मन्त्री भुसालद्वारा पशुपन्छी विकास कार्यालयमा छड्के अनुगमन
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा.बेदुराम भुसालले पशुपन्छी विकासअन्तर्गतका केन्द्रीय कार्यालयको छड्के अनुगमन गरेका छन्। उनले त्रिपुरेश्वरस्थित केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, केन्द्रीय रिर्फल पशु चिकित्सालय, नेपाल पशु चिकित्सा परिषद्को छड्के अनुगमन गरेका हुन् ।
मन्त्री भुसालले पशुपन्छीमा लाग्ने अन्य रोगको खोप उत्पादनसम्बन्धि वस्तुस्थिति, पशुपन्छीको रोग निदान गर्ने प्रयोगशालाको भौतिक पूर्वाधारको अवस्था, आवश्यक जनशक्तिको अवस्था, प्रयोगशालामा सञ्चालनमा नआएका मेसिनको अवस्थाबारे समेत जानकारी लिएका थिए ।
कार्यालय समयमै छड्के अनुगमनका क्रममा हालसम्म भएका कार्यप्रगतिको जानकारी लिँदै उनले लम्पी स्किन रोगको कारण देशभरका पशुमा क्षति पुगिरहेको बेला यस रोगको निदानका लागि तत्कालै गर्नुपर्ने काम गर्न कर्मचारीलाई निर्देशन समेत दिए ।
मन्त्री भुसालले भ्याक्सिन उत्पादनका लागि चाहिने आवश्यक सिड भाइरस भारतबाट ल्याउने प्रक्रिया अगाडि बढेको जानकारी दिँदै भारतबाट सिड भाइरस ल्याएपछि प्रयोगशालाले लम्पी स्किन रोगको भ्याक्सिन तयार बताए ।
कार्यालयका प्रमुख पशु चिकित्सक डा.टङ्कप्रसाद प्रसाईंले लम्पी स्किन रोगको नियन्त्रणका लागि भ्याक्सिन अनिवार्य भएको र यसको खोप उत्पादन गर्ने गरी राष्ट्रिय खोप उत्पादन प्रयोगशालाले काम गरिरहेको जानकारी दिए ।
उहाँले लम्पी स्किन रोगको नियन्त्रणका लागि कार्यालयले भ्याक्सिन उत्पादन गर्न चाहिने आवश्यक पूर्वाधार बनाइसकेको जानकारी गराउँदै, अपुग स्रोतसाधनको तत्काल पूर्ती गरी पशुपन्छी क्षेत्रको कामलाई अगाडि बढाउनुपर्नेमा जोड दिए। देशभरका पशुपन्छीमा लाग्ने रोग, चाहिने खोप, बिरामी पशुपन्छीको उपचारलगायतका क्षेत्रमा यी कार्यालयबाट काम हुँदै आएका छन् ।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












