याक ब्रुअरीले ल्यायो युरोपमा लोकप्रिय विटबियर, काठमाडौंका छानिएका स्टोरमा मात्र उपलब्ध
काठमाडौं । याक ब्रुअरी कम्पनीले दसैंतिहार जस्ता चाडपर्वको अवसर पारेर आफ्नो नयाँ क्राफ्ट बियर “बाह्रसिंगे बेल्जियन स्टाइल विटबियर” सार्वजनिक गरेको छ ।
बेल्जियम शैलीको यो गहुँको बियर जर्मन माल्टेड गहुँ, माल्टेड जौ, हप्स (मदिरा बनाउन प्रयोग हुने बनस्पति), यिस्ट, धनियाँ र सुन्तलाको बोक्राबाट बनाइएको हो ।
यो फलफूल एवं मसलाको स्वाद र हप्सको तितोपन कम भएको हल्का र स्फुर्तिदायी बियर हो । बेल्जियम शैलीको बाह्रसिंगे विटबियरमा अनफिल्टर्ड (नछानिएको) यिस्टकोमिश्रण भएकाले यो फिक्का र बादलजस्तो
देखिन्छ ।
धनियाँको गेडा र सुन्तालाको बोक्राले यसको स्वाद र सुगन्ध दुवैलाई अझ परिष्कृत बनाएका छन् । जसले गर्दा यो बियर जुनसुकै अवसरका लागि एक आदर्श बियर बन्न पुगेको छ । यो बियर राजधानी काठमाडौंका केही छानिएका स्टोरहरुमा कात्तिक १ गतेबाट उपलब्ध भइसकेका छन्।
क्राफ्ट बियरको नयाँ संस्करण सार्वजनिक गरेको विषयमा टिप्पणी गर्दै याक ब्रुइब कम्पनीका प्रबन्ध निर्देशक अभिशेक श्रेष्ठ भन्नुहुन्छ, “बेल्जियन विटबियर सयौं वर्ष पुरानो इतिहास बोकेको स्टाइल–बियर हो । र, यसले विश्व बजारमा पुनरुत्थानको अनुभव गरिरहेको छ । नेपालका बियर पारखीमाझ यो स्वादयुक्त स्टाइल बियर प्रस्तुत गर्न पाउँदा हामी गौरवान्वित छौं । यसपालिको पर्वको अवसरमा बियर पारखी महानुभावहरुले युरोपेली मुलुकहरुमा निकै लोकप्रिय विटबियरको स्वाद लिन पाउनुहुनेछ ।
याक ब्रुइब कन्पनीमा हामी नवप्रवर्तनप्रतिको हाम्रो प्रतिबद्धतालाई साकार पार्दै हाम्रा ग्राहकलाई नयाँ स्वाद पस्किन प्रतिबद्ध छौं ।” बाह्रसिंगे बेल्जियन स्टाइल विटबियर याक ब्रुइब कम्पनीको क्राफ्ट बियरको विविधतापूर्ण पंक्तिको पछिल्लो संस्करण हो । योसँगै याक ब्रुइबको क्राफ्ट बियर संख्या ६ पुगेको छ ।
बाह्रसिंगे बेल्जियन स्टाइल विटबियर काठमाडौं उपत्यकाका छानिएका स्टोरहरुमा ३३० मिलिलिटरको बोटल र ड्राफ्टमा १ कात्तिक २०८० देखि उपलब्ध छ ।
याक ब्रुइब कम्पनीको बारेमा
सन्२०१६ मा स्थापना भएको याक ब्रुअरी कम्पनीले छोटो अवधिमै क्राफ्ट बियरको क्षेत्रमा आफुलाई प्रमुख खेलाडीको रुपमा स्थापित गरको छ । यो ब्रुअरी उच्च गुणस्तरको क्राफ्ट बियर उत्पादनको
पयार्य बनेकोछ, जसले बाह्रसिंगए ब्राण्ड नाम अन्तगर्त असाधारण स्वादको दाबी गदर्छ । यो कम्पनी नेपालका नेतृत्वदायी ब्रुअरीमध्यको एक हो। यसले दिगो बियर उत्पादन अभ्यासलाई प्राथिमिकता
दिएको छ ।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












