विश्वमा नेपाल चट्याङको चौथो उच्च जोखिम भएको मुलुकको सूचीमा
काठमाडौं । नेपाल चट्याङको चौथो उच्च जोखिम भएको मुलुकमा रहेको छ । सोही जोखिमलाई आधार मानेर चट्याङले पु(याउने धनजनको क्षति न्यूनीकरण तथा त्यसबाट बच्ने उपाय’दयगत छलफल गर्न नेपालले चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन थालेको छ । प्रि–मनसुनका बेलादेखि बढी क्रियाशील हुने चट्याङले मात्रै बर्सेनि झन्डै सय जनाको ज्यान लिन्छ । र, यो बाढी–पहिरोले भन्दा पनि धेरैको ज्यान लिने प्राकृतिक विपद् बनिरहेको छ । नेपालमा चट्याङ्सम्बन्धी सूचना प्रणालीहरू छैनन् भने रोकथामका लागि खास काम पनि हुनसकेको छैन । यही परिप्रेक्षमा नेपालमा चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिएको हो । ११ मुलुकका विज्ञहरूको सहभागिता रहेको चट्याङसम्बन्धी सम्मेलनमा ४७ जनाले आफ्नो शोधपत्र प्रस्तुत गर्दै छन्, जसमा २८ वटा शोधपत्र नेपालबाट प्रस्तुत हुनेछ ।
सामान्य प्रक्षेपण प्रविधिको सूचना पनि भारतको भरमा
सम्मेलनमा अमेरिका, भारत फ्रान्सलगायतका मुलुकका विज्ञहरूको सहभागिता रहेको छ । सम्मेलनले विश्वमा चट्याङको अवस्था, रोकथामका लागि गरिएका प्रयास र नीति निर्माताले सम्बोधन गर्नुपर्ने विषय’दयगतमा छलफल भइरहेको चट्याङविद् प्राडा श्रीराम शर्माले बताए । प्रायः वर्षायाम र त्यसअघिको समय बादल हुँदै आकाशबाट जमिनमा विद्युतीय लहरको झट्का खस्ने जोखिम हुन्छ । यसलाई न टार्न सकिन्छ, न पूर्वानुमान गर्न नै । पूर्वमनसुन तथा मनसुनी वायु सक्रिय भएका बेला बादलमा हुने घर्षणबाट विद्युतीय लहर जमिनमा खस्छ, यसैलाई चट्याङ भनिन्छ । एक्कासि हुने यस विद्युतीय विस्फोटमा चर्को ध्वनि र निमेषभर प्रकाश पनि निस्किन्छ । विद्युतीय लहर आकाशबाट पृथ्वीमा आइपुग्दा त्यसको प्रकोपले ठूलो धनजनको क्षति हुन्छ ।
चट्याङविद् शर्माका अनुसार नेपालमा विशेषगरी पूर्वी भेगमा धेरै चट्याङ पर्ने गरेको तथ्यांक छ । ‘विशेषगरी झापा र इलामलगायतका क्षेत्रमा चट्याङ पर्ने दर बढी देखिन्छ,’ शर्माले भने, ‘चुरेमाथि पहाडी क्षेत्रमा भने दिउँसो २ बजेपछि बढी चट्याङ पर्ने गरेको छ ।’ शर्माका अनुसार नेपाल चट्याङको उच्च जोखिममा पर्ने मुलुकभित्र पर्छ । स्वीट्जल्यान्ड, दक्षिण अफ्रिका र जिम्बावेपछि नेपाल चट्याङ धेरै पर्ने मुलुकको सूचीमा पर्छ । दक्षिणपूर्वी एसियाका इन्डोनेसिया, मलेसिया हुँदै नेपाल तथा बंगालको खाडी क्षेत्र उस्तै जोखिमयुक्त रहेको प्राध्यापक शर्मा बताउँछन् । चट्याङबाट सबैभन्दा धेरै अफ्रिकी मुलुक मलावीमा प्रति १० लाखमध्ये ८४ जनाले बर्सेनि ज्यान गुमाउँछन् ।
नेपालमा प्रति १० लाख मानिसमध्ये चार जनाको चट्याङका कारण मृत्यु हुने गरेको तथ्यांक छ । त्यसैगरी, चट्याङका कारण विद्युतीय सामग्रीका अतिरिक्त घरमा आगलागी भई हुने भौतिक क्षतिले ठूलो धनराशि नोक्सान हुन्छ । बितेका १० वर्षमा मात्रै चट्याङबाट नेपालमा हजारबढीको जनाको ज्यान गएको छ । सबैभन्दा धेरै २०६९ सालमा १ सय ३१ जनाले चट्याङबाट ज्यान गुमाएका थिए ।
चट्याङबाट वार्षिक औसतमा सय जनाको मृत्यु हुने गरे पनि सरकारसँग चट्याङ’दयगत सामान्य प्रक्षेपण गर्ने प्रविधिसमेत छैन । नेपालमा २०७६ सालमा तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले सामान्य प्रक्षेपण गर्ने प्रविधि नेपाल भित्र्याउन पहल गरेका भए पनि विज्ञहरूले नेपालले सो प्रविधि धान्न नसक्ने सुझाव दिएपछि सो उपकरण ल्याउने’दयगत सरकार पछि हटेको थियो । विश्वका अधिकांश मुलुकले कहाँकहाँ र कुन समयमा चट्याङ पर्नसक्छ भन्ने जानकारी पहिल्यै दिन सक्छन् । छिमेकी मुलुक भारतमा पनि सो प्रविधिको प्रयोग गरिएको छ । भारतसहित दक्षिण एसियाका कयौं मुलुकले ५–६ दिनअघि नै चट्याङको प्रक्षेपण गर्ने गरेका छन् ।
