एमालेको एकल बहुमतको सरकार लागि ‘मिसन–८४’:अध्यक्ष ओली
कर्णाली। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको एकल बहुमतको सरकार बनाउन ‘मिसन–८४’ मा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित एमाले कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महान् अभिभारा पूरा गर्ने सङ्कल्प बोकेर एमालेले मिसन–८४’ लाई अर्थपूर्ण बनाउने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “वडा तहबाटै एमालेलाई ५१ प्रतिशत बनाउन अहिलेदेखि लाग्नुस् । बलियो राष्ट्रिय शक्ति बनाउन सङ्कल्प गर्नुस् ।”
देशकै दुर्गम भए पनि प्राकृतिक र सांस्कृतिक हिसाबले सम्पन्न कर्णालीको मानवीय संशाधन, शिक्षा, स्वास्थ्य, रोपवे, पूर्वाधारलगायतका विकास आवश्यक भएको तर अहिले सरकारले गर्न नसकेको उहाँले टिप्पणी गर्नुभयो । फुटेको पार्टी नाम एकीकृत समाजवादी अरे भन्ने व्यङ्ग्य गर्दै उहाँले माघमा हुने भनिएको एकीकृत समाजवादीको महाधिवेशनलाई रित्याइदिन कार्यकर्ता पङ्क्तिलाई अपिल गर्नुभयो ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सार्वभौमिकता र स्वाधीनताको रक्षा अनि सहकारी र सहकार्यको माध्यमबाट उत्पादनको अगुवाइ एमालेले गर्ने बताउनुभयो । नयाँ निर्माण भएका पार्टीलाई लोकतन्त्रको टुप्पोमा पलाएको एैजेरुको सङ्ज्ञा दिँदै अध्यक्ष ओलीले भन्नुभयो, “टुप्पोमा पलाएकाको जरा नै हुँदैन तर हामीलाई पुरानो पार्टी भनेर भनेर हेपिरहेका छन् । त्याग, तपस्या र बलिदानबाट निर्माण भएको पार्टी भएको शक्ति र अनुभवबारे बुझेकै छैनन् ।”
कर्णाली प्रदेशको अधिवेशनबाट जनतालाई सही सन्देश दिन सहमति गर्न सुझाउनुभएका उहाँले गुटउपगुटको झमेलामा नफस्न आग्रह गर्नुभयो । अध्यक्ष ओलीले प्रदेश अधिवेशनमा व्यवधान आए साविककै कमिटी निरन्तर हुने चेतावनीसमेत अधिवेशनमा भाग लिनुभएका सहभागीलाई दिनुभयो ।
पार्टी महासचिव शङ्कर पोखरेलले नेपाली भाषा र संस्कृतिको उद्गम थलोको कर्णालीको विकास र समृद्धिको सफल नेतृत्व एमालेले गर्ने बताउनुभयो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न एमालेलाई जनताको रोजाइ पार्टीका रुपमा सुदृढ गरिने उहाँको भनाइ थियो ।
महासचिव पोखरेलले भन्नुभयो, “राजनीतिक अस्थिरता र सामाजिक अराजकता आजको ठूलो चुनौती बनेको छ । देशमा आर्थिक सङ्कट बढ्दै गएको छ । सरकारलाई यस्ता सङ्कटबारे कुनै चासो छैन । सत्ता जोगाउनमै सरकार तल्लीन देखिन्छ । त्यसैले राष्ट्रमा उत्पन्न समस्या समाधान गर्न एमाले बलियो शक्तिका रुपमा अगाडि आउनुपर्छ ।”
उहाँले सरकार प्राथमिकता नभएको स्पष्टोक्ति दिँदै अदालत अदालतजस्तो, संसद् संसद्जस्तो र सरकार सरकारजस्तो नभएको टिप्पणी गर्नुभयो । आज उद्घाटन भएको अधिवेशन भोलि बन्द सत्रमा परिणत हुने जनाउँदै प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले उक्त बन्द सत्रले पाँच जना पदाधिकारीसहित एक सय ३५ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्ने बताउनुभयो ।
अधिवेशनमा छ सय चार जना प्रतिनिधिले भाग लिएका छन् । जसमा एक सय १२ सुर्खेत, ७५ जाजरकोट, ७४ दैलेख, ६५ कालीकोट, ४८ हुम्ला, ४८ जुम्ला, ४८ सल्यान, ३९ डोल्पा, ३३ मुगु र २३ रुकुम पश्चिमबाट गरी पाँच सय ५४ जना प्रतिनिधि रहेका छन् । विभिन्न २२ वटा मोर्चा तथा सङ्गठनका ५० जनाको प्रतिनिधित्व उहाँले जनाउनुभयो ।
उक्त अधिवेशनमा एक सय ९५ जना महिला र चार सय सात जना पुरुषको सहभागिता रहेको छ । त्यस्तै, ७३ जना पुरुष र ३८ जना महिला गरी एक सय ११ जना दलितको प्रतिनिधित्व हुने एमाले प्रदेश कमिटीले जनाएको छ ।
Comments
अरु समाचार
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते !
काठमाडाैं । हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडौं । अर्घाखाँचीमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोटतर्फ जाँदै...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...
-
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
काठमाडाैं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा...
-
कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशा: सिएमसी नेपाल
कर्णाली, १२ भदौः कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशाका रोगी रहेको पाइएको छ । यस्तै, यहाँ ११...












