इजरायलबाट फर्किएका नेपालीले भने- धन्न बाँचेर आइयो
काठमाडौँ ।युद्धग्रस्त बनेको इजरायलबाट २५३ जना नेपाली नेपाल वायु सेवा निगमको नाइनएन–एएलजेड एअरबस ३३० विमानबाट स्वदेश फर्किएका छन् । उनीहरू राति साढे १ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका छन्। द्वन्द्वग्रस्त गाजासँग सीमाना जोडिएको इजरायलको दक्षिणी क्षेत्रमा शनिबार बिहानदेखि हमास समूहको आक्रमण सुरु भएपछि त्यहाँ रहेका नेपाली विद्यार्थीहरू अलपत्र परेका थिए ।
हमास समूहको आक्रमणमा परेर दश जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने एक जना विद्यार्थी अझै सम्पर्कविहीन छन् ।
आक्रमण सुरु भएपछि उनीहरूलाई त्यहाँबाट सुरक्षित ठाउँमा स्थानान्तरण गर्नसमेत हम्मे परेको थियो । नेपाली विद्यार्थीले आफू असुरक्षित रहेको भन्दै सुरक्षित स्थानमा सार्न आग्रह गरेको करिब चार दिनपछि मात्रै उनीहरूलाई पूर्ण रूपमा उद्धार गरिएको थियो ।
फर्किएका भन्छन् – धन्न बाँचेर आइयो
सिराहाकी शोभा पासवानलाई इजरायलबाट सकुशल नेपाल फर्किन्छु जस्तो लागेको थिएन । ती दिनसम्म बङ्कर भित्र बसेर ज्यान जोगाउँदा नेपाल फर्किन सफल भएकी शोभाले इजरायलको त्यो कहालीलाग्दो अवस्था चित्रण गर्नै सक्दैनन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट लर्निङ एण्ड अर्निङ कार्यक्रममार्फत इजरायल पुगेकी शोभा शुक्रबार नेपाल फर्किएकी छिन् । नेपाल सरकारले उद्धार उडानमार्फत उनीसँगै २५४ जना नेपाली विद्यार्थीहरू स्वदेश फर्किएका हुन् ।
इजरायल र गाजाबीचको युद्धको अवस्था देख्दा उनलाई सकुशल नेपाल फर्किन्छु जस्ता लागेको थिएन । तर, ढिलै भए पनि नेपाल सरकारले देखाएको सक्रियताले आफू निकै खुसी रहेको उनको भनाई छ ।‘हामीले हाम्रा साथी गुमाउँदा जीवनभरको लागि पीडा भयो । तर पनि नेपाल आउन पाउँदा निकै खुसी लागेको छ । यसका लागि नेपाल सरकारलाई धेरै धेरै धन्यवाद । अन्तिममा नेपाल आउन पाउँदा निकै खुसी छु’ उनले भनिन् ।
गत शनिवार गाजास्थित हमास समूहको तर्फबाट भएको आक्रमण भएको थियो । जसमा परेर १० जना नेपाली विद्यार्थीले ज्यान गुमाए । शोभाले ती मध्ये दुई जना हितैसी मित्र राजेश स्वर्णकार र गणेश नेपाली गुमाइन् । जसको पीडा उनले जीवनभर भुल्ने छैनन् । ‘हाम्रो छेउकै घर भत्किएका थियो । त्यसपछि हामी तीन दिन बङ्कर भित्र बस्यौ । आकाश पुरै कालो भएको थियो । सेकेन्ड सेकेन्डमा बम पड्किरहेको थियो । मसँगका साथी राजेश स्वर्णकार र गणेश नेपालीलाई गुमाए । यो मेरो जीवनभरको लागि पीडादायी हुनेछ’ उनले भनिन् ।
उनीसँगै १८ जना साथीहरू सानो बङ्कर भित्र तीन दिनसम्म बसेका थिए । ‘एउटै बंकरमा १८ जना लुकेर बसेका थियौँ । बम आएपछि के गर्ने भनेर हामीलाई आईडिया नै थिएन,’ उनले त्यो बेलाको क्षण सम्झिदै भनिन्, ‘टेरेरिष्ट अट्याक भएपछि के गर्ने भन्ने अनुमान समेत गरेका थिएनौँ । तर पनि तीन दिनसम्म त्यही बङ्कर भित्र लुकेर बस्यौ ।’
शनिवार बिहान ६ः३० मा उनी योगा गर्दै थिइन् । अन्य साथीहरू सुतिरहेकै थिए । त्यही बेला अचानक एक सेकेन्डमा २०÷३० वटा मिसाइलहरू आयो । आकाश पुरै कालो भयो । जताततै बम पड्किएको आवाज मात्र आयो । एकाएक साइरन बज्न थाल्यो । साइरन बजेपछि के हुन्छ भनेर उनीहरू डराउन थाले । त्यत्तिकै उनीहरू बसेको भन्दा अर्को घर पूर्ण रूपमा ध्वस्त भयो । त्यसपछि उनीहरू झन् डराए । र बङ्कर भित्र लुक्न गए ।
‘बङ्कर भित्र लुकेर बसेका थियौँ । बाहिर के भइरहेको छ देख्न त सकेनौँ । तर, फिल गर्यौ । घरी घरी हाम्रो बंकरमा नक गर्न आउँदा टेरेरिष्ट नै आयो कि भन्ने डर थियो । डरै डरमा तीन दिन बङ्कर भित्र बस्यौ । तीन दिनपछि खाना र पानी सबै सकियो । त्यसैमा पनि २४ घण्टामा एक पटक खाना खान पाएका थियौँ । त्यो बेला हामीहरू पुरै हेल्पलेस थियौँ’ उनले भनिन् ।
