सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले गिरावट
काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले गिरावट भएको छ । आज परिसूचक नेप्से ११.०४ अंकले घटेर १९५६.९२ को विन्दुमा पुगेर रोकिएको छ ।
बिहीबार म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट भएको छ। म्युचुअल फण्ड उपसूचक २.३४ प्रतिशतले बढेर बन्द भएको छ ।
होटल तथा पर्यटन उपसूचक १.१७ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.८४ प्रतिशतले गिरावट भएको छ ।
लगानीकर्तामा निराशा छाएको कारणले परिसूचकसँगै कारोबार रकममा पनि गिरावट भएको छ । आज कारोबार रकम घटेर १ अर्ब १० करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ । बुधबार दिन १ अर्ब १८ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
बिहीबार कारोबार भएकोमध्ये सिटिजन्स लाइफको सर्वाधिक ४ करोड ४३ लाखको कारोबार रकम रहेको छ भने नबिल बैंकको ३ करोड १८ लाख र सोल्टी होटलको ३ करोड ९ लाखको कारोबार भएको हो ।
इनफिनिटी लघुवित्तको सेयरमूल्य सर्वाधिक ९.९४ प्रतिशतले गिरावट हुँदा मध्येभोटेकोशी जलविद्युत् कम्पनीको सेयरमूल्य ६.६४ प्रतिशत र सीवाईसी नेपाल लघुवित्तको सेयरमूल्य ५.३१ प्रतिशतले गिरावट भएको हो ।
बिहीबार बजारमा कुल २३२ सूचीकृत कम्पनीको सेयर कारोबार भएका छन् । जसमध्ये १७२ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ४८ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै १२ कम्पनीको सेयरमूल्य स्थिर छ । बिहीबार कारोबार भएकामध्ये बाराही हाइड्रोपावरको सेयरमूल्य ९.३० प्रतिशतले वृद्धि हुँदा इस्टन हाइड्रोपावरको सेयरमूल्य ८.२६ प्रतिशत र हिमालयन लघुवित्तको सेयरमूल्य ७.९१ प्रतिशतले बढेको हो ।
Comments
अरु समाचार
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...
-
‘मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैन’
काठमाडौँ । आगामी मौद्रिक नीतिमार्फत कर्जा प्रवाह विस्तार, उत्पादनमुखी लगानी प्रोत्साहन र नीतिगत स्थायित्व सुनिश्चित गर्न नसके अर्थतन्त्रले अपेक्षित गति...












