सागर थापाको सक्रियतामा विराटनगरको जामुनगाछी-केशलिया सडकको निर्माण कार्य सुरु
विराटनगर । लामो समयदेखि निर्माण हुन नसकेको हुलाकी सडक अन्तर्गत विराटनगरको जामुनगाछी केशलिया सडक खण्डको निर्माण कार्य सुरु भएको छ । नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापाको सक्रियतामा सडक निर्माण कार्य सुरु भएको हो ।
थापाको पहलमा केही दिनअघि निर्माण कम्पनी देव एण्ड सायररभूमि ज्वाइन्ट भेन्चर र हुलाकी राजमार्ग निर्देशनालय बबरमहलका आयोजना निर्देशकबीच सडक निर्माण सुरु गर्ने सहमति भएको थियो ।
काठमाडौंमा भएको बैठकमा आयोजनाका निर्देशक अजयकुमार मुल, सिडिइ माधवप्रसाद अधिकारी, इटहरीस्थित योजना प्रमुख बलिराम मल्ल, निर्माण व्यवसायीका प्रतिनिधि वासुदेव उप्रेती र एमाले महानगर कमिटी अध्यक्ष थापा सहभागी थिए ।
लामो समयदेखि यो सडक नबन्दा यहाँका स्थानीयले तीनै तहका प्रतिनिधिको विरोध गर्दै नेतालाई गाउँ प्रवेशमा रोक लगाएका थिए । सडक निर्माण रोकिएका कारण स्थानीयसँगै सुनसरीको बर्जु लगायत हुलाकी सडकबाट यात्रा गर्ने हजारौंले लामो समय सास्ती व्यहोर्नु परिरहेको बेला एमाले महानगरका अध्यक्ष थापाको अग्रसरतामा सडक आयोजना र ठेकेदारबीच नयाँ समझदारी बनेको हो ।
निर्वाचित जनप्रतिनिधिहरुले जनताको सरोकार सम्बोधन गर्नुपर्नेमा उनीहरु गम्भीर नबनेपछि थापाले आफ्नो सक्रियता बढाएका थिए । ‘जनताको काम सबैले मिलेर गर्नुपर्छ, यसमा मैले केही भूमिका निर्वाह गर्ने अवसर पाएँ’ थापाले भने, ‘जनताले निर्वाचितहरुसँग अपेक्षा गर्नु स्वभाविक हुन्छ तर निर्वाचितहरु सरकार चलाउन व्यस्त हुँदा मैले जनताको काममा ध्यान लगाएको हुँ ।’
Comments
अरु समाचार
-
पहिरोका कारण मुग्लिन–नारायणगढ सडक, बीपी राजमार्ग र पृथ्वी राजमार्ग अवरुद्ध
काठमाण्डौ । धादिङको कृष्णभीर, परेवाभीर, ज्यामिरेघाट लगायतका ठाउँमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम भैरहेको,...
-
कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
काठमाडौं । धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । गएराति ढुंगासहितको पहिरो खसेकाले राजमार्ग अवरुद्ध भएको हो...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












