रिट लैजान लागेका हुन् ।
“आज हामी निवेदन लिएर सर्वोच्च जाँदै छौँ । दर्ता आज हुन्छ वा भोलिसम्म लाग्ने हो त्यो भोलि मात्र थाहा हुन्छ,” कोसी प्रदेशसभा सदस्य तथा एमाले नेता रेवतीरमण भण्डारीले भने, “रिट एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीकै तर्फबाट जानेछ ।”
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












