चाडपर्वलाई लक्षित गर्दै सरकारले बजार अनुगमन प्रभावकारी बनाउने
काठमाडौं । चाडपर्वलाई लक्षित गर्दै सरकारले बजार अनुगमन प्रभावकारी बनाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा कार्यबाहक प्रधानमन्त्री पुर्णबहादुर खड्काको विशेष उपस्थितिमा आज (शुक्रबार) बसेको बैठकले बजार अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरेको हो ।
उक्त बैठकमा चाडबाड लक्षित मूल्यवृद्धि, अखाद्य वस्तुको प्रयोग, म्याद नाघेका वस्तुको बिक्री/वितरण, कृत्रिम वस्तुको बिक्री/वितरण, कृत्रिम अभाव जस्ता विषयलाई ध्यानमा राखेर बजार अनुगमन गरिने पनि प्रधानमन्त्री कार्यालयका सहप्रवक्ता सन्तोसप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै बैठकले अनुगमन गर्दा आवश्यक पर्ने स्रोतसाधन र जनशक्तिको व्यवस्थापन गर्ने, २४ सै घण्टा बजार अनुगमन गर्न सकिने गरी अनुगमन टोली खटाउने र समन्वय अभाव नहुने गरी अनुगमन गर्ने निर्णय पनि गरेको छ ।
बैठकमा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजाल, निमित्त मुख्यसचिव एक नारायण अर्याल, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का सचिव डा.गणेशप्रसाद पाण्डेय, गृहसचिव दिनेश भट्टराईलगायत उच्चपदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
Comments
अरु समाचार
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार
काठमाडाैं । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै...
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा...
-
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्क
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्कको व्यवस्था गरिने भएको छ । विश्वमा रहेका नेपाली...
-
आठ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब, कुन-कुन देशसँग व्यापार नाफा ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ ।...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
मुस्ताङमा पटकपटक हिमपात, किसान र पशुपालक व्यवसायीलाई राहत
मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल...
-
अमेरिकी डलरको भाउ १५० नाघ्यो, अरू कुन मुद्राको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (चैत ७)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी...