कैलालीका धनबहादुर चौधरी ह्वीलचेयरको सहायतामा छन् । बङ्कर भित्र बसिरहेको बेला उनीमाथि आक्रमण हुन पुग्यो । र उनी घाइते भए । उपचारपछि निको भएर उनी उद्धार उडानमार्फत काठमाडौँ आइपुगेका हुन् ।
नेपाल पुगेसँगै उनले आफू भाग्यले बाचेको र नेपाल फर्किन पाएको बताए । ह्वीलचेयरको सहायतामा रहेका उनले मसिनो स्वरमा भने, ‘धन्नले बाचे’ । रेश्मा श्रेष्ठलाई समेत सकुशल नेपाल फर्किइन्छ जस्तो लागेको थिएन । शनिवारदेखि नेपाल नफर्किदासम्मको कहालीलाग्दो अवस्था उनको आँखामा अझै पनि झलझली आइरहन्छ । जसले गर्दा उनी अहिले पनि डराउँछिन् ।
इजरायलबाट काठमाडौँ ओर्लिने विक्तिकै उनले सबैभन्दा पहिला उनले आफ्नो दिदीलाई झ्याप्प अँगालो मारिन् । त्यसपछि मात्रै उनलाई अब आफूलाई केही हुँदैन भन्ने लाग्यो । उनले युद्ध कस्तो हुन्छ भन्ने कुरा प्रत्यक्ष देखेर भोगेर आएकी छिन् । गाजा सीमा नजिकैको कृषि फार्ममा काम गर्दै गर्दा उनले शनिवारदेखि नेपाल नफर्किँदासम्म युद्धको अवस्था देखिन् । जसले गर्दा उनलाई अब सकुशल नेपाल फर्किन पाइँदैन भन्ने लागेका थियो । तर, नेपाल सरकारले उद्धार गरिदियो । यसका लागि उनले नेपाल सरकारलाई धन्यवाद दिइन् । उनलाई यस्तो खालको आक्रमण हुन्छ भन्ने कल्पनामा समेत सोचेकी थिइन् ।
गाजा नजिकैको क्षेत्रमा थिए । बिहानको साढे ६ बजेतिरको समय थियो । त्यो बेला ड्याम्म आवाज आयो । त्यो बेला हामीले आक्रमण भएको होला भन्ने शंका समेत गरेका थिएनौँ । पछि भयावह अवस्था देखिएपछि हामी हतार हतारमा बङ्कर भित्र छिर्यौ । उनले भनिन् । रकेट आक्रमण हुदाँसम्म उनीसगै साथीहरू डराएका थिएनन् । तर, जब आतंकवादीहरु इजरायलतिर छिरेको भन्ने थाहा पाएपछि निकै डराए । ‘त्यसपछि त हामी हामी तीन दिन बंकरभित्रै बस्यौ । त्यही भित्र कति डराएका थियौँ । यो शब्दमा वर्णन गर्न सकिने अवस्था छैन’ उनले भनिन् ।
उनी आफूलाई निकै भाग्यमानी मान्छिन् । किनभने जहाँ १० जनाको नेपाली मारिए । त्यहाँ नै काम गर्दै आएकी थिइन् । तर, दुई महिना अगाडि मात्र उनी त्यो क्षेत्रबाट अर्को ठाउँमा सरेकी थिइन् । जसले गर्दा उनी उक्त आक्रमणबाट बच्न सफल भइन् । ‘उनी म चाही घटना घटेकै क्षेत्रमा थिए । तर, गडको मलाई बचाउने प्लान रहेछ, म दुई महिना अगाडि मात्रै सेफ क्षेत्रमा आएकी थिइन् । तर, जहाँ मैले पहिला काम गरेको थिए त्यो क्षेत्रमा ठुलो दुःखद घटना हुन पुग्यो’ उनले भनिन् ।
कालिकोटका हरिकृष्ण आचार्य त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेर इजरायल पुगेका थिए । तर, अहिलेको परिस्थितिपछि उनी नेपाल फर्किएका छन् । उनीसँगै त्रिविका १०० जना विद्यार्थी र टिम लिडर फर्किएका हुन् ।एक महिना अगाडि मात्रै उनी इजरायल पुगेका थिए । उनीहरू बर्डर क्षेत्रभन्दा २०० मिटरको दूरीमा मात्रै थिए । उनीहरू लेबनानको सीमा क्षेत्रमा थिए । जसले गर्दा उनलाई त्यति धेरै जोखिम थिएन । तर, डर भने निकै थियो ।
नेपाल फर्किएपछि उनी अब पुनः फर्किने नफर्किने समय परिस्थितिमा भर पर्ने बताउँछन् । यो निकै राम्रो अवसर भएको तर, अहिलेको परिस्थितिका कारण आफूहरू आउनुपरेको बताए । सिक्ने र कमाउने राम्रो अवसर भएको तर, त्यो हुन नसकेको उनको भनाई छ । अहिलेको अवस्थामा युद्धका कारण त्यहाँ भयावह अवस्था बनको उनको भनाई छ । साभार: साभार रातो पाटी, अनलाइन खबर
Comments
अरु समाचार
-
आजको मौसम : देशभर आंशिक बादल लाग्ने पूर्वानुमान
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही...
-
रुस–युक्रेनबीच युद्ध अन्त्य गर्न युएईमा वार्ता शुरु हुने पुष्टि
किएभ । रुसले युक्रेन र अमेरिकासँग युएईको अबुधाबीमा चार वर्षे युद्ध अन्त्य गर्न बुधवारदेखि नयाँ चरणको वार्ता शुरु हुने पुष्टि...
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...











