टाटा प्यासेन्जर भेहिकलको नयाँ वर्कसप कपनमा
काठमाडाैँ । टाटा मोटर्सको नेपालका लागि एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले काठमाडौंको कपनमा टाटा मोटर्स पेसेन्जर सेग्मेन्टका गाडीहरूलाई लक्षित गर्दै नयाँ वर्कशप सञ्चालनमा ल्याएको छ।
करिब ११ हजार ८८० वर्ग मिटर क्षेत्रफलमा फैलिएको उक्त वर्कशपको उद्घाटन सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोर्टस पेसेन्जर भेहिकल इन्टरनेशनल बिजनेस हेड मायाङ्क बल्डिले गरे।
नयाँ वर्कशपमा पेसेन्जर सेग्मेन्टका गाडीहरुको हरेक पार्टपुर्जाको (इन्जिन, चक्का, सस्पेन्सन, एसी, आदी) मर्मत सम्भार लगायत डेन्ट पेन्टको पनि सुविधा रहेको कम्पनीले जानकारी दिएको छ।
यस वर्कशपमा पेसेन्जर सेग्मेन्टका गाडीहरुको हरेक पार्टपुर्जाको (इन्जिन, चक्का, सस्पेन्सन, एसी, आदी) मर्मत संभार लगायत डेन्ट पेन्टको पनि सुविधा रहेको छ।
यस्तै विशेषतः विद्युतीय गाडीको (इभी) चेकजाँचको लागि विशेषज्ञ प्राविधिकहरुको व्यवस्था गरिएको छ। यस्तो व्यवस्था अन्तर्गत ३० किलोवाट क्षमताको डिसी फास्ट चार्जिङ स्टेसन, चारवटा ७.२ किलोवाट क्षमताको एसी फास्ट चार्जिङ स्टेसन र आठवटा ३.३ किलोवाट क्षमताको एसी स्लो स्टेसन लगायत बाह्रवटा ‘बे हरु’ रहेका छन्।
समारोहमा बोल्दै टाटा मोर्टस पेसेन्जर भेहिकल इन्टरनेसनल बिजनेस हेड मायाङ्क बल्डिले भने, ‘पछिल्लो समय नेपालमा टाटा मोर्टसको पेसेन्जर गाडीहरू ग्राहकहरूको नम्बर १ रोजाईमा पर्न सफल भएका छन्। जब कुनै ग्राहकले टाटाका कुनै उत्पादन खरिद गर्दछ तब उसले टाटाका सेवाहरू माथि अधिकार प्राप्त गर्दछ र सो अधिकार पूरा गर्ने दायित्व कम्पनीको हो। टाटा मोटर्सका गाडीहरू किन्ने हाम्रा ग्राहकहरूलाई हाम्रा यी वर्कशपहरूले फेरि प्रत्याभूति र विश्वास दिनेछ हाम्रो आशा रहेको छ।’
उक्त सर्भिस सेन्टरको जानकारी गराउँदै सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ भने, ‘हामी सदैव ग्राहकहरुलाई उत्कृष्ट भन्दा उत्कृष्ट सेवा प्रदान गर्न प्रतिवद्ध छौँ। यही प्रतिवद्धता स्वरुप सिप्रदीले दक्ष जनशक्ति एवं अत्याधुनिक नयाँ वर्कशप सञ्चालनमा ल्याइएको हो।’
टाटाका ग्राहकले यस वर्कशपमा अटोप्लस बीमा, सञ्जीवनी इन्जिन रिपेयर, एक्सप्रेस (४८ घण्टा भित्र मर्मत) र इन्टेरिएर क्लिनिङ–वाशिङ जस्ता सुविधाहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












