न्यायाधीशहरूको क्रम निर्धारणबारे पूर्वन्यायाधीश फोरमको आपत्ति, सीमित व्यक्तिलाई लक्षित गरेको दाबी
काठमाडौं। न्यायाधीशहरूको क्रम निर्धारणबारे न्यायपरिषदले गरेको निर्णयमा पूर्वन्यायाधीश फोरमले आपत्ति जनाएको छ । फोरमले आज एक विज्ञप्ति जारी गरी आपत्ति जनाएको हो । पूर्वन्यायाधीश फोरमले विज्ञप्ति मार्फत ‘सीमित व्यक्तिलाई लक्षित गरी गरिएको यो संशोधनले न्यायालय भित्रको विकृति तथा विसंगतिलाई अझै प्रोत्साहित गर्ने बताएको छ ।
न्यायपरिषद्ले न्यायाधीश नियुक्तिको मापदण्ड प्रभावित पार्नेगरी आफ्नो नियमावली संशोधन गरेको छ । न्यायपरिषद्ले पारित गरेको नियमावली नेपाल राजपत्रमा पनि प्रकाशित भइसकेको छ । विज्ञप्तिको पूर्णपाठ यस्तो छ ? न्यायाधीशहरुको क्रम कायम गर्ने सम्बन्धमा न्यायपरिषद नियमावली, २०७४ को नियम ११ मा भैरहेको व्यवस्थामा न्यायपरिषदद्वारा अचानक मिति २०८०।०६।०१ मा गरिएको संशोधनबाट न्यायाधीशहरुको बरीष्ठता क्रममा नै असर पर्ने भएकाले यसमा पूर्वन्यायाधीश फोरम, नेपालको गम्भीर ध्यानाकषर्ण भएको छ।
१० न्याय परिषद नियमावली २०७४ को नियम ११ मा इजलास कायम गर्ने, पेशी सूची तोक्ने तथा अदालतको प्रशासनिक काम कारबाही संचालन गर्ने प्रयोजनको लागि बरीष्ठता कायम गर्ने व्यवस्था रहेको छ। न्यायाधीश पदमा नियुक्ति भएको मितिको आधारमा बरीष्ठता कायम गर्ने मौजूदा व्यवस्थालाई परिवर्तन गरी नेपाल न्याय सेवाको मुख्य रजिष्ट्रारको पदमा कार्यरत रही उच्च अदालतको न्यायाधीशको पदमा नियुक्ति भएको व्यक्तिको हकमा मुख्य न्यायाधीश पछिको क्रममा र नेपाल न्याय सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा कार्यरत रही उच्च अदालतको न्यायाधीशको पदमा नियुक्ति भएका व्यक्तिको हकमा निज विशिष्ट श्रेणीको पदमा नियुक्ति भएको मिति भन्दा पछि उच्च अदालतको न्यायाधीशमा नियुक्ति भएका व्यक्ति भन्दा अगाडिको क्रममा राखिएको छ।
२० न्यायाधीश पदमा नियुक्त भएको व्यक्ति नियुक्ति मितिको आधारमा वरिष्ठता कायम हुने वर्तमान सर्वमान्य सिद्धान्त बमोजिम स्थापित मान्यता विपरीत न्यायपरिषद नियमावली, २०७४ को नियम ११ मा न्यायपरिषदद्वारा गरिएको संशोधन गैर न्यायिक भएको हाम्रो निष्कर्ष रहेको छ। ३० सीमित व्यक्तिलाई लक्षित गरी गरिएको यो संशोधनले न्यायालय भित्रको विकृति तथा विसंगति अझै प्रोत्साहित गर्ने निश्चित छ।
४० पहिले नियुक्त भइसकेको न्यायाधीश भन्दा पछि नियुक्त हुने न्यायाधीशको वरिष्ठताक्रम माथि राख्ने गरी गरिएको यो संशोधन उच्च अदालतका न्यायाधीश भइसकेको व्यक्तिको सेवा सुविधा सम्बन्धी संविधानको धारा १४१ को उपधारा ९३० को संवैधानिक प्रत्याभूतिको विपरित हुन गएको छ। ५० न्यायाधीशहरुको पदीय मर्यादा, सुरक्षा, स्वतन्त्रता र निष्पक्षताको संरक्षण गर्दै न्यायपालिकालाई राजनीतिक हस्तक्षेपबाट स्वतन्त्र राखि न्यायाधीशहरूको उच्च मनोवल कायम राख्ने समेतको संवैधानिक दायित्व निहित रहेको न्यायपरिषदले न्यायाधीशहरुको नियुक्ति, सरुवा, काज तथा अनुशासन सम्बन्धी कारबाही गर्दा आफ्नो उल्लेखित संवैधानिक दायित्वबाट विचलित हुनु आपत्तिजनक छ।
६० जिल्ला न्यायाधीशको नियुक्ति गर्दा संविधानको धारा १४९ ले ८० प्रतिशत प्रतिस्पर्धात्मक परीक्षा प्रणालीबाट र २० प्रतिशत आन्तरिक मूल्याङ्कनबाट लिने व्यवस्थालाई निस्तेज पार्ने गरी न्यायपरिषद नियमावली, २०७४ को नियम ६ को उप नियम ९४० व्यवस्था गरी लिखित परीक्षामा असफल हुने व्यक्तिहरुबाट पदपूर्ति गरिनु उक्त संवैधानिक व्यवस्थाको प्रतिकूल छ। ७० अतः न्यायाधीशहरुकाबीच विभेद खडा गरी न्यायनिष्पादन सम्बन्धी क्रियाकलापमा नै प्रतिकूल प्रभाव पर्न सक्ने गरी न्यायपरिषदद्वारा गरिएको कानून प्रतिकूलका काम कारबाही तथा संविधान प्रतिकूलका नियमावलीको प्रावधानहरु अविलम्ब खारेज गर्न माग गर्दछौं।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












