आधुनिक नेपालसँगै परिवर्तन हुँदा पहिचान गुमाउँदै राउटे समुदाय
काठमाडौं । ‘आफूलाई बोटको राजा र अरुलाई कोटको राजा’ भन्न मनपराउने राउटे समुदायका केही व्यक्तिले २२ पुस २०६५ मा तत्कालीन राष्ट्रपति रामवरण यादव, सभामुख सुवासचन्द्र नेम्वाङ, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड , अर्थमन्त्री डा. बाबुराम भट्टराईलाई भेटे । भेटमा उनीहरुले मुलुककै उच्चपदस्थ ती व्यक्तिसँग निर्वाध रुपले जंगल घुम्न पाउनुपर्ने , कुकाठ काट्न पाउनुपर्ने माग राखे । भेटमा सबैले हुन्छ भन्ने वचन पनि दिए । उनीहरुले राउटे जातिलाई स्थायी बसोबास र खेतीपातीमा लाग्न आग्रह पनि गरेका थिए । तर, राउटेको मन कति पनि डगमगाएन, अस्विकार गरिरहे ।
स्थायी बसोबास, खेतीपाती र लेखपढ राउटे जातिकै महान् शत्रु भएकाले भएकाले प्रधानमन्त्री र मन्त्रीहरुको आग्रहलाई उनीहरुले अस्विकार गरेका हुन् । “हामीलाई तपाईले भनेको कुरा मन पर्दैन, मेरो जनताले सुनेमा दुःख मान्छ”, राउटे मुखिया सुर्यनारायण शाहीले सरकारका उच्चपदस्थ व्यक्तिलाई त्यसबेला भनेका थिए ।
तत्कालीन प्रधानमन्त्री दाहालले काठमाडौंमै घर बनाईदिने आश्वसन दिँदा पनि राउटेले नसुनेजस्तै गरेका थिए । प्रधानमन्त्रीज्यूले घर बनाईदिने भन्नुभयो तर हामी राउटेले आज मर्ने बित्तिकै भोली घर छाड्नुपर्ने हुन्छ, त्यसैले घर खेर जान्छ, यो हाम्रो परम्परा हो मान्छे नमर्ने बनाएमात्र हामी प्रधानमन्त्री को भनाई स्विकार्न सक्छौ कि उनीहरुले तत्कलीन प्रधानमन्त्री दाहाललाई जवाफ दिएका थिए ।
बस्तीमा एक जनाको मृत्यु हुनेबित्तिकै अर्को ठाँउमा बस्ती बसाल्ने ती जातिको परानै परम्परा हो । त्यसबेला झन्डै तीन दिनको बसाइ र सरकारका उच्चपदस्थ व्यक्तिसँगको भेटको समाचारले केही दिनका लागि काठमाडौं राउटेमय भएको थियो । लोपोन्मुख जातिमा सूचिकृत राउटेसँग त्यति खुलेर बोल्दैनथे । आफ्नो समुदायमा केही समस्या पर्दा मुखिया नै अगाडि सर्थे । आफूले बनाएका भाँडाकुडा अन्नसँग साट्नका लागि मात्र यस जातिले गाँउ चहार्थे । गैरराउटेसँग ती जातिको कमै भेटघाट हुन्थ्यो । आफ्नो परम्परा र संस्कार बचाइराख्नका लागि गैरराउटेले तपाईलाई दुःख छ? भन्दा जवाफमा तिमीले दुःख छ भन्छौ,हामीलाई सुख छ भन्थे । सरकारले आधा नेपाली जनतालाई तिमी राउटे हौ भनेर रिपुटी लायो भने केही तयार होलान् ? अधिकांश मानिसले उनीहरुलाई स्थायी बसोबास गर्न आग्रह गर्दा आफूहरुले यस्तो जवाफ दिने गरेका राउटेका महामुखिया महिनबहादुर शाहीले बताए ।
तर केही, वर्षयता भने तिनै राउटे आधुनिक नेपालीसँगै परिवर्तन हुन थाल्दा संस्कृति, पहिचान गुम्दै गएको छ । कर्णाली प्रदेशको गहना र नेपालको सम्पदाको नाममा चिनिने समुदाय आफ्नो परम्परालाई बिर्सेर आधुनिकतामा रमाउन थालेको छ । वर्गहिन समाजको छुट्टै पहिचान दिँदै आएको यस समाजमा कोही सानो–ठूलो, सम्पन्न, विपन्न छैनन् । न त धन सम्पत्ति थुपार्ने लोभ र एकआपसमा गोप्यता छ ।
