सामाजिक सञ्जालमा भाइरल होमनाथ न्यौपाने को हुन् ?
काठमाडौं। होमनाथ न्यौपानेलाई शिक्षण पेसाप्रति लगाव छ। सामाजिक सेवामा पनि सक्रिय छन्। विज्ञान विषयमा स्नात्तकोत्तर तह विशिष्ट श्रेणीमा उतिर्ण गरेर पनि ठूलो पदमा नलोभिइकन उनी गाउँठाउँमै भोलिका देशका कर्णधार बालबालिकालाई शिक्षा दिइरहेका छन् । योग्यता र क्षमता हुँदाहुँदै पनि कहिल्यै पद र पैसाको लोभ भएन ।उदाहरणीय व्यक्ति देखिएकाले नै आजभोलि उनी सामाजिक सञ्जालमा भाइरल भएका छन् ।
केही दिनदेखि चलिरहेको शिक्षक आन्दोलनमा पनि सक्रिय भएर लागेका छन् । सामाजिक सञ्जालमा उनी सयौं शिक्षकलाई वरपर राखेर सडक आन्दोलनमा आकर्षक नारा लगाएका देखिन्छन् । ‘जय गुरु जय देश’,’अघि बढ नेतृत्व खुट्टा कमाउन पाइँदैन’,’मन्त्री कसले बनायो हामी जस्ता गुरुले’,’गुरुको सम्मान हुनै पर्छ’ लगायतका नारा लगाउँदै अन्य शिक्षकहरुको साथमा हिँडेका छन् ।
उनी निजामतीको राम्रो जागिर छाडेर शिक्षण पेसामा सक्रिय भएकाले प्रशंसाको पात्र भएका छन् । यतिमात्रै होइन न्यौपाने दम्पति नै सरकारी शिक्षक सेवामा छन् । तर उनीहरुले छोरीलाई भने सरकारी विद्यालयमा नै पढाएका छन् ।
होमनाथ नवलपरासीको देवचुली नगरपालिकास्थित जनज्योति माविमा गणीत विषय पढाउँछन् । उनले सिंहदरबारमा निजामतीतर्फ खरिदार पदमा लगभग ६ वर्ष काम गरेका थिए । निजामती सेवाबाट राजनीना दिएरपछि उनी शिक्षण सेवामा आएका हुन् । उनी एमएस्सी, म्याथमा विशिष्ट श्रेणीमा उतिर्ण विद्यार्थी हुन् । उनकी पत्नी पनि स्थायी शिक्षिका हुन् । उनीहरुले आफ्नो एक मात्र सन्तान छोरीलाई कक्षा १० सम्म सामुदायिक विद्यालयमा पढाइरहेका छन् । उनकी छोरी परीक्षामा जिल्ला प्रथम भएकी छन्।
होमनाथ विद्यार्थीहरुलाई रमाइलो प्रदान गर्दै हौसला दिने गर्छन् । उनी अतिरिक्त पाठ्यक्रम गतिविधि(ईसीए)लगायत वृद्ध बुबाआमाको रेखदेख पनि गर्ने गर्छन् । सामाजिक सेवामा पनि उत्तिकै सक्रिय छन् ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...
-
काठमाडौंका प्रहरी प्रमुख रमेश थापाको सरुवा, सरुवापछि के भने?
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने प्रहरी संगठन,...











