आईसीसी एकदिवसीय विश्वकप: दक्षिण अफ्रिकाले श्रीलंकालाई १ सय २ रनले हरायो
नयाँ दिल्ली । दक्षिण अफ्रिकाले आईसीसी एकदिवसीय विश्वकपमा शानदार सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १ सय २ रनले हराएको हो । दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ४ सय २९ रनको विशाल लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले ४४।५ ओभरमा सबै विकेट गुमाएर ३ सय २६ रन मात्र बनाउन सक्यो । श्रीलंकाका लागि चारिथ अशलांकाले ७९ रनको योगदान दिए भने कुशल मेन्डिसले ७६ रन बनाए । कप्तान दासुन शानाकाले पनि ६८ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
दक्षिण अफ्रिकाका लागि जेराल्ड कोटजीले ३ तथा केशव महाराज, कागिसो रबाडा र मार्को जानसेनले २–२ विकेट लिए ।यसअघि, एकै खेलमा तीन खेलाडीले शतक बनाएपछि दक्षिण अफ्रिकाले टस हारेर पहिलो ब्याटिङ गर्दै ५० ओभरमा ५ विकेट गुमाएर ४ सय २८ रन बनाएको थियो । एकदिवसीय विश्वकपमा कुनै पनि टोलीले बनाएको यो सबैभन्दा ठुलो स्कोर हो । यसअघि अस्ट्रेलियाले सन् २०१५ मा अफगानिस्तानविरुद्ध ४१७ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका लागि ओपनर क्वीनटन डी कक, रासी भान डेर डुसेन र एइडन मारक्रमले शतक बनाए । कुनै पनि इनिङ्समा एकैपटक तीन खेलाडीले शतक बनाएको यो मात्र चौथो अवसर हो । यसअघि दक्षिण अफ्रिकाले नै दुई तथा इंग्ल्याण्डले एकपटक यो उपलब्धि हासिल गरेको थियो । विश्वकपको खेलमा भने यस्तो भएको पहिलो अवसर हो ।
यता मारक्रम ४९ बलमा शतक पुरा गर्दै विश्वकपमा सबैभन्दा चाँडो शतक बनाउने खेलाडी पनि बने । उनले ५४ बलमा १४ चौका र ३ छक्कासहित १ सय ६ रन बनाए । त्यस्तै, ओपनर डी ककले ८४ बलमा आफ्नो शतक पुरा गर्दै आउट भए । उनले १२ चौका र ३ छक्का हिर्काए । डुसेनले ११० बलमा १ सय ८ रन बनाए । उनले १३ चौका र २ छक्का हिर्काए । खेलको अन्त्यतिर डेभिड मिरले ३९ तथा हेनरिच क्लासेनले ३२ रनको योगदान दिए । श्रीलङ्काका लगि दिल्सान मधुशंकाले २ विकेट लिए ।
Comments
अरु समाचार
-
घरको छतसहित खसेर दुई जनाको ज्यान गयाे
बरहथवा (सर्लाही) । सर्लाहीको मलंगवामा घरको छतसहित खसेर दुईजनाको मृत्यु भएको छ । मलंगवामा नगरपालिका–१० स्थित रञ्जित यादवको चारतले पक्की...
-
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ आइपुग्नुभएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा...
-
प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
सेना र रास्वपा नेतृत्वकाे सरकारमाथि एमाले संसदीय दलका नेता बादलले गरे ८ प्रश्न
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्को बैठकमा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारको नीति...
-
आकर्षण म्यानपावरमा तनाव: मलेसिया रोजगारीमा अनियमितताको आरोप, आवेदक आक्रोशित
काठमाडौं । आकर्षण म्यानपावरमार्फत वैदेशिक रोजगारीका लागि मलेसियाको जाबेल कम्पनीमा “फ्री भिसा, फ्री टिकट” भन्दै कामदार छनोट प्रक्रियामा अनियमितता भएको...