यही फरक पहिचान नै राउटेको मुख्य सम्पत्ति र जीवित सम्पदा भएको लामो समयदेखि राउटेको अनुसन्धान गरिरहेका मानवशास्त्री मनबहादुर साहुले बताए । रेउटेका नाममा धेरै व्यक्तिले पैसा कमाएको उनको बुझाई छ ।
दक्षिण एसियाकै घुमन्ते जाति भएकाले राउटेमा बाह्य हस्तक्षेप बन्द गर्नुपर्छ, मानवशास्त्री साहुले भने,ती समुदायलाई आपत्विपद्का समयमा मात्र सहयोग गरेर मनोरञ्जनका सबै काम बन्द गर्नुपर्छ ।
फोटो खिच्न नदिनु, गैररउटेसँग धेरै घुलमिल नहुनु, महिला घरबाहिर ननिस्कनु, बस्तीमा समस्या पर्दा मुखिया मात्र अगाडि आउनु राउटेको विशिष्ट परम्परा हो । विगतका दिनमा पैसा छोए पाप लाग्छ भन्ने यो जाति आजभोलि फोटो खिच्द पैसा मग्ने गर्छन् । राउटेमा आएको परिर्वतन हेर्दा यस जातिको परम्परा, संस्कृति गुम्दै जानुका साथै उनीहरु परनिर्भर समेत हुने गरेको लामो समयदेखि राउटे समुदायसँग काम गरेका कटेम्पोररी भिजन नेपालका कृष्णओम थापाले बताए । उनले भने आ–आफ्नो स्वार्थका लागि धेरै सरकारी र गैरसरकारी संस्थाका व्यक्तिले सुर्ती र मदिरा खुवाए, यो नै राउटेमा विकृति फैलाउने प्रमुख कारण बन्यो, अहिले अधिकाशं राउटेमा यस्तो आदत बनिसकेको छ ।
विभिन्न सरकारी एवं गैरसरकाकरी संघसंस्थाको अनावश्यक सहयोगले ती जातिको संस्कार दिन प्रतिदिन ओझेलमा परेको स्थानियवासीकको ठम्याइ छ । केही बुद्धिजीवि भने जलवायु परिवर्तनका कारण जंगलमा जंगली कन्दमूल पाइन छाडेपछि राउटे आधुनिकतातर्फ अघि बढेको बताउँछन् ।
जंगलका नरम काठबाट कोशी, मधुस,झुमा, खाट र पिर्का बनाई गाउँघरमा अन्नसँग साट्ने राउटेको चलन अब गाउँघरमा छिटफुट मात्र देख्न पाइन्छ । पछिल्लो समय गाउँघरमा भित्रिएका प्लास्टिकका भाडाकुडाले बजार लिन थनलेपछि लोपोन्मुख जातिको पेसा संकटमा पर्दै गएको छ । २०७१ चैतमा सुर्खेत वन कार्यलयले राउटे मुखिया वीरबहादुर शाही , सूर्यनारायण शाही, दिलबहादुर र एनबहादुर शाहीलााई वन हेरालुको जागिर दिँदा उनीहरुले स्वीकार गेरेका थिए । नागरिकताबिना वन हेरालुको जागीर पाएका राउटेले केही महिनाको तलब पनि बुझेका थिए । तर, पछिल्ला दिनमा उनिहरुले तलब पाएका छैनन् ।
उता,ऐनबहादुर शाहीको मृत्यु भइसकेको छ । तत्कालीन प्रधानमन्त्री दाहालको पालादेखि नै आफूहरुले भत्ता पाउने गरेको यसपटक दाहाल प्रधानमन्त्री भएकाले भत्ता बढ्ने उनीाहरुले आशा गरेका छन् । राउटेमा कल्याल, हमाल र रास्कोटी जाति रहेका छन् । ती जातिका बैवाहीक सम्बन्ध एक अर्का जातिका केटाकेटीबीच हुने गरे पनि केटीको संख्या कम हुँदा अधिकाशं केटा अविवाहित छन् । झन्डै १ सय ४३ को जनसंख्या रहेको राउटे जातिलाई अन्य मानिसले जनजाति आदिवासी भने पनि राउटेहरु आफु ठकुरी भएको दावि गर्छन् । राउटेका बारेमा धेरैले सुने,देखे पनि तिनीहरुको विशिष्ट संस्कृतिका बारेमा कमैले ज्ञान लिएका छन् । यो जाति आजभोलि दैलेखको भैरवी गाउँपालिकाको साल्ताडाको जंगलमा बसोबास गरिरहेको छ ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











