एनआरएनए विश्व सम्मेलनको राष्ट्रपति पौडेलले गरे उद्घाटन
कुल आचार्य र बद्री केसीलाई गैरआवासीय नेपाली नागरिकता
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन काठमाडौंमा सुरु भएको छ । सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका छन् ।
सम्मेलनमा नेपाल सरकारका प्रतिनिधि, विभिन्न राष्ट्रिय समन्वय परिषद्का गैरआवासीय नेपाली प्रतिनिधि, एनआरएनका अभियन्ता र स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तित्वलगायत करिब चार हजारभन्दा बढीको सहभागिता छ । विश्वभरबाट संघमा सूचीकृत सदस्यको संख्या भने ९६ हजार ८५० छ ।
विश्व सम्मेलन तथा ११औं महाधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चुन्नेछ । संघको अध्यक्षका लागि वर्तमान अध्यक्षद्वय बद्री केसी र रविना थापा तथा उपाध्यक्ष उपाध्यक्षद्वय महेश श्रेष्ठ र राजेन्द्रकुमार शर्माको उम्मेदवारी परेको हो ।
त्यस्तै, उपाध्यक्ष, महासचिवसहित ७६ पदाधिकारीका लागि १०९ जनाको उम्मेदवारी परेको छ । मनोनयन दर्ताका लागि असोज २५ देखि हिजो दिउँसो १ बजेसम्मको समय तोकिएको थियो ।
यसैबीच, कुल आचार्य र बद्री केसीलाई गैरआवासीय नेपाली नागरिकता प्रदान गरिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आचार्य र केसीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले गैरआवासीय नेपाली नागरिकको नागरिकता प्रदान गरेका हुन् । योसँगै गैरआवासीय नेपालीलाई नागरिकता दिने कार्यक्रमको सुरुवात भएको छ ।
आचार्य र केसी गैरआवासीय नेपाली संघ ९एनआरएनए० का वर्तमान अध्यक्षसमेत हुन् । योसँगै अब अन्य गैरआवासीय नेपालीहरुले पनि नागरिकता पाउने बाटो खुलेको छ । गत जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार सरकारले यसअघि नै नागरिकता नियमावली स्वीकृत गरेकाले गैरआवासीय नेपालीलाई नागरिकता पाउने बाटो खुलेको थियो ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












