मनराम–एसकाज पत्रकारिता पुरस्कार भोलानाथ गौलीलाई
काठमाडाैँ । यस बर्षको मनराम–एसकाज पत्रकारिता पुरस्कार संखुवासभाका पुराना पत्रकार भोलानाथ गौलीलाई प्रदान गरिएको छ । ।
२०५० सालदेखि राष्ट्रिय समाचार समितिमा संखुवासभाबाट पत्रकारिता थालेका गौलीले पत्रकारिताको माध्यमबाट जिल्लालाई चिनाउन पु¥याएको योगदानको कदर गर्दे पुरस्कार छनौट समितिले गौलीको नाम सिफारीस गरेको हो ।
संखुवासभा निवासी समाजसेवी मनमायाँ र रामबहादुर श्रेष्ठको नाममा मनराम प्रतिष्ठानद्धारा स्थापित पुरस्कारको राषि ५० हजार रुपैया र ताम्रपत्र रहेको छ । संखुवासभा–काठमाडौ जर्नालिष्ट एसोसिएसन -एसकाज_ आयोजक रहेको यो पुरस्कारबाट संखुवासभाबाट सकृय रुपमा कलम चलाउने ८ जना पत्रकार पुरस्कृत भई सक्नुभएको छ ।
संखुवासभाका पुराना पत्रकार गंगा बिष्ट, संखुवासभा पत्रकार महासंघका वर्तमान अध्यक्ष इन्द्र गिरी, नेपाल प्रेस युनियन संखुवासभाका अध्यक्ष दिपेन्द्र शाक्य, खाँदबारी एफएमका स्टेशन मेनेजर कृष्णराज शाक्य, संखुवासभा एक्सप्रेस साप्ताहिकका प्रकाशक सम्पादक नविन गुरुङ, पाख्रिबास सञ्चारगृह प्रा.लि.का मेनेजिङ डाइरेक्टर प्रेम निरौला र यस अघि नेपाल पत्रकार महासंघ संखुवासभाका संस्थापक अध्यक्ष मातृका तिम्सिनाले यो पुरस्कार पाई सक्नु भएको छ । २०८० को मनराम–एसकाज पत्रकारिता पुरस्कार भने भोलानाथ गौलीलाई दिने निर्णय भएको पुरस्कार छनौट समितिका संयोजक हेमन्त गौतमले जानकारी दिनुभयो । समितिको सदस्यमा एसकाजका उपाध्यक्ष उद्धव भट्टराई र कोषाध्यक्ष द्वारीका काफ्ले रहनु भएको छ ।
गौलीले जिल्लाको सामाजिक, आर्थिक, राजनीतिक र विकास क्षेत्रमा कलम चलाएर जिल्लालाई चिनाउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको थियो । उहाँले झण्डै ११ बर्ष राष्ट्रिय समाचार समितिमा जिल्ला प्रतिनिधिको रुपमा रहेर काम गरी सक्नु भएको छ ।
संखुवासभाको खाँदबारी नगरपालिका–८ पाठक गाउँ निवासी ८२ बर्षिय गौली अहिले सामाजिक काममासमेत सकृय हुनुहुन्छ । समाजलाई परिस्कृत गर्न जागरुक गराउन र बाटो देखाउन सञ्चारजगतको भूमिका महत्वपूर्ण हुने उहाँको भनाई छ । समाजमा सत्य तथ्य समाचार जनतामाझ पु¥याउनु पत्रकारको कत्व्र्य भएको र त्यसबाट आफू कहिल्यै बिचलित नभएको गौलीको भनाई छ । अत्यन्त कठिन परिस्थितिमा पत्रकारिता गर्नुको बेग्लै महत्व रहेको भन्दै जनतालाई सत्य तथ्य सूचना दिनु अहिलेको पत्रकारिताको धर्म भएको उहाँको भनाई छ ।
साहित्य सृजना र पुस्तक प्रकाशनमा पनि गौलीको दक्खल छ । नौ बर्ष अघि स्थापना भएको यो पुरस्कारको राषि २५ हजार रुपैयाबाट बढाएर गत बर्षदेखि ५० हजार रुपयाँ पु¥याईएको हो । प्रतिष्ठीत पुरस्कार भएकाले यसको राषि आवश्यकता अनुसार बढाउदै लगिने मनराम प्रतिष्ठानका अध्यक्ष सुजनकुमार श्रेष्ठले बताउनुभयो । पुरस्कारले जिल्लाको सञ्चारकर्मीलाई पत्रकारिताको माध्यमबाट कलम चलाउन थप उर्जा मात्र दिएको छैन यस्ले जिल्लालाई चिनाउन पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












