‘जति कार्यदिन बन्द हुन्छ, त्यति दिन पछि पढाउँछौ। आन्दोलनभर विद्यालय बन्द रहनेछन्’
काठमाडौँ । शिक्षकहरूको आन्दोलनका कारण आजदेखि देशभरका ७० लाख भन्दा बढी विद्यार्थीहरूको पठनपाठन बन्द हुने भएको छ। विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ आएसँगै विद्यार्थीहरूको पठनपाठन प्रभावित हुने भएको हो।
नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि काठमाडौँ आएका छन्। संविधान दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ। र आजदेखि अनिश्चितकाल सम्मका लागि देशभरका सामुदायिक विद्यालय बन्द हुन लागेका हुन्।
नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले शिक्षक कर्मचारी आन्दोलनका लागि काठमाडौँ आएको बताए। जसले गर्दा सम्पूर्ण विद्यालयको पठनपाठन अवरुद्ध हुने उनको भनाइ छ। आन्दोलनका कारण रोकिएको पढाइ पछि सार्वजनिक विदामा पढाउने गरि व्यवस्था मिलाइएको बताए।
‘जति कार्यदिन बन्द हुन्छ। त्यति दिन पछि पढाउँछौ। आन्दोलनभर पूर्णरूपमा विद्यालय बन्द रहनेछन्’ महासचिव सुवेदीले भने। सरकारकै कारण काठमाडौँ आएर आन्दोलन गर्नुपरेको भन्दै विद्यार्थीहरूको पढाईमा कुनै समस्या नपार्ने उनले बताए । पहिलो दिन ७० हजारको हाराहारी आन्दोलनकारी थिए। यो संख्या आज झन बढ्ने महासचिव सुवेदीको भनाइ छ।
Comments
अरु समाचार
-
एफवान सफ्ट कम्पनीको बैंक खाताबाट ह्याकरले ३ करोड ५१ लाख चोर्याे
काठमाडौं । एफवान सफ्ट कम्पनीको बैंक खाताबाट ह्याकरले ३ करोड ५१ लाख ५० हजार ३०० रुपैयाँ चोरी गरेको छ ।...
-
प्रेसमाथि अङ्कुश लाग्ने कानुन बन्न नदिने सभामुखको प्रतिबद्धता
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रेसमाथि अङ्कुश लगाउने कानुन बन्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित...
-
वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्याउने सहमति
काठमाडौं । प्रतिनिधिसभा कानुन, न्याय तथा मानव अधिकार समितिमा वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्याउने विषयमा...
-
मोटरसाइकल दुर्घटनामा प्रहरी जवान चौधरीको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटना परी वडा प्रहरी कार्यालय लमही, दाङमा कार्यरत प्रहरी जवान गणेश चौधरीको मृत्यु भएको छ । ट्रकमा...
-
पाकिस्तानमा राजनीतिक विवाद समाधान गर्न सत्तारूढ दल र विपक्षीबीच वार्ता
काठमाडौं । पाकिस्तान तहरीक–ए–केमा (पीटीआई) र सरकारबीच देशमा राजनीतिक तनाव कम गर्ने उद्देश्यले इस्लामाबादको संसद भवनमा वार्ता प्रक्रिया सुरु भएको...
-
टर्कीएमा कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु
काठमाडौं । टर्कीएको उत्तरपश्चिममा मङ्गलबार भएको शक्तिशाली विस्फोटमा परी १२ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको स्थानीय...
-
म्यानमारबाट पाँच जना नेपालीको उद्धार
काठमाडौं । आकर्षक जागिरको प्रलोभन देखाएर म्यानमार पुर्याइएका पाँच जना नेपालीको उद्धार भएको छ । ती नेपालीलाई थाइल्याण्ड हुँदै नेपाल...
-
सार्कलाई सक्रिय बनाउन आबद्ध मुलुकको भूमिका आवश्यक : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले मङ्गलबार शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री...
-
कैलालीमा तीन लाख २४ हजार मेट्रिकटन धान उत्पादन
काठमाडौं । कैलालीमा यस वर्ष तीन लाख २४ हजार आठ सय ८४ मेट्रिकटन बर्खे धान उत्पादन भएको छ । जिल्लास्थित...