ताजा समाचार

इजरायलमा बन्धक बनाइएका नेपालीको शीघ्र रिहाइ र घाइतेको उद्धारको प्रबन्ध गर्न ओलीको माग

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इजरायलमा बन्धक बनाइएका नेपालीहरुको शीघ्र रिहाइ गर्न सरकारसँग गर्न माग गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष ओलीले मृतकको शब ल्याउने प्रबन्ध यथाशीघ्र गर्न पनि सरकारको ध्यानाकर्षण  गराएका छन् ।

नेपालीहरु शोकको घडीमा रहेको जनाउँदै अध्यक्ष ओलीले बन्धक बनाइएकाहरुको रिहाइ र मृतकको शब ल्याउने शीघ्र प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । यसैगरी घाइतेको उद्धार गर्न पनि ओलीले सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेपालबाट ‘लर्न एन्ड अर्न’ योजनामा इजरायलको कृषि फर्ममा काम गर्न र सीप सिक्न गएका नेपाली विद्यार्थीको आक्रमणमा परी ज्यान गएको छ । दशैंको मुखमा सन्तान गुमाउनुको पीडा भोग्नु भएका परिवार र आफन्तजनलाई सम्हालिन कठिन भएको ओलीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । ओलीले ज्यान गुमाएका नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली अपण गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org