मौसम पूर्वानुमान महाशाखाले वायुमण्डलमा उत्पन्न अवस्थामा वायुको प्रभाव, स्याटेलाइट तथा तथ्यांकको विश्लेषण गरेर ७२ घण्टाअघि मौसमको प्रक्षेपण गर्ने गरिएको छ । तर, कहाँकहाँ चट्याङ पर्छ भनेर उल्लेख हुँदैन ।विज्ञहरूका अनुसार दुई किसिमका चट्याङ पर्छन् । एउटा बादलभित्रै, अर्को जमिनमा । बादलभित्रै गर्जिने चट्याङले विद्युतीय उपकरण र सञ्चार आदानप्रदानमा अवरोध पु¥याउने गर्छ । जमिनमा पर्ने चट्याङले भौतिकसँगै मानवीय क्षति गर्छ । चट्याङविज्ञ श्रीराम शर्माका अनुसार बंगालको खाडीनजिक रहेका नेपालका भूभागमा बढी चट्याङ पर्ने गर्छ । मनसुन सक्रिय भएसँगै बादल र पानीमा देखिने उत्तरचढावका कारण पूर्वी भेगमा अलि बढी चट्याङ पर्ने देखिएको हो । खासगरी चट्याङ पर्ने बादल खैरो, कालो गाढा र घना हुने गरेको छ ।
मानवीय क्षतिका हिसाबले मकवानपुर, झापा र उदयपुर अगाडि छन् । तराईभन्दा चुरे क्षेत्रको दूरी वायुमण्डलसँग नजिक हुने भएकाले चट्याङको फोर्स बढी हुने गरेको र यसले मानवीय क्षति पनि धेरै हुने गरेको छ । पछिल्ला १० वर्षको विवरणनुसार इलाम, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, मोरङ, सुनसरी, सप्तरी, बारा, पर्सा, दोलखा, लमजुङ, कास्की, बाग्लुङ, गुल्मी, रोल्पा, प्यूठान, दाङ, पश्चिम रुकुम, दैलेख, सुर्खेत, कैलाली र कञ्चनपुरमा धेरै चट्याङ पर्ने गरेको छ ।
नेपालले किन गर्दैन आईईसीको मापदण्डको पालना ?
चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि वैज्ञानिक मापदण्ड तयार गर्ने उद्देश्यले सन् १९०६ मा एउटा अन्तर्राष्ट्रिय आयोग स्थापना भएको थियो । नेपाल सन् २००१ देखि इन्टरनेसनल इलेक्ट्रोटेक्निकल कमिसन ९आईईसी०मा सदस्य छ । तर, नेपालले अहिलेसम्म आईईसीका कुनै पनि मापदण्डलाई अवलम्बन गरेको पाइँदैन ।
कसरी पर्छ चट्याङ ?
सूर्यको तापक्रमले तातिएको जमिनको सतह तथा जलाशयबाट पानीका कण वाफ बनेर उड्दै आकाशमा पुग्छन् । पानीका कण वाष्पीकरण भएर आकाशमा पुगेपछि बन्ने बादललाई हावाले गतिमान बनाउँछ । गतिमान बादलभित्र पानीको वाफ विभिन्न तह र तापक्रममा बसेका हुन्छन् । जब, वायुमण्डल अस्थिर हुन्छ र आकाशमा कालो बाक्लो कुमुलोनिम्बस बादलहरू बन्छन् । त्यस्तोमा जमिनको सतहको तातो हावा उठेर माथिको चिसो हावासँग ठोकिन्छ, त्यसपछि बिजुली चम्किने गर्छ ।
तापक्रमको भिन्नताका कारण कालो बादलको एक तहमा पानी हुन्छ भने अर्को तहमा बरफ । तिनीहरू ब्याट्रीका फरक दुई ध्रुवजस्तो धनात्मक र ऋणात्मक दुई भागमा बाँडिएर बस्छन् । तिनीहरूबीच घर्षण उत्पन्न भएर विद्युतीय चार्ज उत्पन्न हुन्छ । जब चार्जको मात्रा बढ्दै जान्छ, त्यस बादलले धान्न नसकेर चट्याङका रूपमा विद्युतीय लहर आफ्नै बाटो बनाएर पृथ्वीको सतहसम्म आइपुग्छ । यद्यपि, सबै चट्याङ पृथ्वीसम्म आइपुग्दैनन् । आइपुग्नेमध्ये पनि केहीले मात्र नोक्सानी गर्छन् । साभार : राजधानी
Comments
अरु समाचार
-
घरको छतसहित खसेर दुई जनाको ज्यान गयाे
बरहथवा (सर्लाही) । सर्लाहीको मलंगवामा घरको छतसहित खसेर दुईजनाको मृत्यु भएको छ । मलंगवामा नगरपालिका–१० स्थित रञ्जित यादवको चारतले पक्की...
-
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ आइपुग्नुभएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा...
-
प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
सेना र रास्वपा नेतृत्वकाे सरकारमाथि एमाले संसदीय दलका नेता बादलले गरे ८ प्रश्न
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्को बैठकमा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारको नीति...
-
आकर्षण म्यानपावरमा तनाव: मलेसिया रोजगारीमा अनियमितताको आरोप, आवेदक आक्रोशित
काठमाडौं । आकर्षण म्यानपावरमार्फत वैदेशिक रोजगारीका लागि मलेसियाको जाबेल कम्पनीमा “फ्री भिसा, फ्री टिकट” भन्दै कामदार छनोट प्रक्रियामा अनियमितता भएको...












