सामाजिक सञ्जालमा भाइरल होमनाथ न्यौपाने को हुन् ?
काठमाडौं। होमनाथ न्यौपानेलाई शिक्षण पेसाप्रति लगाव छ। सामाजिक सेवामा पनि सक्रिय छन्। विज्ञान विषयमा स्नात्तकोत्तर तह विशिष्ट श्रेणीमा उतिर्ण गरेर पनि ठूलो पदमा नलोभिइकन उनी गाउँठाउँमै भोलिका देशका कर्णधार बालबालिकालाई शिक्षा दिइरहेका छन् । योग्यता र क्षमता हुँदाहुँदै पनि कहिल्यै पद र पैसाको लोभ भएन ।उदाहरणीय व्यक्ति देखिएकाले नै आजभोलि उनी सामाजिक सञ्जालमा भाइरल भएका छन् ।
केही दिनदेखि चलिरहेको शिक्षक आन्दोलनमा पनि सक्रिय भएर लागेका छन् । सामाजिक सञ्जालमा उनी सयौं शिक्षकलाई वरपर राखेर सडक आन्दोलनमा आकर्षक नारा लगाएका देखिन्छन् । ‘जय गुरु जय देश’,’अघि बढ नेतृत्व खुट्टा कमाउन पाइँदैन’,’मन्त्री कसले बनायो हामी जस्ता गुरुले’,’गुरुको सम्मान हुनै पर्छ’ लगायतका नारा लगाउँदै अन्य शिक्षकहरुको साथमा हिँडेका छन् ।
उनी निजामतीको राम्रो जागिर छाडेर शिक्षण पेसामा सक्रिय भएकाले प्रशंसाको पात्र भएका छन् । यतिमात्रै होइन न्यौपाने दम्पति नै सरकारी शिक्षक सेवामा छन् । तर उनीहरुले छोरीलाई भने सरकारी विद्यालयमा नै पढाएका छन् ।
होमनाथ नवलपरासीको देवचुली नगरपालिकास्थित जनज्योति माविमा गणीत विषय पढाउँछन् । उनले सिंहदरबारमा निजामतीतर्फ खरिदार पदमा लगभग ६ वर्ष काम गरेका थिए । निजामती सेवाबाट राजनीना दिएरपछि उनी शिक्षण सेवामा आएका हुन् । उनी एमएस्सी, म्याथमा विशिष्ट श्रेणीमा उतिर्ण विद्यार्थी हुन् । उनकी पत्नी पनि स्थायी शिक्षिका हुन् । उनीहरुले आफ्नो एक मात्र सन्तान छोरीलाई कक्षा १० सम्म सामुदायिक विद्यालयमा पढाइरहेका छन् । उनकी छोरी परीक्षामा जिल्ला प्रथम भएकी छन्।
होमनाथ विद्यार्थीहरुलाई रमाइलो प्रदान गर्दै हौसला दिने गर्छन् । उनी अतिरिक्त पाठ्यक्रम गतिविधि(ईसीए)लगायत वृद्ध बुबाआमाको रेखदेख पनि गर्ने गर्छन् । सामाजिक सेवामा पनि उत्तिकै सक्रिय छन् ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
ईश्वरले ओलीलाई धक्का दिदैः पूर्वराष्ट्रपति भण्डारीको सदस्यता के होला ?
काठमाडाैं । नेकपा एमालेको आगामी महाधिवेशनमा दुई प्यानलबीच प्रतिष्पर्धा हुने पक्का भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षबाट बरिष्ठ उपाध्यक्ष...
-
असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफलः एमाले
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालेले असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफल भएको जनाएको छ। सभालाई सम्बोधनको क्रममा एमालेका महासचिव...
-
नेपाल एयरलाइन्सको अर्को ट्विनअटर मर्मतपछि नियमित सेवामा
काठमाडाैं । नेपाल एयरलाइन्सले ग्राउण्डेड गरेर राखेको 'अल्फा ब्राभो ट्यांगो'को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । दुर्गम...
-
सरकारलाई ओलीको कडा च्यालेन्ज, राजदूत प्रकरणमा पोखे आक्रोश
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् । सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित...
-
राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न वामपन्थीहरू एउटै झण्डामुनि एकताबद्ध होऊँः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सामु देखिएका जटिल राजनीतिक परिस्थिति, जनअपेक्षा,...












