याक ब्रुअरीले ल्यायो युरोपमा लोकप्रिय विटबियर, काठमाडौंका छानिएका स्टोरमा मात्र उपलब्ध
काठमाडौं । याक ब्रुअरी कम्पनीले दसैंतिहार जस्ता चाडपर्वको अवसर पारेर आफ्नो नयाँ क्राफ्ट बियर “बाह्रसिंगे बेल्जियन स्टाइल विटबियर” सार्वजनिक गरेको छ ।
बेल्जियम शैलीको यो गहुँको बियर जर्मन माल्टेड गहुँ, माल्टेड जौ, हप्स (मदिरा बनाउन प्रयोग हुने बनस्पति), यिस्ट, धनियाँ र सुन्तलाको बोक्राबाट बनाइएको हो ।
यो फलफूल एवं मसलाको स्वाद र हप्सको तितोपन कम भएको हल्का र स्फुर्तिदायी बियर हो । बेल्जियम शैलीको बाह्रसिंगे विटबियरमा अनफिल्टर्ड (नछानिएको) यिस्टकोमिश्रण भएकाले यो फिक्का र बादलजस्तो
देखिन्छ ।
धनियाँको गेडा र सुन्तालाको बोक्राले यसको स्वाद र सुगन्ध दुवैलाई अझ परिष्कृत बनाएका छन् । जसले गर्दा यो बियर जुनसुकै अवसरका लागि एक आदर्श बियर बन्न पुगेको छ । यो बियर राजधानी काठमाडौंका केही छानिएका स्टोरहरुमा कात्तिक १ गतेबाट उपलब्ध भइसकेका छन्।
क्राफ्ट बियरको नयाँ संस्करण सार्वजनिक गरेको विषयमा टिप्पणी गर्दै याक ब्रुइब कम्पनीका प्रबन्ध निर्देशक अभिशेक श्रेष्ठ भन्नुहुन्छ, “बेल्जियन विटबियर सयौं वर्ष पुरानो इतिहास बोकेको स्टाइल–बियर हो । र, यसले विश्व बजारमा पुनरुत्थानको अनुभव गरिरहेको छ । नेपालका बियर पारखीमाझ यो स्वादयुक्त स्टाइल बियर प्रस्तुत गर्न पाउँदा हामी गौरवान्वित छौं । यसपालिको पर्वको अवसरमा बियर पारखी महानुभावहरुले युरोपेली मुलुकहरुमा निकै लोकप्रिय विटबियरको स्वाद लिन पाउनुहुनेछ ।
याक ब्रुइब कन्पनीमा हामी नवप्रवर्तनप्रतिको हाम्रो प्रतिबद्धतालाई साकार पार्दै हाम्रा ग्राहकलाई नयाँ स्वाद पस्किन प्रतिबद्ध छौं ।” बाह्रसिंगे बेल्जियन स्टाइल विटबियर याक ब्रुइब कम्पनीको क्राफ्ट बियरको विविधतापूर्ण पंक्तिको पछिल्लो संस्करण हो । योसँगै याक ब्रुइबको क्राफ्ट बियर संख्या ६ पुगेको छ ।
बाह्रसिंगे बेल्जियन स्टाइल विटबियर काठमाडौं उपत्यकाका छानिएका स्टोरहरुमा ३३० मिलिलिटरको बोटल र ड्राफ्टमा १ कात्तिक २०८० देखि उपलब्ध छ ।
याक ब्रुइब कम्पनीको बारेमा
सन्२०१६ मा स्थापना भएको याक ब्रुअरी कम्पनीले छोटो अवधिमै क्राफ्ट बियरको क्षेत्रमा आफुलाई प्रमुख खेलाडीको रुपमा स्थापित गरको छ । यो ब्रुअरी उच्च गुणस्तरको क्राफ्ट बियर उत्पादनको
पयार्य बनेकोछ, जसले बाह्रसिंगए ब्राण्ड नाम अन्तगर्त असाधारण स्वादको दाबी गदर्छ । यो कम्पनी नेपालका नेतृत्वदायी ब्रुअरीमध्यको एक हो। यसले दिगो बियर उत्पादन अभ्यासलाई प्राथिमिकता
दिएको छ ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












